‘मैले हारेर के भो देशैभर वामपन्थीको जित भएको छ’ – श्रेष्ठ

‘मैले हारेर के भो देशैभर वामपन्थीको जित भएको छ’ – श्रेष्ठ


माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफूले पराजय ब्यहोर्नु परेपनि देशैभर वामपन्थीहरुको जित भएको बताएका छन् ।

सम्पन्न निर्बाचनको समिक्षा तथा मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्न गोरखा पुगेका नेता श्रेष्ठले आफू जनताको चयनमा नपरेपनि मतदाताको दुख सुखमा साथ दिने भन्दै यस्तो बताएका हुन् ।

एमाले र माओवादीको पार्टी एकतालाई चाँडो टुंगोमा पुर्याउने भन्दै नेता श्रेष्ठले पार्टी एकताका काम सरकार गठन पूर्व नै हुने ठोकुवा गरेका छन् । ‘हामी पार्टी एकताको लागि जुटिरहेका छौं ।’ उनले भने, ‘अब पछाडि फर्केर हेर्ने बेला छैन् ।’