पाकिस्तान सडक दुर्घटनामा दश जनाको मृत्यु

पाकिस्तान सडक दुर्घटनामा दश जनाको मृत्यु


पाकिस्तानको सिन्ध प्रान्तस्थित सान क्षेत्रमा आइतबार दुई विपरित दिशाबाट आएका यात्रुबाहक बस एउटा सुजुकी भ्यानसँग ठक्कर खाँदा भएको दुर्घटनामा एउटै परिवारका १० जनाको मृत्यु भएको छ ।

इन्दुज राजमार्गमा बिहानै भएको सडक दुर्घटनामा १० जनाको मृत्यु भएको र केही यात्रुहरू घाइते भएका बरिष्ठ प्रहरी उपरिक्षक इरफान बहादुरले बताए ।

एकै परिवारका दुई पुरुष, चार महिलासहित चार जना बालबालिकाको घटनामा मृत्यु भएको उहाँले बताए ।

सेहवान र जमसोरो शहरबाट छुटेका रात्रिकालिन दुई बस उच्च गतिमा आएका र उक्त भ्यानसँग ठोक्किएको बरिष्ठ प्रहरी उपरिक्षक इरफानले बताए । दुर्घटनापछि दुबै बसका चालक फरार रहेका प्रहरीले जनाएको छ । (रासस/एएन्आई)