सबैले समातिरहने, हिन्दूले मात्र छोड्नुपर्ने ?-दीर्घराज प्रर्साईं

सबैले समातिरहने, हिन्दूले मात्र छोड्नुपर्ने ?-दीर्घराज प्रर्साईं


नेपालमा धर्मनिरपेक्षता, गणतन्त्र र सङ्घीयता † यो कसको एजेण्डा हो ? अर्काको एजेण्डालाई बोकेर काङ्ग्रेस, एमाले, माओवादीका केही नेताहरू लोकतन्त्रको मुखुण्डो लगाएर नेपालको पहिचान ध्वस्त बनाउन सक्रिय छन् । नेपाली काङ्ग्रेसको २०६७ असोजमा सम्पन्न १२औँ महाधिवेशनले पनि उक्त एजेण्डाहरूमा कुनै फेरबदल नगरेर ठूलो गल्ती गरेको छ । नेपालको पहिचान गुम्न लाग्दा नेपाली जनता र विश्वभर छरिएर रहेका हिन्दूहरू अत्यन्त चिन्तित छन् । नेपालमा राजसंस्था र हिन्दू तथा बौद्ध अधिराज्य नेपालको स्वाभिमान र सार्वभौमसत्तासँग गाँसिएको छ । नेपाल हिन्दू तथा बौद्धको आधिकारिक थलो हो । यसको आफ्नै इतिहास र परम्परा छ । यस्तो गौरवमय राष्ट्रको अस्मिता र पहिचान समाप्त पार्न खोज्नेहरूविरुद्ध सारा शक्ति उठ्नुपर्ने अवस्था छ ।
ख्याल रहोस्, कि सन् १६६९ अप्रिलतिर औरंगजेवले प्रथम लिच्छवि राजा विक्रमादित्यले कासीको समेत राजा भई स्थापना गरेको बनारसस्थित विश्वनाथको मन्दिर ध्वस्त बनाएका थिए । विश्वनाथको मन्दिर ध्वस्त भएको खबरले काठमाडौंका राजा प्रताप मल्ल पनि साहै्र चिन्तित भए । यस चिन्ताबाट आफू र यसक्षेत्रका हिन्दूहरूलाई ढाडस दिलाउन प्रताप मल्लले रानीपोखरी निर्माण गरी बीचमा एक शिवालय स्थापित गरेर ‘विश्वनाथ कासी छोडी रानीपोखरीको तटमा रहने छन्’ भनेर कविता लेखेका थिए । त्यसताका मुगल-सम्राज्य पूरि्णया जिल्लासम्म फैलिँदै आएको थियो । त्यसको उत्तरतर्फ हिन्दूपति सेनवंशी राजाहरूको राज्य, मोरङदेखि टिष्टासम्म र मकवानपुरसम्म जमेको थियो । सेनवंशी राज्यका यी सबै भूमि एघारौं शताब्दीमा नान्यदेवले स्थापित गरेका राज्य थिए । मुसलमान आक्रमणबाट स्रि्रौनगढमा पराजित भई नान्यदेवका अन्तिम सन्तान हरिसिंह देव देश छोडी सन् १३२४ तिर काठमाडौंं आएपछि नान्यदेवको राज्य अनेकौं साना रजौटामा विभाजित भयो, यी राज्य र पूर्वका पहाडमा समेत सेनहरूले शासन गरी आएका थिए । पछि यी सबै हिन्दूराज्यहरू पृथ्वीनारायण शाहले विशाल नेपालको एकीकरणमा एकीकृत भएका थिए ।
वि.सं. १७१५ मा औरंगजेव सिंहसानमा बसेदेखि नै हिन्दूहरूप्रति नकारात्मक थिए । औरंगजेवले वि.संं. १७२६ मा भत्काएको विश्वनाथ मन्दिरको जीर्णोद्धार नभइरहेको अवस्थामै वि.सं. १८०० मा पृथ्वीनारायण शाहबाट बनारसको भ्रमण हुँदा विश्वनाथ मन्दिरको बीभत्स दृश्य देखेर अत्यन्त दुखित भए । यसबाट उनलाई हिन्दू अस्मिता र हिन्दू राज्यहरूको संरक्षण गर्नुपर्ने आवश्यकता सुझेको र यसका लागि प्रेरणा मिलेको थियो । पूर्वमा ब्रह्मपुत्र, पश्चिममा गडवालसम्म नेपालीभाषा चलनचल्तीमा आइसकेको र हिन्दू अस्मिता बचाउन र त्यस क्षेत्रका जनताबाट सहयोग पुग्न गएकाले पनि पृथ्वीनारायण शाहलाई विशाल नेपालको एकीकरणमा सजिलो हुन गएको थियो । भारत वर्षमा २५ राज्यहरू थिए । अहिलेको हिन्दुस्थानको अस्तित्व देखिनुभन्दा पहिला पृथ्वीनारायण शाहले यो भूमि ‘असली हिन्दुस्थान’ भनेका थिए ।
