एनआइसी एसिया बैंकबाट स्थानान्तरण गरिएको ७ करोड फिर्ता

एनआइसी एसिया बैंकबाट स्थानान्तरण गरिएको ७ करोड फिर्ता


तिहारको लक्ष्मी पूजाको दिनमा एनआइसी एसिया बैंकको ‘स्विफ्ट कोड’ ह्याक गरी स्थानान्तरण गरिएको ४५ करोडमध्ये ७ करेड फिर्ता गरिएको छ ।

बैंकको विभिन्न देशमा रहेको खाताबाट स्थानान्तरण गरिएको रकम फर्काउने क्रम जारी रहेको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । उनका अनुसार बाँकी रकममध्ये ११ करोडबाहेक अरु रकम स्थानान्तरण हुनबाट जोगिएको छ ।

राष्ट्र बैंकका अनुसार ह्याकरहरुले ४५ करोड रुपैयाँ स्विफ्ट गर्न निर्देशन पठाए पनि ११ करोडभन्दा बढी रकम स्थानान्तरण नभइसकेकाले जोगिएको हो ।

एनआइसी बैंकले भने पुरानो सर्भर डाउन गरेका कारण कति रकम चोरियो भन्नेबारे अझै स्पष्ट आँकडा आउन नसकेको जानकारी दिएको समाचार नागरिक दैनिकमा छ ।

हाल ‘स्विफ्ट कोड’ प्रणाली विश्वका २ सय देशका ११ हजार संस्थाले प्रयोग गर्दछन् ।