रामेछापमा राष्ट्रिय भलिबल प्रतियोगिता

रामेछापमा राष्ट्रिय भलिबल प्रतियोगिता


रामेछाप जिल्ला खेलकुद विकास समितिको आयोजनमा तेश्रो राष्ट्रिय सिभिल भलिबल प्रतियोगिता आगमी माघ १६ गते बुधबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा १२ टोलीको सहभागिता रहने आयोजकले जानकारी गराएको छ । प्रतियोगिता लिगकम नकआउट आधारमा हुने छ ।

त्यस्तै प्रतियोगितामा पूर्वाञ्चल विकास क्षेत्र, मध्यमाञ्चल विकास क्षेत्र, पश्चिमाञ्चल विकास क्षेत्र, मध्यमश्चिमाञ्चल विकास क्षेत्र र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको सहभागिात रहने छ । यसैगरी, साविक विजेता प्याराडाइज युवा क्लब, हिमगंगा रामेछाप, नमुनादिप युवा क्लब, लोकतान्त्रीक खेलकुद संघ रामेछाप, मन्थली युनाइटेड समाज, शान्तीदिप युवा क्लब मन्थली र जिल्ला भलीबल संघ रामेछापको सहभागिता रहने छ ।

उपाधि विजेता टोलीले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेश्रोले ५० हजार रुपैया नगद पुरस्कार पाउने छन् । ३५ हजार रुपैया सान्त्वना पुरस्कार रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडीले १० हजार रुपैया पुरस्कार पाउने छन् । उत्कृष्ट, डिफेन्डर, ब्लकर,सेटर, स्पाइकर र सर्वरलाई ५-५ हजार रुपैया प्रदान गरिने छ ।

प्रतियोगिताको लागत २३ लाख रुपैया रहेको आयोजक जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडेरियाले जानकारी गराएका छन् ।