श्वेताले अमेरिकाको भिसा नपाउँदा श्रीकृष्ण खुत्रुक्क

श्वेताले अमेरिकाको भिसा नपाउँदा श्रीकृष्ण खुत्रुक्क


-राजन घिमिरे
‘कहाँ भेटिएला’ नामक एउटै सिनेमाबाट चर्चामा आइन् अभिनेत्री श्वेता खड्का । उनको वास्तविक नाम भने रञ्जना खड्का हो । सिनेमा क्षेत्रमा आउनासाथ अन्य नायिकाहरूजस्तै उनलाई पनि नाम फर्ेर्ने रोगले सतायो । यिनै नवप्रवेशी श्वेतालाई दह्रोसँग साथ दिए पुराना अभिनेता श्रीकृष्ण श्रेष्ठले । आजसम्म श्रीकृष्णले अभिनय गरेका कुनै पनि चलचित्रले त्यसरी अचम्मैलाग्दो व्यवसाय गरेको रर्ेकर्ड थिएन, तर ‘कहाँ भेटिएला’ले भने गजबकै सफलता हात पार्‍यो । यो सफलतासँगै हालसम्म ‘कुमार’ रहेका श्रीकृष्ण र कुमारी ‘श्वेता’बीचको सम्बन्ध विवाहमा परिणत होस् भन्नेसम्मको कामना दर्शकहरूले पनि गर्न थाले ।
त्यसो त हरेक कार्यक्रममा श्रीकृष्ण र श्वेतालाई एकसाथ भेट्ने दर्शक अनि चलचित्रकर्मीहरूमा यस्तो सोच आउनु अचम्मलाग्दो कुरा भने थिएन । यता श्वेतालाई आफ्नो चलचित्रमा खेलाउन उनीसमक्ष अफर गर्न गएकाहरूलाई पनि श्वेताले- ‘श्रीदाइलाई सोध्नुपर्छ’ भनेर भनेपछि झनै श्रीकृष्ण र श्वेताबीचको सम्बन्ध गाढा भएर अगाडि बढेको सहजै अनुमान लगाउन सकिन्छ तर पनि मिडियाहरूसमक्ष भने दुवै खुलेर कुरा गर्न सक्दैनन् । यता श्वेतालाई सहयोग मात्र गरेको भन्ने उता चलचित्रको पर््रदर्शनमा श्वेतालाई साथ लिएर कहिले लण्डन त कहिले अस्टे्रलिया पुग्ने श्रीकृष्णको दोहोरो व्यवहार देख्दा सबै अचम्म मान्छन् । भन्नेहरूले भन्न थालेका छन्, ‘प्यार किया त डरना क्या -‘
आफ्ना हरेक क्रियाकलापमा अनि विदेशको सयरमा श्वेतालाई कहीँ पनि नछुटाउने र आफूलाई अफर आएका सिनेमामा नायिकाको रूपमा ‘श्वेतालाई खेलाउनुस् है’ भनेर निर्माता/निर्देशकसँग आग्रह गर्ने श्रीकृष्ण र श्वेताबीच भोलि विवाह नै भयो भने अचम्म मान्नुपर्ने अवस्था छैन ।
यतिसम्मको अवस्था आइपुग्दा पनि श्रीकृष्ण भने ‘श्वेतालाई सपोर्ट मात्र गरेको हुँ’ भन्दै सम्बन्ध लुकाउने प्रयत्न गर्छन् । चलचित्र ‘कहाँ भेटिएला’ पर््रदर्शनको निहुँमा श्वेतालाई विश्वका अधिकांश मुलुक घुमाउने श्रीकृष्णको योजना भने गत साता तुहिन पुगेको छ । तीसौं वर्ष कलाकारितामा लाग्दा काठमाडौंबाहिर पनि राम्ररी घुम्न नपाएका कलाकाहरूको सङ्ख्या लामै छ तर जम्मा एउटा फिल्म खेलेको भरमा अनि आफ्नै क्षमता र प्रतिभाले गर्दा होइन कि मिडियाका कारण चर्चामा आएकी श्वेतालाई लण्डन र अस्टे्रलिया घुमाए श्रीकृष्णले । तथापि, यसैबीच श्वेतालाई अमेरिकाको सयर गराउने उनको योजना भने विफल भएको छ ।
अमेरिकाका विभिन्न सहरहरूमा चलचित्र कहाँ भेटिएला देखाउनका लागि अर्का नायक शिव श्रेष्ठको साथमा श्रीकृष्ण र श्वेता पनि जाने योजना थियो तर सिनेमा रिलिजका लागि नायिका अमेरिका प्रस्थान औचित्यहीन भन्दै ‘श्वेतालाई भिसा नदिँदा पनि सिनेमाको पर््रदर्शनमा खासै असर नपर्ने’ सुझावका साथ अमेरिकी दूतावासले शिव श्रेष्ठ र श्रीकृष्णलाई मात्र भिसा दियो, श्वेतालाई दिएन । एउटै सिनेमामा काम गरेको बहानामा अमेरिका छिर्न खोज्ने श्वेताको योजना विफल भएपछि श्रीकृष्ण पनि जिल्ल परेका छन् । श्वेताको साथमा अमेरिका घुम्ने श्रीकृष्ण अब एक्लै अमेरिका जान्छन् कि जाँदैनन् – त्यो भने हर्ेन बाँकी छ ।

