गोली चलाएको होइन ः पारस

गोली चलाएको होइन ः पारस


प्रहरी नियन्त्रणमा पर्नुअघि पूर्वयुवराज पारस शाहले घटना र विचारसँग टेलिफोनमा कुरा गर्दै आफूले गोली नचलाएको बताउनुभएको छ । तपाईंका नाममा जारी भएको विज्ञप्तिमा गोली चलेको स्वीकार गरिएको छ भनी ध्यानाकर्षण गराइँदा उहाँले आफूबाट त्यस्तो कुनै वक्तव्य जारी नभएको बताउनुभयो । त्यसो भए चितवनमा के भएको थियो त भनी जिज्ञाशा राख्दा उहाँले भन्नुभयो, ‘म परिवारसहित बिदा मनाउन केही दिनअघि चितवन पुगेको थिएँ । त्यहाँको होटल टाइगरटप्समा परिवारसहित खाना खाइरहेको बेला मैले नचिनेका केही व्यक्तिहरू अर्को टेबुलमा बसी खाना खाइरहेका थिए । उनीहरूले नेपाल र नेपालीबारे तल्लोस्तरको टिप्पणी गर्दै मलाईसमेत जथाभावी बोल्न थालेपछि मैले त्यसको शालीन प्रतिवाद गरेको थिएँ,’ उहाँले थप्नुभयो, ‘एउटा विदेशी नागरिकले नेपाल र नेपालीका बारेमा तल्लोस्तरको टिप्पणी गरेको सहन मलाई गाह्रो भएको थियो । तर, मैले आफूलाई सम्हाल्दै जथाभावी नबोल्न ती विदेशीलाई सचेत गराएको थिएँ । ती व्यक्ति को हुन् भन्ने मलाई थाहा थिएन ।’ अब यस घटनाको प्रतिवाद कसरी गर्नुहुन्छ त भनी प्रश्न गर्दा पूर्वयुवराजले भन्नुभयो, ‘सामान्य नागरिकको जीवन बिताइरहेको ममाथि पूर्वाग्रह राखिएको छ, राज्य पूर्वाग्रही भए पनि पशुपतिनाथको यो देशमा भगवान्ले मेरो रक्षा गर्ने विश्वास मैले लिएको छु । न्यायपे्रमी नेपाली जनताले यो दुःखको घडीमा मलाई साथ दिनेछन् भन्ने मैले ठानेको छु ।’ तपाईंका कारणले तपाईंका पिता पूर्वराजा ज्ञानेन्द्रलाई अप्ठ्यारो पर्‍यो भन्ने ठान्नुभएको छ कि छैन भन्ने हाम्रो जिज्ञाशामा उहाँको भनाइ थियो, ‘मेरो बुबा मात्र होइन एउटा विदेशी नागरिकले रचेको यस षड्यन्त्रप्रति सम्पूर्ण नेपालीलाई दुःखी बनाएको हुनुपर्छ भन्ने मैले ठानेको छु ।’ पूर्वयुवराजले अन्त्यमा भन्नुभयो, ‘प्रहरीलाई मैले घटनाबारे यथार्थ जानकारी गराउनेछु । यो देशको माया अरू नेपालीलाई जति छ मलाई पनि त्योभन्दा कम छैन । विदेशीहरूको अनावश्यक चलखेलप्रति सबै नेपाली सचेत हुनुपर्ने बेला आएको छ । त्यसै पनि एकप्रकारको सङ्कट व्यहोरिरहेका हामीले कसैलाई ज्यान लिने धम्की दिने या गोली चलाउनेबारेमा सोच्न पनि सकिने कुरा होइन । मैले गोली चलाउने या ज्यान मार्ने धम्की कसैलाई दिने कार्य गरेको छैन, म प्रहरीलाई पनि यही कुरा स्पष्ट गर्नेछु ।’

अब एमालेको लिङ्ग छुट्टनि
राष्ट्रपतिको कथित असंवैधानिक कदमविरुद्ध लामो समयसम्म आन्दोलन गर्ने माओवादीको गुहार राष्ट्रपतिले बिनाढिलाइ सुनिदिनुभएको छ । प्रधानमन्त्री माधवकुमार नेपाल एउटा सहमति बनाएर संसद्को बैठक बोलाउने तयारीमा रहनुभएको र यस कुराको जानकारी प्रधानमन्त्रीले राष्ट्रपतिलाई गराइसक्नु पनि भएको थियो । तर, माओवादीले प्रधानमन्त्रीको निर्वाचनसमेतको विषयलाई छलफल गर्न तत्काल संसद्को अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपतिसमक्ष समावेदन गर्‍यो । समावेदनपश्चात् पनि प्रधानमन्त्री नेपालले आफू संसद्को नियमित अधिवेशन नै बोलाउने तयारीमा रहेको हुँदा हतार गरेर संसद् अधिवेशन बोलाउन आवश्यक नरहेको सुझाव राष्ट्रपतिलाई दिनुभएको थियो । तर, राष्ट्रपतिले माओवादीको इच्छा पूरा गर्न ढिलाइ गर्नु नहुने ठान्नुभयो र समावेदनमार्फत माग गरेबमोजिम माओवादीको माग पूरा गरिदिनुभयो । राष्ट्रपतिको यस कदमले माओवादीलाई खुसी तुल्याएको भए पनि एमालेलाई भने निकै अप्ठ्यारो स्थितिमा पुर्‍याएको छ । काङ्गे्रस र माओवादीको बीचमा बसेर ‘तेस्रोलिङ्गी’ भूमिका निर्वाह गर्दै आएको एमालेमाथि अब आफ्नो कित्ता छुट्याउनैपर्ने दबाबको स्थिति पैदा भएको छ । एमालेको झलनाथ खनाल पक्ष माओवादीसँगै गठबन्धनको पक्षमा छ भने माओवादी पनि काङ्गे्रस नेतृत्वको सरकार बन्न नदिन कटिबद्ध देखिन्छ । संसद् अधिवेशनमा सबभन्दा पहिला रामचन्द्र पौडेलको उम्मेदवारी कायम रहेको/नरहेकोबारे छलफल गरी मतदान प्रक्रियाद्वारा त्यसको छिनोफानो गर्ने माओवादी योजना रहेको छ । आफ्नो यस योजनामा झलनाथ खनालसहित अन्य केही दलहरूको साथ रहने विश्वास माओवादीले लिएको छ । पौडेलले उम्मेदवारी रद्द गराएर ‘स्थिति जिरो’मा ल्याउने माओवादीको पुरानै रणनीति हो र उनीहरूले अहिलेसम्म आफ्नो रणनीतिमा परिवर्तन ल्याएका छैनन् । काङ्गे्रसमा शेरबहादुर देउवालाई प्रयोग गरेर उम्मेदवारी फिर्ता लिन लगाउने र झलनाथसँगको ‘एकता’लाई कायम राख्दै मतदान प्रक्रियाद्वारा पौडेलको उम्मेदवारी खारेज गर्ने माओवादी प्रयास रहेको छ । देउवा र प्रचण्डबीचको गुप्त गठबन्धन ‘एक्स्पोज’ भइसकेको हुँदा यतिबेला प्रचण्डको इच्छाबमोजिम देउवाको प्रयोग र परिचालन हुनसक्ने देखिँदैन । त्यसैले माओवादीको केन्द्रीकृत जोड झलनाथहरूको परिचालनमै हुने स्थिति छ । त्यसनिम्ति खनाललाई प्रधानमन्त्री बनाइदिने लिखित तथा मौखिक आश्वासन प्रचण्डले दिनुहुने भएको बताइन्छ । तर, एमालेभित्र वर्तमान सत्ता गठबन्धनलाई कायम राख्दै अघि बढ्नुपर्छ भन्नेहरूको बहुमत रहेको छ । पहिलो चरणमा काङ्गे्रस नेतृत्वमा सरकार गठन गर्न एमाले सहमत हुने र दोस्रो चरणमा -पाँच महिनापछि) एमाले
नेतृत्वमा सरकार गठन गर्ने सम्झौता गरेर रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाइनुपर्छ भन्ने एमालेका एकथरी नेताहरूको धारणा छ । झलनाथ यस कुरामा सहमत हुनुभएमा त्यसले एकैपटक तीनवटा राजनीतिक प्रभाव पार्ने अनुमान विश्लेषकहरूको छ । विश्लेषकहरूका अनुसार झलनाथ पौडेललाई स्वीकार गर्न राजी भएमा काङ्गे्रस नेतृत्वमा सरकार गठन हुनेछ र वर्तमान सत्ता गठबन्धनले निरन्तरता प्राप्त गर्ने त छँदै छ, त्यसले माओवादी रणनीति असफल तुल्याउने र एमाले पार्टीको आन्तरिक एकता पनि जोगाउने विश्वास गरिन्छ । खनाल आफ्नो पुरानै अडानमा यथावत् रहनुभएको अवस्थामा भने स्थिति पहिलेझैं जटिल र अनिर्णयको रहने निश्चित छ । ज्ञातव्य छ, खनाल अहिले पनि कथित राष्ट्रिय सहमतिको अडानमा हुनुहुन्छ र यही अडान यथावत् राखेर आफ्नो नेतृत्वमा सरकार गठन गर्न सकिने आधारभूमि बनाउन सकिन्छ भन्नेमा विश्वस्त देखिनुहुन्छ । तर, खनालले यसप्रकारको निर्णय लिनुभए पनि माधवकुमार नेपाल प्रजातान्त्रिक गठबन्धनका पक्षमा दृढतापूर्वक उभिनुभएमा पार्टीभित्र खनाल पक्ष पराजित हुनेछ । माधव र केपी एकातिर हुनेबित्तिकै झलनाथ अल्पमतमा पर्नुहुने स्थिति छ र बहुमतको निर्णयविपरीत जान खोजेमा एमाले पार्टी विभाजन हुनसक्ने देखिन्छ । खनालले त्यस्तो अवस्थामा पार्टीको बैठक स्थगित गर्राई सचेतकमार्फत हि्वप जारी गराउने र माओवादीको चाहना पूरा गर्ने अनुमान पनि केहीले लगाएका छन् । देशको राजनीतिले कस्तो मोड लिनेछ भन्नेबारेमा आगामी एक साताभित्रै स्पष्ट हुने विश्वास गरिएको छ । आफ्नो बहुमतको सरकार विस्थापित गराएर काङ्गे्रस नेतृत्वमा सरकार पुर्‍याइदिएको आरोपबाट जोगिनका लागि खनालले आफ्नो नेतृत्वमा सरकार गठन हुन नसके नयाँ सरकार बन्न नदिएर माधव नेपाल नेतृत्वकै सरकारलाई निरन्तरता मिल्ने भूमिका निर्वाह गर्नुहुने ठानिएको छ ।