इतिहासकार र्सर्ूयविक्रम ज्ञवाली लेख्छन्, ‘पृथ्वीनारायण शाहले हिन्दुस्थान भनेको हिन्दूहरूको देशलाई बुझाउँदछ । सार्वभौमसत्ता सम्पन्न हिन्दूराज्यको गौरव उनको एकीकृत नेपाल अधिराज्य नै थियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहद्वारा स्थापित स्वतन्त्र हिन्दूराज्यको अस्मिता र गौरवमय परम्परालाई निन्तरता दिलाउन राजा महेन्र्दबाट संवैधानिक रूपमा नेपाललाई हिन्दूराज्य घोषित गरिएको हो ।’ वि.सं. १९१० मा बनेको मुलुकी ऐनमा उल्लेख भएको ‘हिन्दूराज गोहत्या नहत्या, स्त्रीहत्या ब्रह्महत्या नहत्या, यस्तो दरबार हिमवतखण्ड वासुकी क्षेत्र आर्यातर्ीथ ज्योतिर्गमय पशुपति लिङ्ग श्री गुह्येश्वरी पीठ यस्तो पुन्यभूमि छँदाछँदै हिन्दूको राज यही मुलुकमा मात्रै छ’ भन्ने कुराले पनि हिन्दू अधिराज्यको स्वरूप स्वघोषित गर्छ । तर, अहिले त्यही गौमातालाई यहीँका कपुतहरूले राष्ट्रिय जनावरबाट हटाउने पहल गरेका छन् । नेपालको आफ्नै गौरवको स्मरण गर्दै एमालेको नौमहिने शासनकालमा कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीले भारत भ्रमणको अवसरमा बनारस हिन्दू विश्वविद्यालयको कार्यक्रममा बोलेका थिए, ‘नेपाल हिन्दू अधिराज्य घोषित भएकोमा आत्मगौरव भएको छ ।’ यस्तो गौरवमय मान्यतालाई तहसनहस गर्न खोज्नु एमालेका नेताहरूको पाखण्डीपन हो । यिनीहरूले भाँड मच्चाउन खोजेको धर्मनिरपेक्षताको विरुद्धमा लड्न नेपाली जनता एकजुट हुनुपर्ने अवस्था छ ।
विश्वमा १९९ राष्ट्रमध्ये सयजति राष्ट्रहरू धर्मसापेक्ष छन् । बाँकी राष्ट्रहरू पनि कुनै न कुनै प्रकारले क्रिश्चियन वा मुस्लिम प्रभावमा छन् । नेपाल विश्वमा एकमात्र हिन्दूराष्ट्रको रूपमा रहनु नेपालको पहिचान मात्र नभएर संसार भरका हिन्दूहरूको गौरवको कुरा हो । विश्वमा भारतखण्ड र हिमवतखण्ड-नेपाल हिन्दू र बौद्धको आधिकारिक थलो हो । हिन्दू अधिराज्य घोषित नहुँदाको अवस्थामा पनि यसक्षेत्रको प्रकृति स्वतः हिन्दू राज्यहरूसरह मानिन्थ्यो । दोस्रो विश्वयुद्धदेखि विश्वका राष्ट्रहरूले आ-आफ्नो पहिचान बोकेर राष्ट्रवादी धार पक्रन थालेकाले नेपालको पहिचानका लागि नेपाललाई हिन्दू अधिराज्य घोषित गरिएको हो । विश्वमा एकमात्र यहुदी राष्ट्रको रूपमा इजरायल छ त्यसको हामी सम्मान गर्र्छौं । तर, यहुदी-राष्ट्रजस्तो कट्टर र अनुदारवादी हिन्दू राष्ट्रमा हुन्न । नेपाल हिन्दू राष्ट्र घोषित भए तापनि धर्मनिरपेक्ष राष्ट्रहरूभन्दा उदार एवम् यति सहिष्णु छ कि अन्य धर्मप्रति आक्रामक छैन । नेपालमा अन्य धर्महरू आफ्नो संस्कार र परम्पराअनुसार चल्न कहीँबाट रोकटोक छैन । अनेकौं प्रलोभन दिएर नेपालमा धर्म परिवर्तन गराउने कुरालाईचाहिँ नेपालीहरू सहँदैनन् । राजदरबारअगाडि ठूलाठूला मस्जिदहरूको निर्माणमा यहाँका राजाहरूले स्वीकृती दिएको यसको ताजा उदाहरण हो ।
