दम्पतिले गरे विद्यालयलाई डेढ लाख दान

दम्पतिले गरे विद्यालयलाई डेढ लाख दान


बिदेश गएपछि गाउँलाई चटक्कै बिर्सनेहरु धेरै हुन्छन् । सुखसयल अनि मोजमस्तीमा जिन्दगी रम्न थालेपछि मातृभुमिलाई बेवास्ता गर्नेहरु पनि यहाँ कम छैनन् ।

तर, यही भीडमा थोरै यस्ता ब्यक्ति छन्, जस्ले आफू जुनसुकै देशमा रहेपनि मातृभुमिलाई कहिल्यै बिर्सन सक्दैनन् र कुनै न कुनै रुपमा सहयोग गरीरहेका हुन्छन् ।

तर, थोरै यस्ता नागरिक छन्, जो आफू जहाँ भए पनि मातृभुमिलाई कुनै न कुनै रुपमा सहयोग गरीरहेका हुन्छन् । तिनै थोरैमध्ये उदाहरणीय ब्यक्तित्व हुन् अमेरीकाको कालोराडो बस्दै आएका कृष्णप्रसाद अधिकारी र अनुपमा शर्मा ।

आफूले पढेको लमजुङको सुन्दरबजार नगरपालिका कुन्छास्थित शान्ति माध्यमिक बिद्यालयमा दिबंगत हजुरबुवा धर्मदत्त अधिकारी तथा हजुरआमा कौशल्यवती अधिकारीको नाउँमा गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका लागि १ लाख ५० हजार रकमको अक्षयकोष स्थापना गरेका छन् ।