खनाल पुगे रक्षात्मक स्थितिमा
एमालेको कारण मुलुक अनिर्णर्ीत भएको भन्ने चौतर्फी आरोपको सामना गर्न परिरहेको बेला उसले जारी केन्द्रीय समितिको बैठकबाट आफ्नो पुरानो अडान परिवर्तन गर्ने सङ्केत दिएको छ । राष्ट्रिय सहमतिको सरकारले मात्र शान्तिप्रक्रिया र संविधान निर्माण कार्य निष्कर्षमा पुर्‍याउन सक्ने भन्दै आफ्नै पार्टीको नेतृत्वमा रहेको बहुमत प्राप्त सरकारलाई राजीनामा दिन बाध्य पारेको ६ महिना बित्न लाग्दा पनि राष्ट्रिय सहमति जुट्न नसकेपछि एमाले बाध्य भएर आफ्नो अडान परिवर्तन गर्ने सोचमा पुगेको हो । एमालेले राष्ट्रिय सहमतिका विभिन्न एजेण्डा अघि सार्दै अन्य दलसँगहरूसँग छलफलको अगुवाइ गरिरहेको थियो । उसले राष्ट्रिय सहमतिको विकल्प नभएको भन्दै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री निर्वाचन प्रणालीबाट बाहिरिन बाध्य गराएको थियो । त्यतिबेला उसले माओवादीसँग तीनबुँदे सहमति गर्दै बहुमतीय निर्वाचन प्रणालीमा सहभागी नहुने प्रतिबद्धतासमेत गरेको थियो । त्यस सहमति पनि जारी केन्द्रीय समितिको बैठकले तुहाउने प्रायः निश्चितजस्तै भएको छ । तर, खनालले यसबारे केही बताउनुभएको छैन ।
केन्द्रीय समिति बैठकले राष्ट्रिय सहमतिबाट पछि हट्दै बहुमतीय प्रणालीमा जाने निर्णय राष्ट्रिय सहमतिमा चट्टानजस्तै बन्नुभएका अध्यक्ष खनालमाथि ठूलो नैतिक सङ्कट उत्पन्न भएको छ । स्रोतका अनुसार खनालले बैठकमा आफ्नो बचाउ गर्दै जारी प्रक्रियालाई यहीँ अन्त्य गरी नयाँ प्रक्रियामा जाँदा मात्र पार्टीले यसअघि लिएको निर्णयमा पुनरि्वचार गर्न सकिने सम्भावनाहरू रहेको बताउनुभएको छ । अहिलेको अवस्थामा पुरानो निर्णय कायम रहने जिकिर गर्नुभएको छ । उहाँले मुलुकलाई निकासविहीन अवस्थामा राख्नुभन्दा आफ्ना केही निर्णयमा परिवर्तन गरी नयाँ आधारमा अघि बढ्न सकिन्छ । तर, त्यसका लागि सबै नयाँ प्रक्रियामा अघि बढ्नुपर्छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार
अध्यक्ष खनालले बैठकको सुरुवातमा राष्ट्रिय सहमतिको एजेण्डालाई कायम राख्दै तत्कालका लागि विकल्प खोज्नुपर्ने खाँचो औंल्याउनुभएको थियो । अध्यक्ष खनालनिकट एक नेताका अनुसार उहाँ काङ्ग्रेस नेता रामचन्द्र पौडेलले आफ्नो उम्मेदवारी फिर्ता लिई नयाँ प्रक्रियामा जाँदा बहुमतीय प्रक्रिया वा अन्य कुनै विकल्पमा जान सकिनेमा सहमत हुनुहुन्छ । राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने अडानमा रहनुभएका खनाल दुईतिहाइ मतको नजिक पुगेर पनि प्रधानमन्त्री निर्वाचन प्रणालीबाट बाहिरिनुभएको थियो । आफू प्रधानमन्त्री निर्वाचनबाट बाहिरिएपछि तटस्थ बस्नुभएका अध्यक्ष खनालमाथि तटस्थता तोड्ने सम्बन्धमा चौतर्फी दबाब पनि परेको थियो । खनालले आफ्नै पार्टीका वरिष्ठ नेतासमेत रहनुभएका प्रधानमन्त्री माधवकुमार नेपाल, प्रभावशाली नेता केपी ओली र उनीनिकट नेताहरूको दबाब पनि सामना गर्दै आउनुपरेको थियो ।
मंगलबारबाट जारी बैठकको पहिलो दिन बोल्ने अधिकांश नेताहरू पार्टी नयाँ प्रक्रियाबाट अघि बढ्नुपर्छ भन्नेमा एकमत रहे पनि प्रक्रियाका बारेमा सबैको फरक धारणा देखिएको छ । प्रधानमन्त्री नेपाल र केपी ओली पक्ष बहुमतीय प्रणालीमा गएर काङ्गे्रस नेता पौडेललाई सहयोग गर्नुपर्ने पक्षमा छन्, उपाध्यक्ष वामदेव गौतम बहुमतीय प्रणालीमा गएर माओवादी र एमालेको सहकार्यमा सरकार बन्नुपर्छ भन्ने पक्षमा छन् । अध्यक्ष खनाल जारी प्रधानमन्त्री निर्वाचन प्रक्रियाबाट बाहिरिँदै नयाँ सहमतिअनुसार नयाँ विकल्प खोजेर अघि बढ्नुपर्ने पक्षमा हुनुहुन्छ । तर, एमालेभित्र पौडेलको प्रधानमन्त्री उम्मेदवारीको अन्त्य गर्ने/नगर्ने भन्ने विषयमा विवाद कायम छ भने माओवादी नेतृत्वमा सरकार बन्नुपर्ने भन्नेमा उपाध्यक्ष गौतम मात्र छन् । खनालले पौडेलको उम्मेदवारी अन्त्य गरेर जाँदा पार्टीले लिएको अडानमा पुनरि्वचार गर्न सजिलो हुने धारणा पनि राख्नुभएको छ । तर, नेपाल-ओली पौडेलको उम्मेदवारी कायम रहन्छ भन्नेमा हुनुहुन्छ । बैठकमा राष्ट्रिय सहमति, बहुमतीय प्रणाली, चक्रिय प्रणाली वा अध्यक्षात्मक प्रणालीलगायत सबै विकल्पबारे छलफल हुने र उचित निष्कर्ष निकाल्ने एमाले नेता ठाकुर गैरेको भनाइ छ ।
बैठकले जस्तोसुकै निर्णय गरे पनि एमालेको जारी केन्द्रीय समितिको बैठकलाई अन्य राजनीतिक दलहरूले पनि चासोका साथ हेरिरहेका छन् । बैठकले राष्ट्रिय राजनीतिमा उत्पन्न गतिरोध अन्त्यका लागि महत्त्वपूर्ण निर्णय गर्ने एमालेले जनाएको छ । एमाले नेता एवम् सञ्चारमन्त्री शंकर पोखरेल एमालेको बैठकले राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण निर्णय गर्ने बताउनुभएको छ । उहाँका अनुसार बैठकमा समसामयिक राष्ट्रिय राजनीतिक मुद्दाका साथै यसअघि बसेको पोलिटब्युरो बैठकले गरेका निर्णयहरू अनुमोदन गर्नेछ ।
यता, केन्द्रीय कमिटीको बैठकलाई ध्यान दिँदै एमाले अध्यक्ष खनाल र प्रभावशाली नेता ओलीनिकट केन्द्रीय सदस्यहरू सोमबार ३ घन्टाभन्दा बढी बेग्लाबेग्लै स्थानमा गोप्य बैठक बसेका थिए । अध्यक्ष खनालनिकट नेताहरू सानु श्रेष्ठ, योगेश भट्टर्राई, घनश्याम भुसालले नेतृत्व गरेको बैठकमा एक दर्जनभन्दा बढी नेताको सहभागिता रहेको थियो । त्यस बैठकमा सहभागी एक नेताका अनुसार केन्द्रीय समितिमा प्रस्तुत गरिने एजेण्डाहरूको विषयमा छलफल गरिएको थियो । छलफलले राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रिय सहमतिलाई कायम राख्दै नयाँ विकल्पको खोजी गरिनुपर्ने, तर त्यसका लागि जारी प्रधानमन्त्री निर्वाचन प्रणालीबाट काङ्गे्रस बाहिरनुपर्ने र्सत अघि सारिएको छ । जिम्मेवारी बाँडफाँडका विषयमा पनि छलफल भएको थियो । उनीहरूले केन्द्रीय समितिमा अध्यक्षको निर्णय र प्रस्तावलाई पारित गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । त्यसैगरी नेता ओलीनिकटका केन्द्रीय नेताहरूको बैठक नयाँ बानेश्वरस्थित मदन भण्डारी फाउन्डेसनमा बसेको थियो । सो बैठकमा जारी केन्द्रीय कमिटीबाट पार्टीको पूर्वअडान परिवर्तन गरी बहुमतीय आधारबाटै सरकार बन्नुपर्ने भन्दै केन्द्रीय कमिटी बैठकबाट त्यसैअनुसारको निर्णय गराउनुपर्ने निचोडमा पुगेका थिए । जिम्मेवारी बाँडफाँडभन्दा पनि जारी गतिरोध अन्त्यबारे पहिले निर्णय गरेर मात्र अघि बढ्नेमा उनीहरूबीच सहमति भएको बुझिएको छ ।

