बिजुली बाल, ग्यास-पेट्रोलको बाटो टाल

बिजुली बाल, ग्यास-पेट्रोलको बाटो टाल


– खगेन्द्रराज सिटौला

स्वदेशवादी आत्मनिर्भर अर्थतन्त्रका पक्षपाती एवम् स्वदेशवादी विकास नीतिका नेता नेपाल राष्ट्रका निर्माता पृथ्वीनारायण शाहको यही नीतिमाथि उभिएर नेपाललार्ई कसरी विकसित बनाउन सकिन्छ भन्नेबारेमा चर्चा चलाउन खोजिएको छ । मूलतः पृथ्वीनारायण शाह स्वदेशी साधन, जन, धन, सीप र श्रमलार्ई सङ्गठित गरेर बाह्य शोषण र हस्तक्षेपलार्ई निषेध गरेर छिटो र दिगो विकास गर्नुपर्छ भन्ने मान्यताका आधुनिक नेपालका प्रथम नेता हुन् । यिनै विकासे सोचका नेताको उपरोक्त नीतिसँग तालमेल मिलाउँदै बिजुली बाल, ग्यास पेट्रोलको बाटो टालको विकास खाका प्रस्तुत गर्न खोजिएको छ ।

नेपालका खोला–नदीमा बग्ने पानी नेपालको स्वदेशी साधन हो । यो साधनमाथि नेपाली धन, जन, श्रम, सीपलार्ई सङ्गठित गरेर विद्युत् उत्पादन गर्ने सहमतिको राष्ट्रिय नीति बनाऔँ । नेपालको जनशक्ति र जलशक्तिलार्ई विकासको मूलशक्ति मानौँ । यही शक्तिलार्ई सही ढङ्गले परिचालन गरेर विकास शक्तिमा रूपान्तरण गरौँ । नेपालको सन्दर्भमा विद्युत् उत्पादनलार्ई सबै उत्पादनको माउ उत्पादन मानौँ । यसलार्ई सबै विकासका पूर्वाधारको पनि पूर्वाधार जानौँ । नेपाली साधन नेपाली जलबाट उत्पादित बिजुली आफैँमा स्वदेशी धन हो । यो यस्तो धन हो जसले स्वदेशको धन स्वदेशमै थाम्छ पनि विदेशको धन स्वदेशमा तान्छ पनि । यो पृथ्वीनारायणले भनेजस्तो नगद विदेश जाँदैन पनि हो नगद षैचने (तान्ने) पनि हो ।

नेपालीको पानी नेपालीको लगानी नेपालीले काम लिने नेपालीले दाम लिने राष्ट्रिय जलविद्युत् उत्पादन तथा उपयोग नीति बनाऔँ । नेपाली जन र जनको धनलार्ई सङ्गठित गरेर बिजुली उत्पादनमा लगाउने ठोस राष्ट्रिय नीति बनाऔँ । विद्युत् उत्पादन गर्न सक्ने सीपयुक्त नेपाली जनशक्ति उत्पादन गरौँ । राज्यशक्ति र जनशक्तिको तालमेल मिलाएर छिट्टै बिजुली उत्पादन गरौँ । बिजुली शक्तिलार्ई नेपालको चौतर्फी विकास शक्ति बनाऔँ । सबैलार्ई थाहा छ– नेपालमा जति धेरै विद्युत् उत्पादन हुन्छ त्यति नै छिटो नेपालमा विकासले गति लिन्छ ।

बिजुली किन, केका लागि कति चाहिन्छ नेपाललार्ई ? आउने सय वर्षपछि कति बिजुली चाहिन्छ नेपाललार्ई ? विज्ञहरूको सहयोगमा यसको उत्तर निकाल्नुपर्छ नेपालले । बिजुली बेचेर होइन बिजुली उपयोग गरेर धनी हुने योजना बनाउनुपर्छ नेपालले । बिजुली पाउने लोभमा नेपालले आफ्नो पानीको हक विदेशीलार्ई सुम्पने गल्ती गर्नुहुँदैन भन्दाभन्दै पनि नेपाली नेताहरूले यही गल्ती बारम्बार गरिरहेका छन् । पानी नेपालको डलरको खानी हो । यो नेपाल विकासको सञ्जीवनी हो । अरू धेरैको विकल्प छ, तर पानीको विकल्प छैन । त्यसैले नेपालले आफ्नो पानीको हक जोगाउनुको विकल्प छैन नेपालको भविष्यका लागि पनि नेपालका भविष्यका पुस्ताका लागि पनि ।

