सिंहद्वारा कराते खेल-सामग्री प्रदान

सिंहद्वारा कराते खेल-सामग्री प्रदान


सितोरियो करातेका संघका प्रशिक्षक मकेन्द्रबहादुर सिंहले कराते खेल सामग्री प्रदान गरेका छन् । सिंहले ३२ हजार बरावरको कराते खेल सामग्री धनगढी कराते संघ मेन डोजोलाई प्रदान गरेका हुन् ।

खेल सामग्री जनकसिंह खड्काले धनगढी मेन डोजोका प्रशिक्षक ललित खत्रीलाई हस्तान्तरण गरे ।

हाल युएस कराते फेडेरेशनको रेफ्री रहेका सिंहले करातेको स्तरोन्नति र विकासको लागि व्यक्तिगत रुपमा उक्त खेल सामग्री प्रदान गरेका हुन् । सानो भएपनि यो सुरुवात भएको भन्दै भविष्यमा पनि यसरी नै सहयोग गर्दै जाने बताएका छन् ।