यसरी जाँचियो सांसदको सही
‘जालसाजी राजनीति’ चलिरहेको मुलुकमा एक सय सतासी सांसदको दस्तखत सही भएको विश्वास राष्ट्रपतिले कसरी गरे होलान्, जिज्ञासाको विषय बनेको छ । माओवादीले एक सय सतासी सांसदको सक्कली दस्तखत नै बुझाए होलान् भन्नेमा उच्चतहमा धेरै आशङ्का गरिएको थियो स्वयम् राष्ट्रपति पनि यस दस्तखतबारे सचेत हुनुहुन्थ्यो । त्यसैले सबै दस्तखतहरूको एक-एक गरी सनाखत गरिएपछि मात्र
राष्ट्रपतिद्वारा संसद् बैठक आह्वान गरिएको जानकारी प्राप्त भएको छ ।
अन्तरिम संविधानको धारा ५१ को उपधारा ३ बमोजिम प्रमुख प्रतिपक्षी दल नेकपा एकीकृत माओवादीको अगुवाइमा आइतबार राष्ट्रपति यादवसमक्ष संसद् अधिवेशन बोलाउन एक सय सतासी सभासद्ले समावेदन गरेका थिए । आइतबार राष्ट्रपति कार्यालयमा समावेदन पुगे पनि राष्ट्रपति कार्यालयले सोमबार मात्र समावेदन गर्न सभासद्हरूको दस्तखत सनाखत गरेको थियो । राष्ट्रपति निवास स्रोतका अनुसार राष्ट्रपति कार्यालयका दुई कर्मचारी एक सय सतासी सभासद्ले हस्ताक्षर गरेको समावेदनपत्र बोकेर संसद् सचिवालयमा पुगेका थिए । उनीहरूले समावेदनपत्रमा गरिएको सभासद्को दस्तखत सक्कली वा नक्कली के हो भन्ने पत्ता लगाउन संसद् सचिवालयमा रहेको अभिलेख पल्टाएका थिए । संसद् सचिवालयमा संविधानसभामा प्रतिनिधित्व गर्ने सबै सभासद्को दस्तखतसहितको सम्पूर्ण विवरण सुरक्षित राखिएको छ । त्यसैले राष्ट्रपति कार्यालयका कर्मचारीहरू राष्ट्रपतिकै निर्देशनअनुसार संसद् सचिवालयमा पुगेका थिए ।
संसद् सचिवालयका एक कर्मचारीले दिएको जानकारीअनुसार राष्ट्रपति कार्यालयका कर्मचारी सोमबार बिहानै सचिवालय पुगेका थिए । ‘हामीसँग सुरक्षित रहेको सभासद्को दस्तखत अभिलेख देखायौँ, उहाँहरूले त्यहीअनुसार हर्ेर्नुभएको थियो,’ ती कर्मचारीले भन्नुभयो, ‘हामीले दस्तखतको अभिलेख कम्प्युटरमा सुरक्षित राखेकाले सभासद्को नाम र हस्तक्षर पनि कपी गरी राष्ट्रपति कार्यालयमा पठाएका थियौँ ।’

सच्चियो गलत निर्णय
संसद्को मानव संसाधन समितिले हस्तक्षेप गरेपछि एउटा गम्भीर त्रुटि सच्चिएको छ । पर्यटन मन्त्रालयले एयर अरेबियालाई काठमाडौंबाट सोझै मलेसिया उड्न दिएको अनुमति संसदीय समितिको हस्तक्षेपछि सच्चिएको हो । जुन मुलुकको हवाईसेवा हो त्यसले अर्को देशबाट सोझै तेस्रो मुलुकमा उडान भर्न नपाउने परम्परा हुँदाहुँदै आर्थिक प्रलोभनमा परी एयर अरेबियालाई काठमाडौंबाट सोझै मलेसिया उड्न अनुमति दिन लागिएको
थियो । यस्तो गलत निर्णय गराउनका लागि एयर अरेबियाको नेपाली एजेन्ट भोला थापा तथा नेपाल प्रहरीका एक उच्च अधिकारीले विशेष भूमिका निर्वाह गरेका थिए । भनिन्छ, थापाले रु. पाँच करोडको थैली बोकेर पर्यटन मन्त्रालयको निर्णायक तहलाई प्रभावमा पारेको थियो । थापाको साथमा रवि सिंह नाम गरेका अर्का एक व्यक्ति पनि सक्रिय भएका थिए । तर, अब उनीहरूको प्रयास असफल भएको छ । पर्यटन मन्त्रालयले आफ्नो त्रुटि सच्याएको छ । ज्ञातव्य छ, थाई एयरवेजले पनि अन्यत्रको उडान भर्न पहिले थाइल्याण्डचाहिँ पुग्नैपर्ने हुन्छ, त्यसपछि मात्र उसले तेस्रो देशका लागि उड्न पाउनेछ । तर, एयर अरेबियालाई भने उसको आफ्नो उद्गम मुलुक नपुगी काठमाडौंबाट सीधै मलेसिया उड्न पाउने सुविधा उपलब्ध गराउन लागिएको थियो ।
यसप्रकरणले सम्बन्धित निकाय सचेत नभएमा जस्तोसुकै गलत निर्णय गराउन पनि कमिशन एजेन्टहरू सफल हुन सक्दारहेछन् भन्ने स्पष्ट गराएको छ ।