नेपाल मात्र बिजुलीको नेपाल हुनुपर्छ । नेपाल मात्र बिजुलीले यातायात सेवा दिने मुलुक हुनुपर्छ । नेपाल मात्र बिजुलीले खाना पाक्ने मुलुक हुनुपर्छ । नेपालका सबै कलकारखानाहरू मात्र बिजुलीले चलेको मुलुक हुनुपर्छ । अब नेपालले रेलसेवाको योजना बनाओस्, पूर्व–पश्चिम तराई–पहाडको । उत्तर–दक्षिण तराई–पहाडको । हरेक सहर, गाउँ–बस्तीमा चल्ने यातायात सेवाको । बिजुलीले चल्ने रेलमार्ग, बसमार्ग र आकाशमार्गको । आकाशमार्गमा केबलकार र रोपवेको सञ्जाल हुनेछ । हो, यसका लागि छिटो उत्पादन गर्न सकिने र ढिलो उत्पादन गर्न सकिने आयोजनाको छनोट गरेर काम थालिहालौँ ।

अब अनुमान गर्नुहोस् चुलोहरूबाट ग्यास, यातायात र कलकारखानाबाट डिजेल, पेट्रोललार्ई बिजुलीले विस्थापित गर्ने हो भने नेपालले कति अर्ब विदेशी मुद्रा बचाउँछ होला ? हो यही हो पृथ्वीविचारको स्वदेशी साधनको अर्थमहत्व । यो पनि सत्य हो जति बढी बिजुली बल्छ त्यति बढी जङ्गल बढ्छ । किनभने दाउरालार्ई पनि बिजुलीले चुलोबाट भगाउँछ । जब दाउरा बल्दैन तब रुख ढल्दैन । नेपाल धुवाँ र प्रदूषण नभएको मुलुक हुनेछ । यो वातावरणको क्षेत्रमा नेपालको अर्को उपहार हुनेछ ।

बिजुली उत्पादन कसरी बढाउने त ? एकातिर राज्यले बिजुली उत्पादनलार्ई पहिलो प्राथमिकता दिने नीति लिनुपर्छ । सडक निर्माणको ठूलो रकम बिजुली उत्पादनमा लगाउनुपर्छ । राज्य, निजी क्षेत्र सर्वसाधारण वित्तीय सङ्घ–संस्था आदि सबैको सहभागिता हुने गरी नाफामूलक विद्युत् उत्पादन कोष खडा गर्नुपर्छ । कोष सञ्चालन गर्ने विश्वासिलो संयन्त्र भएमा र नाफाको ठोस आधार देखिएमा यस्तो कोषमा नेपाली मात्रको अर्बौँ रुपैयाँ सङ्कलन हुन सक्छ । थप सहुलियत दिएर सरकारले निजी क्षेत्र तथा एनआरएनजस्ताहरूलार्ई यो क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्न सक्छ । ठूला विद्युत् परियोजनामा र बिजुलीबाट चल्ने साधन तथा संरचना निर्माणमा बाह्य लगानी आकर्षित गर्न सकिन्छ । पर्याप्त विद्युत् उत्पादन हुन थालेपछि लगानी र विकासका विकल्प बढ्ने छन् । स्वदेशी–विदेशी सबै लगानीमा आतुर देखिन्छन् । सर्त हो राजनीति तथा लगानी वातावरण अनुकूल हुनुपर्छ ।

देश बिजुलीमैत्री हुनुपर्छ । औद्योगिक क्षेत्र, सहर, बस्ती क्षेत्र, यातायात क्षेत्र सबै वैज्ञानिक योजनाको साथ तयारी थाल्नुपर्छ । विद्युत् उत्पादनसँगै विद्युत् खपत हुने क्षेत्रको तयारी पनि योजनाबद्ध किसिमले बनाउनु र बढाउनुपर्छ । बिजुलीलार्ई काम दिने बिजुलीबाट दाम लिने नीति हुनुपर्छ । आफ्नो बिजुली, पानी आफैँलार्ई बढी भए मात्र अरूका लागि पनि जल विद्युत्–नीति हुनुपर्छ । पानी र बिजुली अरूको हातमा दिएर आफ्नो धन अरूको खटनमा रहनुपर्ने खालका सन्धि–सम्झौता गर्नुहुन्न । यस्ता सन्धिले पानी छ नेपाल खडेरीमा, बिजुली छ नेपाल अँधेरीमा मात्र हुनेछ ।

बिजुली बाल, ग्यास, डिजेल, पेट्रोलकोे बाटो टालको नारा नेपालको आर्थिक रणनीतिको हिसाबले निकै महत्वको छ । नेपाललार्ई सम्पन्न र आर्थिक शक्तिको राष्ट्र बनाउन यसको कार्यान्वयन अनिवार्य छ । नेपालले आप्mनो पानी जोगाएन भने आप्mनो भविष्य पनि जोगाउन सक्तैन । नेपालले आफ्नो पानी नजोगाउने खतरा बढिरहेको छ । कारण नेपालका नेताहरू आफ्नो कुर्सी जोगाउन मरिहत्ते गर्ने, तर देशको पानी जोगाउन मरिहत्ते नगर्ने, तर विदेशीलार्ई सुम्पन मरिहत्ते गर्ने प्रवृत्तिका भएर हो । यस्तो प्रवृत्तिलार्ई परास्त गर्ने वैचारिक हतियार स्वदेशवादी पृथ्वीविचार भएकाले यसैले मात्र समग्र नेपाल जोगाउन सक्छ, जगाउन सक्छ । सर्त हो– पृथ्वीविचारको वरिपरि दल, नेता, जनताहरू गोलबन्द भएर देशभक्तिपूर्ण स्वदेशवादी आर्थिक नीतिको पक्षमा लहर ल्याउनु ।

