विरोधका लागि मात्रै विरोध ?

विरोधका लागि मात्रै विरोध ?


– सुुशील देवकोटा

शान्तिका अग्रदूूत बुुद्धको राष्ट्रियतालाई लिएर एकपटक फेरि बहस प्रारम्भ भएको छ । यसपटक यो बहसलाई सतहमा ल्याएका हुुन् धर्मगुुरु दलाई लामाले । हाल भारतमा रहेका दलाई लामाले नेपालीहरू मूूर्ख हुुन् जो बुुद्धलाई नेपाली भन्छन् । बुुद्ध भारतमा जन्मेका हुुन् र भारतीय हुुन् भन्ने अभिव्यक्ति दिएपछि स्वाभाविक रूपमा अधिकांश नेपालीको मनमा चोट लाग्नुु नै थियो र लाग्यो पनि र त्यसको परिणाम सामाजिक सञ्जाल दलाई लामाको विरोधले रङ्गियो । विरोध गर्ने क्रममा कतिपयले उनलाई निम्नस्तरको गाली–गलौज गरेको पनि पाइयो भने कतिपयले उनको तस्बिरलाई बीभत्स बनाएर प्रस्तुुत गरेको पनि पाइयो । तर, यसको परिणाम के आयो त ? के उनले आफ्नो गल्ती स्वीकार गरे ? के उनले नेपालीलाई मूूर्ख भनेको र बुुद्धको राष्ट्रियताबारे आपूूmले भ्रमपूूर्ण अभिव्यक्ति दिएकोमा माफी मागे ?

आफ्नो राष्ट्र र राष्ट्रिय विभूूतिहरूबारे यस्तो गलत प्रचार गरिँदा रगत उम्लिनु अस्वाभाविक होइन । आफ्नो राष्ट्र र राष्ट्रिय गौरवमाथि अरूले भ्रमपूूर्ण अभिव्यक्ति दिँदा रिस उठ्नु नाजायज पनि होइन । तर, यहाँ सोध्नैपर्ने प्रश्नचाहिँ के हो भने के विरोधको यो शैली उचित हो त ? यसले समस्याको समाधान गर्छ त ? आजको बेलामा सामाजिक सञ्जालको सशक्ततामाथि कसैले शङ्का गर्नुुपर्ने कुुनै कारण छैन । यो आफैँमा एउटा सशक्त माध्यम हो । यो कुुरालाई स्वीकार गर्न हिचकिचाउनुुपर्दैन । तर, जब प्रश्न राष्ट्र र राष्ट्रिय गौरवको आउँछ त्यो पनि अन्तर्राष्ट्रिय स्तरमा बन्ने छविलाई लिएर तब सामाजिक सञ्जालमा मात्रै गरिने समर्थन वा विरोध गौण हुुन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा आफ्नो राष्ट्रको गौरव बढाउने काम र आफ्नो राष्ट्रिय पहिचानका आधारहरूलाई विवादमा नआउने किसिमले सूूचीकृत गरी संरक्षित र सुुरक्षित गर्ने काम सरकारको हो । तर, विडम्बना नै भन्नुुपर्छ कि हाम्रा देशका नेताहरूको कहिल्यै यो बुुद्धि आएन । हुुन त जुुन देशका नेताहरूलाई राष्ट्र भनेको सत्ता चलाउन र आफ्नो निजी स्वार्थ पूरा गर्नका लागि मात्रै चाहिन्छ उनीहरूले राष्ट्र र राष्ट्रिय गौरवका लागि केही गर्छन् भनेर सोच्नु नै रात परेपछि पनि सूूर्य उदाउँछन् कि भन्ने भ्रममा बस्नुसरह नै हो । छिमेकी देशले नेपालको सिमाना खराब नियत राख्दै जानाजान मिच्दा त केही नबोल्ने हाम्रा नेताहरूले राष्ट्रिय विभूतिहरूमाथि धावा बोल्दा केही बोल्छन् भन्ने सोच्नु हाम्रो नै मूूर्खता हो ।

देशको इज्जत र शान तब मात्र अन्तर्राष्ट्रिय स्तरमा उच्च हुुन्छ जब देशको प्रतिनिधित्व गर्नेहरूले अन्तर्राष्ट्रिय स्तरमा देशको साहित्य, सङ्गीत, कला, भाषा, संस्कृति र संस्कारको गर्वका साथ प्रचारप्रसार गर्छन् । तर, हाम्रो देशमा यस्ता व्यक्ति पनि प्रधानमन्त्री भएका छन् जो अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिनिधित्व गर्न जाँदा राष्ट्रिय पोसाक लगाउनुुलाई समेत आफ्नो बेइज्जती ठान्छन् । जब तपाईंै आफैँले आफूलाई हेप्ने ठाउँ दिनुुहुुन्छ वा आफैँले आफ्नो इज्जत राख्नुुहुुन्न भने स्वाभाविक रूपमा अरूले तपाईंलाई हेप्छन् र इज्जत गर्दैनन् । यो आजको संसारको कटुु वास्तविकता हो ।

मोदीले अंग्रेज बोल्न जानेका छन् । तर, नेपालको संसदभित्र उनले केही नसोची पक्कै हिन्दीमा भाषण ठोकेका होइनन् । अर्को देशको संसद्जस्तो गरिमामय स्थानमा त्यस देशका सम्पूूर्ण नेताहरूको उपस्थितिमा र नेपाल र भारतका राष्ट्रिय स्तरका प्रायः सबै विद्युुतीय सञ्चारमाध्यमहरूले प्रत्यक्ष प्रसारण गरेको त्यो समयको उचित सदुुपयोग उनले गरे र आफ्नो भाषाको थप प्रचार गरे ।

