तीन ट्राफिक प्रहरी घसुसहित पक्राउ

तीन ट्राफिक प्रहरी घसुसहित पक्राउ


सवारी चालकसँग घुस लिएको आरोपमा तीनजना ट्राफिक प्रहरी रंगेहात पक्राउ परेका छन् । घुस लिदै गर्दा पक्राउ पर्नेहरुमा चुणामणि पोखरेल, जवानद्वय रणबहादुर माल र जालन्धर बास्तोला रहेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आरोपमा संलग्न एक असई र दुई जवानलाई बुधबार नै निलम्बन पनि गरेको गरेको हो ।

थानकोट तथा नागढुंगा क्षेत्रमा कार्यरत ट्राफिक प्रहरीविरुद्ध उजुरी आएपछि ट्राफिक प्रहरी महाशाखाका डिआइजी सर्वेन्द्र खनालले महाशाखामा सादा पोशाकमा छड्के पठाएका थिए ।

त्यस क्रममा चालकसँग लिएको घुस रकमसहित उनीहरु पक्राउ परेका थिए । महाशाखाले निलम्बन गरी उनीहरुमाथि कारवाही अघि बढाएको छ ।

यो घटनापछि नागढुंगा र थानकोट प्रभागमा कार्यरत सबै ट्राफिक प्रहरीलाई महाशाखाले तानेको छ ।

इन्चार्जसहित नागढुंगामा कार्यरत १६ र थानकोटमा कार्यरत १५ जनालाई महाशाखामा सरुवा गरिएको खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।