नेपालमा बिजुलीकरण नेपाल एकीकरणको अनुशरणले सफल हुन्छ । नेपाल एकीकरण थाल्नलार्ई बिसे नगर्चीको सुझाबअनुुसार राजा पृथ्वीनारायण शाहाले गोर्खाका हरेक घरधुरीबाट पैसा सङ्कलन गरेका थिए । माथि भनिएको कोषको प्रेरणा–स्रोत यसलार्ई बनाउन सकिन्छ ।

अब ढिलो गर्ने होइन, राष्ट्रिय जलविद्युत् नीति बनाउन । जलविद्युत्सँग सम्बन्धित विज्ञ, उत्पादक र सरोकारवालाहरूसमेतको कार्यदल बनाउनुपर्छ सरकारले । यो कार्यदलले व्यापक गोष्ठी गरेर, छलफल चलाएर राष्ट्रिय विद्युत् नीति तय गर्न एउटा राष्ट्रिय सम्मेलनको आयोजना गर्नुपर्छ । यो सम्मेलनले जलविद्युत्सम्बन्धी अल्पकालीन, दीर्घकालीन राष्ट्रिय हितको नीति तयार गर्नुपर्छ । यही नीतिमाथि उभिएर नेपालले द्रुत गतिको बिजुली–विकासको युग सुरु गर्नुपर्छ । किनभने यसले विगतका सबै जलसम्बन्धी सन्धि–सम्झौताको पनि समीक्षा गरेको हुनेछ । तीबाट पाठ सिकेर गल्ती नदोहो¥याउने भएका हुनेछौँ । दीर्घकालीन जल–रणनीति बनाऊ, राष्ट्रिय हक र हितलार्ई सुनिश्चित गर्दै छिमेकीलार्ई पनि सहभागी गराऔँ ।

विदेशीलार्ई विद्युत् उत्पादनमा दिने सहुलियतभन्दा स्वदेशी लगानीकर्ता र उत्पादकलार्ई बढी सहुलियत दिनुपर्छ सरकारले । यो नेपालका नेताका पनि नेता राष्ट्रनिर्माताको स्वदेशवादी नीति अनुकूल हुनेछ । चोरी, गुण्डागर्दी, भ्रष्टाचारमुक्त र जनताको सहभागितायुक्त बिजुली–नीति सरकारले ल्याउनुपर्छ । सरकारले बिजुली विकासको जोरदशक घोषणा गर्नुपर्छ । आजको बिहानी बिजुलीमा लगानीको कार्यक्रम ल्याउनुपर्छ । साना आयोजनाबाट ठूलातिर जानुपर्छ । बढी सहुलियत देऊ, तर खोला ओगटेर बस्न नदेऊ । अँधेरीविरुद्ध युद्ध गरौँ । युद्धस्तरमा बिजुली उत्पादन गरौँ । जलमा जनता कार्यक्रम अघि सार ।

नेपाल जोगाउने र जगाउने स्वदेशवादी पृथ्वीविचारको पथमा बिजुली विकासको रथ लिएर नेपाललार्ई अघि बढाउने राष्ट्रिय सहमति बनाऔँ । पानीमा राजनीति नगरौँ । माफियागिरी पनि नगरौँ । शब्दका घोडामा चढेर डलरको खेती पनि नगरौँ पानीमा । अँधेरी, खडेरी र गरिबीमा बसेर अर्थहीन अति राष्ट्रवादी पनि नबनौँ । झन् राष्ट्रघाती बनेर पानीसंँगै बग्दै नबगौँ । हाम्रो नेपालका राम्रा हिमाल दिनमा घामले टलल रातमा बिजुली झलल, हिमनदी सलल विद्युत्ले चल्ने रेल, मोटर, केबलकारमा सरर धुवाँरहित नेपालमा पर्यटकहरूको लहर ! किन चेत नआएको झगडे नेताहरूलार्ई ?

हाम्रो स्वदेशवादी विचारको माउ आत्मनिर्भर पृथ्वीविचार हाम्रो विकासको मूल आधार सबैलार्ई चेतना भया । पृथ्वीनारायणको योगदान र पृथ्वीविचारको महत्वलार्ई अवमूल्यन गरेर उनलार्ई नेपालको शत्रु ठान्दै उनको सालिक ढाल्ने बिदा फाल्नेहरू प्रायश्चित गर्दै सच्चेनन् भने उनीहरूलार्ई नेपालआमाले माफी दिने छैनन् ।