प्रचण्डपुत्रद्वारा प्रधानमन्त्रीको अपमान
माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री माधवकुमार नेपालबीच केही दिनयता सामान्य बोलचालसमेत बन्द भएको जानकारी प्राप्त भएको छ । दुई शीर्ष नेताहरूबीच बोलचाल नै बन्द हुनुको कारण प्रधानमन्त्रीलाई प्रचण्डपुत्र प्रकाशले गरेको अभद्र एवम् अमर्यादित व्यवहार भएको बुझिएको छ । समाचारअनुसार प्रधानमन्त्री नेपाल गत साता युरोप भ्रमणमा रहँदा केही गम्भीर विषयमा कुराकानी गर्न उहाँले प्रचण्डलाई फोन गर्नुभएको थियो । उहाँले फोन गर्नुहुँदा नेपालमा रातको करिब एक बजिरहेको थियो । प्रचण्डको मोबाइल फोन रिसिभ त भयो तर अर्कैको आवाज आएपछि प्रधानमन्त्रीले आफ्नो परिचय दिँदै प्रचण्डलाई फोन दिन आग्रह गर्नुभयो । यता फोन प्रचण्डका छोरा प्रकाशले उठाएका थिए । प्रधानमन्त्री माधव नेपालले आफ्नो परिचय दिएपछि प्रकाशले फोन आफ्ना पितालाई दिनुको सट्टा झन् कड्किँदैै भने, ‘तपाईं के को प्रधानमन्त्री – अहिले नेपालमा कति बज्यो भन्ने थाहा छैन – यस्तो मान्छेले के देश चलाउने आँट गरिरहेको – राख्नुस् फोन, बुबा सुतिरहनुभएको छ दिन मिल्दैन ।’ यसरी प्रधानमन्त्रीलाई हप्काउँदै ‘सु’पुत्र प्रकाशले फोन लाइन विच्छेद गरिदिए । यसरी आफ्नो निजी फोन छोरालाई उठाउन लगाएर जथाभावी बोल्न लगाएपछि प्रधानमन्त्री नेपालले पुनः प्रचण्डलाई फोन गर्नुभएन र अहिलेसम्म गर्नुभएको छैन । यस घटनाबाट प्रधानमन्त्रीले आफू अत्यन्तै अपमानित भएको महसुस गर्नुभएको बताइन्छ । त्यसै पनि अपमानित महसुस गरिरहनुभएका प्रधानमन्त्री नेपाललाई आफूले टेलिफोनमा नराम्रोसँग हप्काएको कुरा प्रकाशले आफ्नो फेसबुकमार्फत सगौरव सार्वजनिक गरेका छन् । फेसबुकमा पनि उनले प्रधानमन्त्रीलाई ‘माकुने’ भनी तल्लो स्तरको भाषामा गाली गर्दै होच्याउने प्रयास गरेका छन् । यसरी कुनै दलको नेताको छोराले तल्लो तहमा झरेर प्रधानमन्त्रीलाई अमर्यादित एवम् अभद्र व्यवहार गरेको नेपालमा पहिलो घटना मानिन्छ । यस घटनालाई प्रधानमन्त्री स्वयम्ले चाहिँ ‘प्रचण्डको स्तर’ का रूपमा ग्रहण गर्नुभएको बताइन्छ ।

पूर्वराजा दुःखी
चितवनमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई लिएर पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र अत्यन्त चिन्तित हुनुभएको समाचार छ । दरबार निकटको सूत्रबाट प्राप्त जानकारीअनुसार पूर्वराजा आफ्नो छोराको क्रियाकलापलाई लिएर जति दुःखी हुनुभएको छ, सरकारले यस प्रकरणलाई लिएर ‘राजनीति’ गरेको विषयमा झनै दुःखी हुनुभएको छ । घटनाबारे सत्यतथ्य बुझन छानबिन समिति गठन भइसकेपछि त्यसको रिपोर्ट आइसकेपछि मात्र आवश्यक कारबाही अघि बढ्ने कुरामा पूर्वराजपरिवार विश्वस्त रहेको थियो । तर, प्रधानमन्त्री माधवकुमार नेपालको विशेष निर्देशनमा मंगलबार पूर्वयुवराजलाई प्रहरी नियन्त्रणमा लिइएपछि पूर्वराजा स्तब्ध बन्नुभएको बताइन्छ । भनिन्छ, पूर्वराजा आफ्ना पुत्रको रक्षा गर्न केही गर्ने अवस्थामा पनि हुनुहुन्न र सरकारले चलाएको कारबाही पनि पूर्वाग्रहपूर्ण
र अतिरञ्जित रहेको निष्कर्षमा हुनुहुन्छ । दुई व्यक्तिबीच होटलमा भएको झगडालाई लिएर सरकारले इवी साँध्ने कार्य नगरेको भए हुन्थ्यो भन्ने सोच पूर्वराजाको रहेको बताइन्छ ।
भारतको उपलब्धिपूर्ण भ्रमणबाट एक साताअघि मात्र स्वदेश फिर्नुभएका पूर्वराजा आफू कुनै प्रकारले पनि विवादमा नपरौँ भन्ने चाहना राख्नुहुन्थ्यो । विभिन्न विषयमा छोरासँग मतभिन्नता रहेका कारण त्यसै पनि चिन्तित रहनुभएकोमा चितवन घटनाले आफ्नो प्रतिष्ठा र छविमा धक्का पुगेको महसुस पूर्वराजाले गर्नुभएको बताइन्छ । तर, उहाँबाट छोराको बचाउका लागि कुनै पहल भने नभएको बुझिएको छ । भनिन्छ, यतिबेला पूर्वराजा किर्ंकर्तव्यविमूढ हुनुभएको छ । तर, जतिसुकै दुःखी भए पनि उहाँ यस घटनालाई लिएर कुनै पनि प्रकारको कदम चाल्ने अवस्थामा भने नरहनुभएको बताइएको छ ।