अनि यसरी अन्तर्राष्ट्रिय स्तरमा राष्ट्र र राष्ट्रियताको इज्जतको हाम्रो आफ्नै मान्छेले धज्जी उडाउँदाचाहिँ हाम्रो जति रगत उम्लिनुुपर्ने हो त्यति कहिल्यै उम्लिँदैन । हाम्रा नेताहरूले भारतीय सञ्चारमाध्यमलाई गर्वका साथ हिन्दीमा अन्तर्वार्ता दिन्छन् वा आफ्नो विचार पोख्छन् । यो हाम्रो राष्ट्रिय भाषामाथि ठाडो बलात्कार होइन र ? ती नेताका हनुुमानहरूको तर्कचाहिँ भाषाज्ञानको पोख्तता प्रदर्शन गर्दा के फरक पर्छ र भन्ने आउने गरेको छ यस विषयमा । हो, हाम्रा नेता ज्ञानी छन् तिनमा धेरै गुुण छन् ती धेरै भाषामा पोख्त छन् भन्न पाउँदा हामीलाई पनि गर्व लाग्छ, तर कुुन ज्ञान कहिले, कहाँ र कस्तो बेलामा पोख्ने भन्ने ज्ञान हुुनुुचाहिँ पहिलो आवश्यकता हो । मोदीले अंग्रेज बोल्न जानेका छन् । तर, नेपालको संसदभित्र उनले केही नसोची पक्कै हिन्दीमा भाषण ठोकेका होइनन् । अर्को देशको संसद्जस्तो गरिमामय स्थानमा त्यस देशका सम्पूूर्ण नेताहरूको उपस्थितिमा र नेपाल र भारतका राष्ट्रिय स्तरका प्रायः सबै विद्युुतीय सञ्चारमाध्यमहरूले प्रत्यक्ष प्रसारण गरेको त्यो समयको उचित सदुुपयोग उनले गरे र आफ्नो भाषाको थप प्रचार गरे । उनले आफ्नो भाषाको प्रचार गरिरहँदा ताली ठोक्ने जतिचाहिँ हाम्रो देश हाँक्ने नेताहरू थिए ।

कहिलेकाहीँ त यस्तो लाग्छ कि हामी नेपालीलाई अहिलेका यी नेताहरूले कतिसम्म थाङ्नामा सुुताइसकेका छन् भने के कुुरामा चाहिँ हामीले हाम्रो तमाम ऊर्जा लगाउँदै खुुलेर र डटेर विरोध गर्नुुपर्ने हो भन्ने नै हामीले जान्दैनौँ वा बिर्सिसक्यौँ । देशमा गणतन्त्रको घोषणा गरियो । तत्कालीन संसद्ले कुुन अधिकारले गणतन्त्र घोषणा ग¥यो भनेर प्रश्न गर्दा ‘गणतन्त्र घोषणा गर्न जनताले सडकबाट म्यान्डेट दिएका हुुन् रे !’ के यही हो त लोकतान्त्रिक संस्कार ? लोकतन्त्रमा यसैगरी निर्णय गरिन्छ ? यदि सडकमा उठेका केही आवाजलाई नै आधिकारिक मानेर निर्णय गर्ने हो भने किन देशको अर्बौं रुपैयाँ बगाएर चुुनाव गराउनुुप¥यो त ? उम्मेदवारहरूलाई सडकमा उतारेर दशैँको बोका छाने जसरी भिडलाई यो मान्छे हुुन्छ कि हुुन्न भनेर छान्न लगाए भइहाल्यो नि । आफूलाई लोकतान्त्रिक भन्ने सरकारको यस्तो ठूलो अलोकतान्त्रिक निर्णयको विरुद्धमा खै हाम्रो रगत उचित मात्रामा उम्लेको ?

नेपाल र नेपालीलाई हेप्ने बाटो यदि कसैले दिएका छन् भने ती हाम्रा नेताहरूले नै हुुन् जो आफ्नो निजी स्वार्थ पूरा गर्न विदेशीको पाउमा लम्पसार पर्छन् । अनि जबसम्म त्यस्ता नेतहरूलाई हामीले हाम्रो देशको नेता मानेर देशको प्रतिनिधित्व गर्न दिन्छौँ तबसम्म हामीले यस्तो बेइज्जतीको विष पिउनैपर्छ । आफूलाई धर्मगुुरु भन्ने एकजना विदेशीबाट नेपाल र नेपालको राष्ट्रिय विभूूतिप्रति भ्रमपूूर्ण प्रचार गरिँदा एउटा आधिकारिक वक्तव्य सार्वजनिक नगर्ने सरकारलाई देशको अस्मिता कति प्यारो रै’छ त्यो सोच्न धेरै गाह्रो नहोला । त्यसैले अब हामीले हाम्रो सफाइ अभियानको सुुरुवात पहिले घरबाट नै गर्नुुपर्छ । पहिला हामीले तिनै नेतालाई पाखा लगाउनैपर्छ जसले गर्दा विदेशीको यति हिम्मत बढेको छ कि उनीहरू हाम्रो राष्ट्र र राष्ट्रिय गौरवको बारेमा जस्तो पनि भद्दा टिप्पणी गर्न हिचकिचाउँदैनन् । यति गर्न नसक्ने हामी नेपालीले अमिताभ बच्चनको कार्यक्रममा बुुद्ध नेपालमा जन्मेका थिए भन्दा हर्षबढाइँ गर्दै त्यो भिडियो साझा गर्नुु वा दलाई लामाले बुुद्ध भारतमा जन्मेका थिए भन्दा विरोधमा हाम्रो ऊर्जा खेर फाल्नुुको कुुनै औचित्य छैन ।