दंगदास सुमन
कुनै समय ‘लबर व्वाय’ को भूमिकामा मात्र अनुबन्धित हुने नायक सुमन सिंहको माग यतिबेला अन्य भूमिकाहरूका निमित्त पनि ह्वात्तै बढ्न थालेको छ । केही समयअगाडि दर्शक माझ आएको एक्सनप्रधान चलचित्र ‘रणसङ्ग्राम’को व्यावसायिक सफलतापछि निर्माताहरूमा विश्वास बढ्यो कि अब सुमन अन्य भूमिकामा पनि फिट हुनेछन् ।
‘रणसङ्ग्राम खेल्दा मलाई धेरैले तँ एक्सन भूमिकामा टिक्न सक्दैनस् नखेल पनि भने, रणसङ्ग्राम खेल्नका लागि मैले अन्य फिल्म पनि छाडेको थिएँ, तर आज रणसङ्ग्रामकै कारण अन्य चरित्र पनि पाउन थालेको छु,’ सुमनले भने । उनका अनुसार त्यतिबेलाको निर्णय ठीकै रहेछ ।
सुमन यतिबेला नयाँ-नयाँ चलचित्रहरूको काममा मात्र व्यस्त छैनन् कि उनले अभिनय गरेका सिनेमाहरूमध्ये अधिकांश सिनेमा पर््रदर्शनका लागि तयार पनि भएका छन् । आफूले अभिनय गरेका सिनेमाहरू एकपछि अर्को फटाफट पर््रदर्शनमा आउँदा यतिबेला सुमन कम दङ्ग छैनन् । ‘आफूले गरेको मिहिनेत बजारमा चाँडै आउँदा को खुसी हुँदैन र -‘ उनको सटिक जवाफ छ । सुमनका चार चलचित्र स्वाभिमान, द गेम, खुसी र बन्दी अब एकसाथ पर््रदर्शनमा आउन लागेका छन् । यी चारै चलचित्रमा आफ्नो अलगअलग भूमिका रहेको र आफूलाई मन पराउने दर्शकहरूले यी चारै चलचित्रमा फरक स्वाद पाउने दाबी सुमनको रहेको छ ।

कथावाचक समाज र्सार्वजनिक
नेपाली बालसाहित्य तथा कथावाचनलाई पर््रवर्द्धन गर्ने हेतुले कथावाचक समाज नामको संस्था स्थापना भएको छ । समाजको औपचारिक शुभारम्भ गरिएको कार्यक्रममा समाजले कथावाचनका अतिरिक्त बालचित्रकला प्रतियोगिता तथा पुस्तक विमोचन पनि गर्‍यो । कथावाचक तथा बालसाहित्यकार ध्रुव घिमिरेको अध्यक्षतामा कथावाचक समाज गठन गरिएको कार्यक्रममा जानकारी दिइयो । संस्थाको उपाध्यक्षमा कृष्ण शाह यात्री, महासचिवमा कृष्णदीप सिग्देल, सचिवमा यशु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्रभक्त जोशी, तथा सदस्यहरूमा जनार्दन बराल, भीष्म केसी, शौरभकिरण श्रेष्ठ तथा मेनुका र्राई छन् । कार्यक्रम प्रा.डा. चूडामणि बन्धुको प्रमुख आतिथ्यमा भएको थियो । प्रमुख अतिथि बन्धुले ‘राति सुत्ने बेलामा बालबालिकालाई कथा सुनाउने हाम्रो मौलिक परम्परा हो तर अहिले त्यो परम्परा बिस्तारै लोप हुँदै छ, त्यो परम्पराको संरक्षण गर्नका लागि कथावाचक समाजले महत्त्वपूर्ण योगदान दिन सक्छ’ भन्नुभयो । कार्यक्रममा गोरखापत्र संस्थानका अध्यक्ष तथा बालसाहित्यकार विजय चालिसे, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव तथा वरिष्ठ कलाकार केके कर्माचार्य, नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरू प्रा.डा. महादेव अवस्थी र सुलोचना मानन्धर, पुराना कथावाचक कुवेर गर्तौला, एस्फोडेल पब्लिक स्कुलका प्रिन्सिपल वीरेन्द्रप्रकाश श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो भने यशु श्रेष्ठमा दर्ुइवटा बालकथासङ्ग्रह पुलगाडी र जलपरीको जुक्तिसमेत र्सार्वजनिक गरिएको सो कार्यक्रममा संस्थाद्वारा आयोजित चित्रकला प्रतियोगितामा पुरस्कृत बालबालिकालाई पुरस्कार वितरण गरिएको थियो ।