प्रचण्डको हातखुट्टा बाँधिने
माओवादी पार्टीभित्र सर्वशक्तिमान भूमिका निर्वाह गर्दै आउनुभएका अध्यक्ष प्रचण्डलाई साइजमा राख्ने अभ्यास सुरु भएको छ । यस अभ्यासमा पार्टीभित्र दुई विपरीत धु्रवका नेताहरूको समान सक्रियता देखिएको छ । शास्त्रीय माक्र्सवादी नेताका रूपमा परिचित मोहन वैद्य किरण, जसमाथि उग्रवामपन्थी धार खडा गरेको आरोप लाग्दै आएको छ भने व्यावहारिक माक्र्सवादी नेताका रूपमा स्थापित डा. बाबुराम भट्टर्राईले दक्षिणपन्थीको आरोप खेप्दै आउनुभएको छ । यर्सथ भट्टर्राई र वैद्य विपरीत धु्रवका नेता मानिनुहुन्छ । तर, प्रचण्डको शक्ति घटाउन भने दुवै नेताहरू एक भएका छन् । दुई नेताहरूमध्ये कहिले एउटा र कहिले अर्कोलाई नजिक र टाढा राख्ने तथा आवश्यकतानुसार दुई नेताको उपयोग गर्ने गर्दै आउनुभएका प्रचण्डमा अहङ्कार र सर्वसत्तावादी सोच बढेर गएको महसुस पार्टीभित्र गरिएको छ । कुनै समयमा ‘प्राधिकार’ तुल्याइएका प्रचण्डले प्/mान्सका लर्ुइ सोह्रौँले आफैंलाई राज्य ठानेझैं आफूलाई माओवादी पार्टी ठान्न थाल्नुभएको महसुस उक्त पार्टीका नेता तथा कार्यकर्ताहरूले गर्दै आएका छन् । त्यसैले पार्टीभित्रको एकाधिकारवादलाई अन्त्य गर्नु वैद्य र बाबुरामको प्रमुख उद्देश्य बन्न पुगेको छ । पार्टीप्रमुख, लडाकुप्रमुख, वाईसीएलप्रमुख, संसदीय दलका प्रमुख र अन्य हुने र मिल्ने जति सबै फाँटको प्रमुख रहनुभएका प्रचण्डलाई अब कुनै एउटा फाँटको मात्र प्रमुख बनाउने कसरत वैद्य र बाबुरामले गरिरहनुभएको छ । प्रचण्डलाई पार्टीप्रमुखमा राखेर अन्य सबै जिम्मेवारीबाट मुक्त गर्ने प्रयास वैद्य र बाबुरामले गरिरहनुभएको छ । पार्टीभित्रै अधिनायकवादको विकास हुन नदिन उहाँहरूले त्यसप्रकारको प्रयास गर्नुभएको बताइन्छ । यही प्रयासस्वरूप रामबहादुर थापा बादलको संयोजकत्वमा टोपबहादुर रायमाझी, नेत्रविक्रम चन्द, वर्षमान पुन र देव गुरुङलगायत संलग्न रहनुभएको एक कार्यदल खडा गरी नेताहरूको कार्यविभाजन गर्न खोजिएको छ । कार्यदलले एक व्यक्ति एक पदको अवधारणालाई कार्यान्वयन गर्ने सोच बनाएको छ । यही सोचमुताविक संसदीय दलको नेतामा डा. बाबुराम भट्टर्राईलाई चयन गर्न प्रस्ताव गरिएको छ । प्रचण्डलाई सैन्यप्रमुख र वाईसीएलप्रमुखबाट पनि हटाइने तयारी भइरहेको छ । पार्टीको नेतृत्व लिने कसरतसमेत मोहन वैद्य किरणले गरिरहनुभएको बताइन्छ । यसरी किरण र बाबुरामले आफूलाई कमजोर बनाउन प्रयास गरेको सुइँको पाएपछि प्रचण्डले पनि उहाँहरूमाथि पार्टी विभाजन गराउन खोजिरहेको आरोप लगाउनुभएको छ । नेताद्वयमाथिको यस्तो आरोप तल्लो तहसम्म चर्चामा ल्याउन प्रचण्डले योजनाबद्ध प्रयास गरिरहनुभएको छ ।
सोही कार्यदलले सभासद्हरूलाई आ-आफ्ना कार्यक्षेत्रमा केन्द्रित गर्ने योजना पनि बनाउन खोजेको छ । कार्यदलले नेताहरूको जिम्मेवारीलाई व्यवस्थित, न्यायोचित र प्रभावकारी बनाउन खोजेपछि प्रचण्डको क्याम्पमा भने भूकम्पको स्थिति पैदा भएको छ । कार्यदलले आफ्नो प्रतिकूल प्रस्ताव ल्याउने सम्भावना देखेर नै प्रचण्डले केन्द्रीय समितिको बैठक विभिन्न बहानामा पछि सार्दै आउनुभएको छ ।

महानगरपालिकाका र्राईलाई सर्वोच्चद्वारा न्याय
काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख आनन्द पोखरेलले आफूलाई अन्यायपूर्वक अनेक सास्ती दिँदै महानगरपालिकाको जिम्मेवारीबाट जबर्जस्ती हटाउन खोजेको र सरकारी जिम्मेवार निकायले पनि यसबारे उपेक्षा दर्शाउँदै आएको गुनासो गर्दैआएका गणेश र्राईलाई सर्वोच्च अदालतले न्याय प्रदान गरेको छ । र्राईको मुद्दामा फैसला गर्दै सर्वोच्चका न्यायाधीश अवधेशकुमार यादवको एकल इजलासले ‘हाललाई निवेदकलाई अन्यत्र स्थान्तरण नगर्नु नगराउनु, साविकबमोजिम काठमाडौं महानगरपालिकाको कार्यालयमा यथावत कामकाज गर्नु गराउनु र कुनै किसिमको विभागीय सजाए नगर्नु नगराउनु’ भन्ने निर्णय सुनाएको छ । स्मरण रहोस्, महानगरपालिकाको उच्च जिम्मेवारी निर्वाह गर्दैआएका सहसचिव गणेश र्राईले आफूलाई क्षेत्राधिकारबिहीन अधिकारीले सजाय प्रस्ताब गरी स्पष्टिकरण सोधेको र सफाइको मौका नदिएको ब्यहोरासहित न्यायालयको ढोका घच्घच्याएका थिए । सर्वोच्चको यस फैसलाले र्राईलाई यथोचित जिम्मेवारी दिलाउन सरकारमाथि नैतिक दबाव परेको सम्बद्धपक्षको भनाइ छ ।

र्सार्कस्तरीय व्यापार मेला आयोजना
दसौंपटक आयोजना हुन लागेको र्सार्कस्तरीय व्यापार मेला आज बुधबारदेखि काठमाडौंमा सुरु हुँदै छ । पुस ४ गतेसम्म भृकुटीमण्डपमा सञ्चालन हुने मेलाको आयोजना व्यापार निकासी केन्द्रले गरेको हो । र्सार्क क्षेत्रको व्यापारिक कारोबार उकास्ने उद्देश्यका साथ हुनलागेको मेलालाई क्रेता र बिक्रेताको भेटघाटको मेसोको रूपमा लिइएको छ । मेलामा र्सार्क क्षेत्रबाट उत्पादन हुने तयारी पोसाक, हस्तकला, सवारी साधन, फरि्नचरका सामानहरू प्रदर्शन हुने बताइएको छ भने जुट, प्लास्टिक, छाला, जडीबुटी, कागज आदिबाट बनेका सामानहरू पनि मेलामा प्रदर्शन हुनेछन् । यसैगरी भान्छाका सामान, औद्योगिक उपकरणहरूले पनि मेलामा स्थान पाउनुका साथै सेवाक्षेत्रका बंैकिङ, विज्ञापन कारोबार र मनोरञ्जन सेवाका स्टलहरू पनि राखिने भएको छ ।

भ्रष्टाचार लुकाएर मूल्य बढाएको आरोप
कुनै तार्किक आधारबिना नै सरकारले गैरजिम्मेवारीपूर्ण र अप्रत्यासित तवरले पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढाएको भन्दै गणतान्त्रिक सञ्चारकर्मी मञ्च नेपालले सो सरकारी कदमको विरोध गरेको छ । देश आर्थिक सङ्कटमा गुज्रिरहेको र त्यसको सोझो मार खेपिरहेका गरिब जनता, सर्वसाधारण, श्रमजीवी पत्रकारलगायत सबैलाई यस्तो कार्यले ढाड भाँच्ने काम गरेको मञ्चका अध्यक्ष राजु लामाले विज्ञप्तिमार्फत जनाएका छन् ।
नेपाल आयल निगमभित्र बढ्दै गएको भ्रष्टाचार र अपारदर्शितालाई ढाकछोप गरी उल्टै निगम घाटामा गएको रट लगाउन र निगमभित्र भएका कुकार्यको मार जनतालाई नबोकाउन अपिल गर्दै उनले मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् ।

राजदूतबारेको समाचार आधारहीन
एक भारतीय सञ्चारमाध्यमको समाचारलाई उद्धृत गर्दै नेपालस्थित भारतीय राजदूत राकेश सुद सरुवामा पर्नुभएको भनी नेपाली सञ्चारमाध्यममा आएका समाचार आधारहीन रहेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । नयाँदिल्लीस्थित विदेश मन्त्रालयका प्रवक्ताको हवाला दिँदै दूतावासले जनाएअनुसार सञ्चारमाध्यममा आएका समाचार आधारहीन छन् भने राजदूत सुदप्रति भारत सरकारको पूर्ण विश्वास रहेको छ । एक अर्को विज्ञप्तिमार्फत भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जनाएअनुसार राजदूत राकेश सुद भारतीय विदेश सेवाका एक सम्मानित अधिकारी हुनुहुन्छ जसले लगनशीलता र प्रतिबद्धताका साथ अप्रिल २००८ देखि नेपालका लागि भारतीय राजदूतको रूपमा सेवा गर्दै आउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उहाँको कार्यावधिमा द्विपक्षीय विकास तथा दुई देशबीचको सम्बन्धमा महत्त्वपूर्ण सुधार आएको छ, तर्सथ राजदूत सुदको तत्काल बिदाइको आशङ्कामा आधारित समाचारहरू आधारहीन छन् । राजदूत सुद आफ्नो कार्यावधि पूरा भएपछि मात्रै अन्य जिम्मेवारीमा लाग्नुहुने छ ।’
यसैक्रममा डिसेम्बर ११ देखि १३ सम्म बीपी कोइराला भारत-नेपाल प्रतिष्ठानको २६औँ बोर्ड बैठकमा सहअध्यक्षता गर्ने कार्यक्रम रहेकोले राजदूत सुद सो अवधिमा भारत प्रस्थान गर्नुहुनेछ र त्यसपश्चात् उहाँ रासायनिक हतियारको प्रयोग निषेधसम्बन्धी सङ्गठनको स्वतन्त्र सल्लाहकार समूहको बैठकमा भाग लिन डिसेम्बर १४ देखि १५ सम्म हेगमा रहनुहुनेछ । आगामी पुस ३ गते मात्र उहाँ नेपाल र्फकनुहुने दूतावासले जानकारी गराएको छ ।