अमेरिकाजस्तो महाशक्ति प्रजातान्त्रिक राष्ट्रमा क्याथोलिकबाहेक क्रिश्चियन वा यहुदी राष्ट्रपति बन्न पाउँदैन । अमेरिकाका राष्ट्रपति र प्रधानन्यायाधीसले संविधानको शपथ नलिएर बाइबलको शपथ लिन्छन् । त्यहाँका चर्चहरू राजनीति र शिक्षामा रुचि राख्छन् र विदेशमा धर्म प्रचार गर्न अर्बौं डलर खर्च गर्न सक्रिय छन् । माल्दिभ्स र साउदी अरबमा मुसलमान मात्र त्यहाँको नागरिक हुन्छन् । इजराइलमा केही अपवादबाहेक यहुदी मात्र त्यहाँको नागरिक हुन पाउँछन् । इस्लामिक राष्ट्रहरूमा हिन्दूको कुनै पनि पहिचान टिक्न दिइँदैन । विश्वको सातौं आर्श्चर्यमध्ये चीनको विशाल पर्खालको पश्चिमी द्वारमा चौध फुट लामो संस्कृत मन्त्र रहेको र यो मंत्रलाई मङ्गोल सम्राट कुब्ला खाँले चौधौँ शताब्धीमा ‘ç नमोभगवते ..’ आदि लेखिएको छ । चीनको ग्रेटवालको ढोकाहरूमा महाभारतका श्लोकहरू संस्कृत भाषाका कलापूर्ण अक्षरमा लेखिएका छन् । इरानको पारसी पोलिस नगरमा इशाभन्दा ४८६ वर्ष पुरानो दारा हस्तास्पको स्मारकको शिलालेखमा ‘हिन्दू’ र ‘हिन्दस’ दुवै उल्लेख छ । उसबेलामा व्यास ऋषिले ‘म हिन्दू देशमा जन्मिएको सच्चा हिन्दू हुँ’ भनेको कुरा इरानको पार्सी ग्रन्थ सातिरमा उल्लेख छ ।
राष्ट्रको सुरक्षा र पहिचानका लागि नेपाललाई हिन्दू तथा बौद्ध राष्ट्रको र्समर्थन जनाउनुपर्ने अवस्थामा राजाबाट ब्युँताएको संसद्बाट ०६४ जेठ ४ गते राजसंस्थाको तेजोबध गर्ने अनेकौँ राष्ट्रघाती प्रस्ताव ल्याउँदै नेपाललाई धर्मनिरपेक्ष राज्य घोषित गर्नु यो ठूलो अपराध हो । सच्चा नेपाली नागरिक चाहे क्रिश्चियन वा मुस्लिम जो होस् उसले पनि नेपालको सुरक्षा र धार्मिक सहिष्णुताका लागि हिन्दू अधिराज्यको पूर्ण र्समर्थन गर्नुपर्छ । किनकि हिन्दू अधिराज्यले अन्य धर्महरूको पनि सम्मान गर्ने गर्छ । जनमत सङ्ग्रहमा जाने हो भने दुईतिहाइभन्दा बढी मत हिन्दू अधिराज्यको पक्षमा रहन्छ । युरोपका कुनै पनि राष्ट्र धार्मिक कट्टरताबाट मुक्त हुन सकेका छैनन् भने विश्वभरमा सांस्कृतिक सम्पदाको धनी राष्ट्र नेपालले चाहिँ आफ्नो धर्म, संस्कृति नष्ट गरेर धर्मनिरपेक्ष राज्यको र्समर्थक बन्नुपर्ने – भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवानीले भनेका छन्, ‘संसारको एक मात्र हिन्दू राष्ट्रको पहिचानको रूपमा रहेको नेपालकोे राजसंस्था स्थायित्वको स्रोत र एकताको अलौकिक प्रतीकको रूपमा रहेको छ ।’ उनले यो कुरा बारम्बार बोल्दै आएका छन् ।
वैदिक हिन्दू सनातन धर्म र संस्कृतिलाई ऋषिमहरि्षहरूको ‘कृण्वन्तो विश्वमार्यम्’ विश्वलाई सभ्य बनाऔँ भन्ने सिद्धान्तलाई विश्वव्यापी बनाउँदै विश्वभरमा हिन्दर्ूधर्मको दर्शन फैलाएका हुन् । अरू धर्म त धेरै पछि जन्मिएका हुन् । तर, आज यिनै मूल्य र मान्यतालाई समाप्त पार्न यहीँका कपुतहरू लागेका छन् । क्रिश्चियनहरूले क्रस र चर्च नछोड्ने, यहुदीले षड्कोण नछोड्ने, मुसलमानले नमाज, मस्जिद र काबा नछोड्ने अनि किन हिन्दू र बौद्धले चाहिँ आफ्नो पहिचान ‘ओम नमः शिवाय’ र ‘ओम मणि पद्मे हुम्’ छोड्दै जाने – यो कस्तो स्वतन्त्रता हो, कस्तो न्याय हो – दलका नेताहरूले आफूखुसी बनाएको अन्तरिम संविधान, अन्तरिम संसद् र यो मन्त्रिपरिषद्को कुनै वैधानिक आधार छैन । यिनीहरू ठग हुन् । यिनीहरूबाट देशले कुनै निकास पाउँदैन । २०४७ सालको संविधानको वैधानिकता समाप्त भएको छैन । ०४७ सालकै संविधानमा टेकेर राजाको उपस्थितिमा देशलाई निकाश दिलाउने बाटामा लागौँ ।