एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनैपनि हालतमा पार्टी एकता नरोकिने बताएकाछन् । राजधानीमा आयोजित एक कार्यक्रममा यस्तो तर्क गरिएका हुन् ।
कार्यक्रममा दाहालले निर्वाचनअघि नै एमाले र माओवादी पार्टी एक हुने भन्ने कुरा निर्वाचन भाँड्न चाहने तत्वले फैलाएको तर्क गर्दै उनले चुनावपछि मात्र पार्टी एकता गर्ने भनी पहिले नै टुंगिएको विषय भन्दै प्रस्ट्याए । अब दुई पार्टीबीचको एकतालाई आफूहरु (प्रचण्ड र ओली) ले चाहेर पनि रोक्न नसक्ने दाबी गरे ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले सरकार निर्वाचन रोक्न या सार्न सकिन्छ कि भनी विभिन्न छिर्के दाउमा लागेको आरोप लगाए । अब यो चुनाव कुनै हालतमा रोकिन नसक्ने भन्दै उनले कसैले रोकेमा अकल्पनीय परिस्थिति भोग्न तयार रहन चेतावनी दिए ।
यो पनि पढ्नुहोस् :
विप्लवलाई ‘शिखण्डी’ भन्दै ओलीले भने, ‘कुन बाटोमा हिँड्यौ विप्लव, कुन गन्तव्यमा पुग्ने हो ?’
प्रतिक्रिया