प्रचण्डसँग छलफल गरिने
प्रेस स्वतन्त्रताजस्तो विषयलाई अपरिवर्तनीय प्रावधानका रूपमा राख्ने या नराख्ने भनी उच्च राजनीतिक तहमा भएको छलफलप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालले जनाएको छ । यस विषयमा हालै सञ्जालको केन्द्रीय कार्यालयमा सञ्चार क्षेत्रका विभिन्न संस्थाको प्रतिनिधित्व गर्ने सञ्चारकर्मीहरूको बैठक बसी प्रेस स्वतन्त्रतालाई संविधानमा अपरिवर्तनीय धाराका रूपमा समाविष्ट गर्न माग गर्ने निर्णय गरेको छ । बैठकमा नेपाल पत्रकार महासङ्घका सभापति धर्मेन्द्र झा, पूर्व सभापति विष्णु निष्ठुरी, सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठी, काठमाडौं उपत्यका एफएम प्रशारक मञ्चका अध्यक्ष प्रभात रिमाल, डब्लुडब्लुजे कि सुभेच्छा विन्दु, क्रान्तिकारी पत्रकार महासङ्घका मनऋषि धिताल, पे्रस युनियनका अध्यक्ष समीरजंग शाह, पे्रस चौतारीका अध्यक्ष गगन विष्ट तथा पत्रकारहरु महेन्द्र विष्ट, गोपाल थपलिया, गोविन्दसिंह थापालगायतको उपस्थिति थियो । सो बैठकले साँघु साप्ताहिकका सम्पादक गोपाल बुढाथोकीलाई भौतिक रूपमा आक्रमणको धम्की दिने सभासद्को अभिव्यक्तिलाई आपत्तिजनक ठहर्‍याउँदै सम्बन्धित पार्टीको नेतृत्वसँग छलफल गर्ने निर्णय पनि गरेको छ ।

निगमका भ्रष्टमाथि कारबाहीको माग
कामचलाउ सरकारद्वारा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले सर्वसाधारण जनताको ढाड सेकेको र वर्तमान सरकार जनतामारा नीति लिएर हिँडेको पुष्टि भएको क्रान्तिकारी कम्युनिस्ट पार्टीले जनाएको छ । सो पार्टीका महासचिव मणि थापाले प्रेस विज्ञप्तिमार्फत भनेका छन्, ‘ग्यास-उद्योगीहरूलाई विभिन्न सहुलियतसहित अनावश्यक नाफा दिइएको र उनीहरूको नाफा कम गरेमा ग्यासको मूल्यवृद्धि कम गर्न सकिने निगमका कर्मचारी र ग्यासविक्रेता महासङ्घलेे बताइसकेको हुनाले पनि यो मूल्यवृद्धिमा करोडौंको भ्रष्टाचार भएको बुझन सकिन्छ । जनतामारा जनविरोधी सरकारको यस रवैयाको हामी घोर भत्र्सना गर्दछौँ । मूल्यवृद्धिको विरुद्धमा आन्दोलनमा उत्रन हामी आमराजनीतिक दलहरू, सङ्घसंस्था तथा आमजनसमुदायलाई आह्वान गर्दछौँ ।’
यसैगरी, इन्धनको मूल्यमा वृद्धि गरिँदा त्यसले पारवहन भाडा र दाल, चामल, नुनलगायतका उपभोग्य वस्तुको मूल्यसमेत बढ्न गई समग्र दैनिक जनजीवन नै अस्तव्यस्त हुने एकीकृत नेकपा माओवादीले औंल्याएको छ । नेपाल आयल निगमभित्रको भ्रष्टाचार र चुहावटको छानबिन गरी अपराधीहरूलाई कारबाही र न्यायोचित मूल्य निर्धारणका लागि शक्तिसम्पन्न संसदीय समिति अविलम्ब गठन गर्नुपर्ने पार्टीको माग रहेको माओवादी प्रवक्ता दीनानाथ शर्माले जनाएका छन् ।

काठ चोर्न सुरुङको प्रयोग
जोरपाटीस्थित टीकालक्ष्मी काष्ठ उद्योगबाट काठ चोरेको अभियोगमा टुसाल बस्ने सिन्धुली जरायोटारका राम मगर, जोरपाटी बस्ने खोटाङका प्रकाश र्राई र कुमारीगाल बस्ने मकवानपुर पदमपोखरीका चन्द्रबहादुर तामाङलाई प्रहरीले गत आइतबार पक्राउ गरेको छ । उनीहरूले जोरपाटी नयाँबस्तीस्थित हरिश्चन्द्र मैनालीको काष्ठ उद्योगको कम्पाउण्डसम्म सुरुङ खनेर ५० क्यू फिट काठ चोरी गरेको प्रहरीले जनाएको छ ।
यसैगरी अवैध घरेलु मदिरा उत्पादन, बिक्री-वितरण तथा सञ्चय गर्ने १० जना गत शनिबार प्रहरी फन्दामा परेका छन् । पक्राउ पर्नेहरूमा रामेछापका गंगा सुनुवार, उमा लामा, भरत लामा, रोज लामा, मकवानपुरका हेमबहादुर मगर, सोलु सल्लेरीका तेन्जेङ शेर्पा, ओखलढुङ्गाका पासाङ शेर्पा र कान्छी लामा रहेका छन् ।
यता काठमाडौं महाँकालमा डेरा गरी बस्ने अमेरिकी नागरिक २८ वर्षीय माथ्यु रायन विलियम र निजकी श्रीमती नुवाकोटकी सुनिता तामाङको कोठाबाट ल्यापटप, क्यामरा, सुनका विभिन्न गहनाहरू गरी करिब तीन लाख ४८ हजार रुपैयाँबराबरको धनमाल चोरी भएको उजुरी प्रहरीमा परेको छ । उनीहरू कोठामा रहेकै अवस्थामा छक्याएर चोरले लामो हात गरेको र प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको छ ।

मनकामना बैंक धादिङमा
स्थापनाको छोटो समयमै आफूलाई सबल रूपमा स्थापित गरेर ग्राहक तथा सेवाग्राही आमजनताको मन जित्न सफल मनकामना डेभलपमेन्ट बैंकले धादिङबेसीमा नयाँ शाखा खोलेर कारोबार सुरु गरेको छ । छैटौँ शाखाका रूपमा स्थापित मनकामनाको धादिङ शाखाको गत साता बैंकका अध्यक्ष लक्ष्मणबाबु श्रेष्ठले रिबन काटेर उद्घाटन गर्नुभयो । चालू आर्थिक वर्षभित्रै १५ वटा शाखा पुर्‍याउने लक्ष्य लिएको सो बैंकले नयाँ आवको पहिलो त्रैमासिक अवधिमा एक अर्ब ९९ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी दुई अर्ब १५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ भने यस अवधिमा दुई करोड २१ लाख सञ्चालन नाफा गरेको बताइएको छ । आधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको मनकामना डेभलपमेन्ट बैंकले मनकामना प्रिपेड, डिपोजिट, महिला बचत खाता, टिनसेभरजस्ता विभिन्न योजना सञ्चालन गर्दै आएको छ भने एटीएम लकर सुविधालाई ग्राहकमुखी बनाउँदै आएको छ । बैंकले छिट्टै काठमाडौं नयाँ सडक अर्को शाखा खोल्ने जानकारी दिएको छ ।
यसैबीच मनकामना डेभलपमेन्ट बैंकले गोरखाको मनकामना उमावि र चितवन मुग्लिङको त्रिवेणी माविलाई कम्प्युटर सहयोग उपलब्ध गराएको छ । बैंकका अध्यक्ष लक्ष्मणबाबु श्रेष्ठले विद्यालयका प्रधानाध्यापकहरूलाई गत आइतबार सहयोग सामग्रीहरू हस्तान्तरण गर्नुभएको र संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यबाट प्रेरित भई सो सहयोग गरेको बैंकले जनाएको छ ।

निर्माण कम्पनीहरूलाई उपाधि
निर्माणको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कन्स्ट्रक्सन कम्पनी ‘शर्मा एण्ड कम्पनी’लाई नेपाल निर्माण व्यवसायी सङ्घले उत्कृष्ट व्यवस्थित ‘क’ वर्गको उपाधि प्रदान गरेको छ । गत साता आयोजित जगदम्बा स्टिल- एफक्यान अवार्ड – २०६७ मा महासङ्घले कार्यअनुभव, अवधि, कम्पनीसँग भएको दक्ष जनशक्ति एवम् आधुनिक उपकरणहरूको उपलब्धतालाई आधार बनाएर मूल्याङ्कन गरी सो उपाधिले सम्मानित गरेको हो । महासङ्घले व्यवस्थित ‘ख’ वर्गमा रायमाझी कन्स्ट्रक्सन, ‘ग’ वर्गमा द आनन्द निर्माण सेवा, ‘घ’ मा शिवराम कन्स्ट्रक्सन कम्पनीलाई उत्कृष्ट छनोट गरेको छ ।
यसैगरी, वर्गमा रहेका कम्पनीहरूलाई सुधार हुँदै गरेको आधारमा पनि महासङ्घले उत्कृष्ट छनोट गरेको छ । यस मापनविधिमा चितवन कोइ नेपाल ‘क’ वर्गमा परेको छ भने ‘ख’ मा आश्रय निर्माण, ‘ग’ मा रसिना एण्ड कन्स्ट्रक्सन र ‘घ’ मा घनञ्जय निर्माण सेवा परेको छ ।

विषादी भण्डार हटाउन स्थानीयवासी आन्दोलनमा
बाराको अमलेखगञ्ज गाविसमा रहेको विषादी भण्डार हटाउन अदालतले दिएको परमादेश कार्यान्वयनमा सरकारले उदासीनता देखाएपछि स्थानीय बासिन्दा चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । विषादी भण्डार हटाउन स्थानीयले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतको संयुक्त इजालसले गत कात्तिक ४ गतेभित्र हटाइसक्न सरकारलाई एक वर्षअघि नै निर्देशन दिएको थियोे । विषादीका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै जागृति मञ्च पर्साको पहलमा स्थानीय बासिन्दाहरूले सर्वोच्चमा रिट हालेका थिए ।
स्थानीय बासिन्दाले हीरामाया क्षेत्रीको संयोजकत्वमा ‘विषादीपीडित समाज’ गठन गरेर गत कात्तिकदेखि नै आन्दोलन थालेको माओवादीसम्बद्ध स्थानीय गंगा बलले बताइन् । समाजले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर चरणबद्ध आन्दोलनको कार्यक्रम सुरु गरेको हो । स्थानीय राजनीतिक दलका प्रतिनिधि र समाजसेवीसमेत संलग्न रहेको सो समाजले विषादीविरुद्ध प्रदर्शनी, प्रचारप्रसार र लोकमार्गमा चक्काजामजस्ता चेतना र दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
कृषि सामग्री संस्थानले अमलेखगञ्ज गोदाममा करिब ५० मेटि्रक टन म्याद सकिएको हानिकारक विषादी भण्डारण गरेको छ । भण्डारण गरिएको गोदाम पुरानो भएर भत्किन लागेकाले दुर्घटनासमेत हुनसक्ने त्रासका कारण अदालतको परमादेश लागू गराउन आफूहरू ज्ास्तोसुकै सङ्घर्षका कार्यक्रम अघिसार्न तयार रहेको स्थानीय कान्छा पुलामीले बताए । ‘भवन कतिबेला भत्किने हो, ठेगान छैन, यस्तो संवेदनशील कुरामा सरकार मौन रहेर जनभावनाको उपेक्षा गरेको छ, दुर्घटना भयो भने जनधनको ठूलो क्षति हुनसक्छ,’ संयोजक क्षेत्रीले भनिन् ।
संस्थानले ३५ वर्षअघि भण्डारण गरेको विषादी गाउँको बीचभागमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालय भवनसँगै जोडिएर रहेको छ । गोदामबाट फैलिएको विषादीको गन्धका कारण विद्यालयका विद्यार्थी मुरि्छत हुने र मुटु, छाला, दम र टाउकोसम्बन्धी समस्याहरू देखापर्दै आएको गुनासो स्थानीय बासिन्दाले गरेका छन् । – बसन्त खतिवडा

मुनालको साधारणसभा सम्पन्न
मुनाल बचत तथा ऋण सहकारी संस्था गोंगबुको चौथो वारि्षक साधारणसभा गोंगबुमा संस्थाका अध्यक्ष मोहनबहादुर कार्कीको सभापतित्वमा सम्पन्न भयो । संस्थाको सेयर पुँजीमा ५० लाख आठ हजार तीन सय, निक्षेप सङ्कलनमा चार करोड ५० लाख र कर्जामा चार करोड ६३ लाख लगानी गरी ४८ लाख ७५ हजार सञ्चालन मुनाफा आर्जन गरेको सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदनमा जनाइएको छ । त्यसैगरी संस्थाका प्रबन्ध-निर्देशक देवकुमार श्रेष्ठले आगामी वर्षका लागि बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । संस्थाले विभिन्न कार्यहरू जस्तै ः निक्षेप सङ्कलन तथा कर्जा लगानी, लघुवित्त कार्यक्रम, कृषि कार्यक्रम, स्वास्थ्य कार्यक्रम सदस्यहरूलाई बिमा योजना, सहकारी सुपथ मूल्य पसल, रेमिट्यान्सको कार्य गर्दै आइरहेको छ । संस्थाले क्रमिक बचत, मुद्दति बचत, मुनाल विशेष बचत, जेष्ठ सदस्य बचत, बाल खुत्रुके बचत, सदस्य अनिवार्य बचत गरी ६ प्रकारको बचत कार्यक्रम चलाएको छ । संस्थाले लक्ष्मी बैंक रेमिट, कान्तिपुर रेमिट, हिमाल रेमिट, क्यापिटल रेमिट, सिटी एक्सपे्रस रेमिट र अन्य रेमिटअर्न्तर्गत रेमिट्यान्स सेवा सञ्चालन गर्दै करिब दुई हजारभन्दा बढी कारोबारबाट रु. १० करोडभन्दा बढी रेमिट्यान्स भुक्तानी गरी संस्थाले दुई लाखभन्दा बढी सेवाशुल्क संस्थाले प्राप्त गरेको छ । साथै सेयर सदस्यहरूलाई सदस्य शिक्षा कार्यक्रम, लघुवित्त तालिम, तिज कार्यक्रम व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम, लेखा तथा बजार व्यवस्थापन गरी विभिन्न किसिमका तालिमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।
कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने चारजना सेयर सदस्य तथा महिला समूहको उत्कृष्ट दुईजनालाई विशेष पुरस्कृत गरियो । साथै आगामी वर्षदेखि सेयर सदस्य परिवारबाट एसएलसी परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गर्ने एक छात्र र एक छात्रालाई मुनाल छात्रवृत्ति कोटाबाट रु. १० हजार पुरस्कार वितरण गर्ने व्यवस्था गरिएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी सङ्घका उपाध्यक्ष विजयराम घिमिरेले मुनाल सहकारीको प्रगतिको कामना गर्दै सहकारी आजको टड्कारो आवश्यकता हो र यसले जीवनस्तर सुधार्न महत्त्वपूर्ण भूमिका खेल्ने कुरा प्रकाश पार्नुभयो । अन्य वक्ताहरूमा राष्ट्रिय बैंकका अधिकृत अशोक सिवाकोटी तथा चौधरी गु्रपका महाप्रबन्धक तथा नाडाका प्रवक्ता गोपीनाथ न्यौपानेलगायतले मुनाल सहकारीलाई शुभकामना दिँदैै सहकारीको बारेमा आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।

शिक्षा पत्रकार समूहको पूर्वाञ्चल समिति
विगत एक दशकदेखि शिक्षा पत्रकारितामा कार्यरत शिक्षा पत्रकार समूहले उपत्यकाबाहिर सङ्गठन विस्तारका क्रममा पूर्वाञ्चल क्षेत्रीय समिति गठन गरेको छ । विराटनगरमा हालै भएको समूहको भेलाले पत्रकार शिवहरि भट्टर्राई -सप्तरी)को संयोजकत्वमा नौ सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ । समितिमा कौशल चेम्जोङ -उदयपुर), मदन ढकाल -झापा), विनोद भण्डारी -मोरङ), सीता मादेम्बा -सुनसरी), सोमनाथ बास्तोला -सुनसरी), मिथिलेश यादव -सिराहा), विक्रम लुइँटेल -मोरङ) र जीतेन्द्र झा -सप्तरी) रहेका छन् ।

माओवादीका कारण सीमाक्षेत्रका नागरिकले दुःख पाए ः सद्भावना पार्टी
मतदाता परिचयपत्रसम्बन्धी सर्वोच्च अदालतको फैसलाबाट सदियौंदेखि उपेक्षित तथा विभेदको सिकार बनाइएका मधेसीका साथै अन्य कमजोर वर्गका जनता सीधै प्रभावित भएको र आफ्नै देशमा मतदान गर्ने अधिकारबाट पनि जनता वञ्चित हुनुपर्ने परिस्थिति निम्तिएको भन्दै सद्भावना पार्टीले असन्तुष्टि जनाएको छ । सर्वोच्चको आदेश देशको निर्वाचन एवम् मतदाता नामावली सङ्कलनसम्बन्धी कानुनको प्रतिकूल रहेको दाबी गर्दै सो पार्टीले आदेशको विरोधमा आगामी पुस २ गते सर्वोच्च्ा अदालतको आदेशको प्रतिलिपि जलाउने निर्णय गरेको छ । सो कार्यक्रम काठमाडांैको नयाँ बानेश्वर चोक र प्रत्येक जिल्लाका सदरमुकाममा सम्पन्न गरिने निर्णय पार्टीले गरेको प्रवक्ता रामनरेश रायले बताएका छन् । यस्तै, आगामी वर्ष सुरु हुने राष्ट्रिय जनगणनामा हिन्दी भाषालाई यथासम्भव मातृभाषा अथवा दोस्रो भाषामा समावेश गर्न राष्ट्रिय स्तरमै जनचेतना अभियान सञ्चालन गरिने सो पार्टीले निर्णय गरेकोे छ ।
अनमिनको बहिर्गमनपछि सेना समायोजन विशेष समितिको मातहतमा लडाकुहरूको रेखदेख एवम् समायोजन कार्य हुने निश्चित रहेको निष्कर्षमा पुगेको सद्भावनाले अनमिनको म्याद बढाउने पक्षमा पार्टी नरहेको स्पष्ट पार्दै सन् २०११ देखि संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा अस्थायी सदस्य चुनिएको छिमेकी मित्रराष्ट्र भारतलगायत सुरक्षा परिषद्का सबै सदस्य राष्ट्रहरूसँग नेपालको शान्तिप्रक्रियामा सहयोग पुर्‍याउन आग्रह पनि गरेको छ । यसैगरी छिमेकी भारतप्रति एकीकृत नेकपा माओवादीको रवैया ठीक नभएको ठहर सो पार्टीले गरेको छ । माओवादीले छिमेकी भारतप्रति दर्शाएको कटुतापूर्ण व्यवहारका कारण मधेस र विशेषगरी सीमाक्षेत्रका जनताको दैनिक जीवनयापन नै कष्टसाध्य बन्न पुगेकोले माओवादीलाई सच्चिन सद्भावना पार्टीले आग्रह गरेको छ । भारतीय लगानीबाट चलिरहेको उद्योगमाथि आक्रमण गर्ने, भारतीय सहयोगबाट सञ्चालित विकास आयोजनामाथि मात्र नभई भारतीय राजदूतमाथि दर्ुर्व्यवहार गर्ने, भारतीय माओवादीलाई सैन्य तालिम दिने र भारतलाई प्रधान शत्रु मानेर मित्रराष्ट्रप्रति अनास्था जगाउने काम गरेको भन्दै सद्भावनाले माओवादी पार्टीको भत्र्सना गरेको छ ।

सहज यात्राको माग
काठमाडौं, मङ्सिर २६ गते, राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घ नेपालको आयोजनामा यातायात सबैका लागि अपाङ्गमैत्री सार्वजनिक यातायात प्रवर्द्धनका लागि अभियान कार्यक्रममार्फत यातायात व्यवस्था विभाग र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घमा ज्ञापनपत्र बुझाउने कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा नेपाल नेत्रहीन सङ्घका अध्यक्ष नरबहादुर लिम्बूले यातायातले दृष्टिविहीन भएका व्यक्तिहरूलाई अनिवार्य रूपमा रोकेर यात्रा गराउनुपर्नेमा जोड दिनुभयो । बौद्धिक अपाङ्ग र अभिभावकहरूको राष्ट्रिय सङ्घका महासचिव मुकुन्द दाहालले सार्वजनिक यातायातले अपाङ्गता भएका व्यक्तिहरूलाई सहज तरिकाले यात्रा गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले यातायातका मजदुरहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई यात्रा गर्दा दर्ुर्व्यवहार गरेको हुनाले उनीहरूलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सचेतना तालिम आवश्यक परेको बताउनुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरूलाई यातायातमा सहज तरिकाले यात्रा नगराइएमा बाध्य भएर यातायात बन्द गर्ने बताउनुभयो । सुस्त मनस्थिति अभिभावक सङ्घका अध्यक्ष पुष्कल गजुरेलले सवारी साधनमा तोकेको आरक्षण सिट कार्यान्वयन नभएको हुनाले नेपाल यातायात व्यवसायी महासङ्घले बेलैमा सरोकारवालहरूसँग गम्भीर छलफल गरेर सही निष्कर्ष निकाल्नुपर्नेमा जोड दिनभयो । बहिरा, दृष्टिविहीन अभिभावक समाजका अध्यक्ष मीना शाहीले बहिरा तथा दृष्टिविहीन भएका अभिभावकलाई आरक्षण सिटमा अनिवार्य रूपमा सहज तरिकाले यात्रा गराउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल अपाङ्ग मानवअधिकार केन्द्रका सदस्य दीपेन्द्र शाक्यले अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई आरक्षण सिट नदिइएकोमा कडा शब्दमा आपत्ति व्यक्त गर्नुभयो । उहाँले यातायातमा ह्वेलचेयर जाने खालको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष टेकनाथ नेउपानेले अपाङ्गता भएका व्यक्तिहरूलाई सहजखालको अपाङ्गमन्त्री यात्रा गराउनुपर्ने माग राख्नुभयो । उहाँले विगत वर्षमा नेपाल यातायात व्यवसायी महासङ्घ, नेपाल नेत्रहीन सङ्घ र राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालबीच सम्झौता भए तापनि अपाङ्गता भएका व्यक्तिहरूका लागि यातायातमा सहज यात्रा नभएकोमा आक्रोश व्यक्त गर्नुभयो । अपाङ्ग महिला सभासद् इन्द्रमाया गुरुङले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले अपाङ्गता भएका व्यक्तिका बारेमा मजदुरहरूलाई कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल यातायात व्यवसायी महासङ्घका कोषाध्यक्ष ऋषिकेष घिमिरेले अपाङ्गता भएका व्यक्तिहरू अरूसरह भएकाले उनीहरूका लागि अपाङ्गमैत्री यातायातमा सहज तरिकाले यात्रा गर्नुपर्छ भनेर आरक्षण सिटका लागि यातायात व्यवस्था विभागसँग सहकार्य गरेर अगाडि बढ्दै गएको बताउनुभयो । उहाँले अपाङ्गतामैत्री यातायातको निम्ति लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा ज्ञापनपत्र राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घका सचिव सजय वान्तावाले पढेर सुनाउनुभयो । कार्यक्रम सञ्चालक राष्ट्रिय शारीरिक अपाङ्ग सङ्घ नेपालका उपाध्यक्ष किरण शिल्पाकारले गर्नुभएको थियो । कार्यक्रममा सयजना अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो । -शशिबाबु पौडेल