पत्रकार अहिराजको पक्राउपछि निम्तिएको प्रश्न

पत्रकार अहिराजको पक्राउपछि निम्तिएको प्रश्न


-वीरेन्द्र केएम
जनतान्त्रिक तराई मुक्तिमोर्चासँग साँठगाँठ गरी राज्यविरुद्धको अपराध गर्दै आएको आरोपमा मधेशवाणी साप्ताहिकका सम्पादक राजेश झा ‘अहिराज’लाई प्रहरीले पक्राउ गरेपछि पत्रकारिता जगत्मा विभिन्न प्रश्नहरू उठेका छन् । झा अहिराजमाथि लागेको अभियोग यथार्थ सावित हुन्छ वा गलत, अदालती फैसलापछि मात्र भन्न सकिएला, तर यस अवस्थामा विभिन्न खालका अनुत्तरित प्रश्नहरू उब्जिनु अस्वाभाविक छैन ।
यस सर्न्दर्भमा पत्रकार ऋषि धमला, रामशुभक महतो र पङ्क्तिकार स्वयम्ले भोग्नुपरेको प्रसङ्ग पनि पुनः बौरिएको छ, यो पनि अस्वाभाविक नहोला । केही दिनअगाडि वर्तमान सरकारका एक मन्त्री राजेन्द्र महतो जनकपुर पुग्दा स्थानीय पत्रकारहरूले हाम्रो नाम औपचारिक रूपमै उच्चारण गर्दै अहिराजको प्रक्राउ प्रसङ्गसँग जोडे र मन्त्री महतोले तत्कालीन अवस्थामा ‘केएम’हरूको मुद्दा न्ाौ महिना समय लिएर छानबिन भएपछि उनीहरू ‘निर्दोष’ देखिएकोले मात्र आफूहरूले रिहा गराउन पूर्ण रूपमा प्रयास गरेको बताए । गत सोमबार मात्र राजधानीमा आयोजित कार्यक्रममा एक पत्रकार साथीले पङ्क्तिकारको नाम उल्लेख गर्दै मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादवसमक्ष प्रश्न तेर्स्याउँदा यादवले मञ्चबाट उठेर मन्त्री महतोकै आसयमा जवाफ दिए । तर, गहिरिएर हर्ेर्नुपर्छ, त्यतिखेर प्रस्ट हुन्छ कि हाम्रो र अहिराजको प्रसङ्ग फरक छ । अहिराजलाई याद होला कि जतिबेला उहाँ पत्रिका दर्ता गर्न सम्बन्धित प्रशासन कार्यालयमा जानुभएको थियो त्यतिखेर राष्ट्रियता र राष्ट्रिय अखण्डताप्रति संवेदनशील हुनुपर्ने आशयमा सचेत गराएको थियो होला । यस आधारमा भन्नुपर्दा उहाँले आफ्नो पत्रिकामा विज्ञापन प्रकाशित गर्नु सरासर गलत हो र राज्यविरुद्धको अपराध पनि हो यो । तर, यता राज्यमा सूचना विभाग, प्रेस काउन्सिल हुँदाहुँदै पनि प्रहरीले मनमौजी तरिकाबाट एउटा सञ्चारकर्मीलाई सीधै प्रक्राउ गरेको छ, यो पनि कानुनसम्मत पक्कै छैन ।
अहिले एकथरीले सुरक्षा निकायले एकपटक पुनः नेपाली प्रेसजगत्मा दादागिरी जमाउन खोजेको छ भन्ने हौवा फैलाउन खोजेको देखिएको छ भने अर्काथरीबाट अहिराजले प्रायः सम्पूर्ण मधेसवादी दलहरूसँग सम्बन्ध बिगारेका कारण उनले कतैबाट राजनीतिक सहयोग पाउन नसकेको हुनसक्ने अड्कलसमेत लगाइएको छ । यता अहिराज कार्यरत भनिएको उपराष्ट्रपतिको भत्र्सनापूर्ण विज्ञप्ति सार्वजनिक हुनु अनि पत्रकार महासङ्घलगायत सञ्चारजगत्सँग सम्बद्ध अन्य सङ्घसंस्थाहरू मौन रहनुले ‘दाल मे कुछ काला है’ भन्ने प्रश्न पनि उब्जाएको छ ।
हुन त प्रेसजगत्लाई हेर्ने अधिकार पाएको प्रेस काउन्सिलको अधिकार खोसेर नेपाल प्रहरीले नेपाली प्रेसजगत्माथि ठाडो हस्तक्षेप गर्नु निन्दनीय छ, यसलाई प्रेसमाथिको ठाडो हस्तक्षेपकै रूपमा चित्रित गर्न मिल्छ । अर्को सोचनीय प्रश्न यो पनि छ कि प्रेस भन्दैमा कानुनभन्दा माथि त हुन सक्दैन । यस अवस्थामा प्रेसमाथि भएको प्रहरी-प्रशासनको यस कार्यप्रति विभिन्न सङ्घसंस्थाको ध्यानाकर्षण भएको छ । यस घटनाको सम्बन्धमा नेपाल पत्रकार महासङ्घले विभिन्न छलफल गरिरहेको बुझिन्छ । घटनाको आवश्यक अनुसन्धान हुनुपर्ने तर तत्काल पत्रकार झालाई मुक्त पनि गर्नुपर्ने पक्षमा नेपाल पत्रकार महासङ्घ रहेको महासङ्घका पदाधिकारी बताउँछन् ।
प्रश्न यो पनि उब्जिएको छ कि के जनतान्त्रिक मुक्तिमोर्चालाई राज्यले आतङ्ककारी घोषणा गरेको छ त ? यदि छैन भने उनलाई राज्यद्रोहको आरोप किन ? फेरि सरकार स्वयम् उक्त सङ्गठनसँग वार्तारत रहेको छ र उक्त सङ्गठनले चाहिँ अहिराज आफ्नो मान्छे नभएको जवाफ दिएको छ । तर्सथ अवश्य पनि यस प्रकरणमा कुनै षड्यन्त्र रहेको अर्काथरी जमातको अनुमान रहेको छ । त्यसो त मधेसी अनुहार हुनेबित्तिकै शङ्कास्पद व्यक्तिको सूचीमा पर्ने राज्यको नीति हेर्दा राज्य कुनै षड्यन्त्रमा त लागेको छैन भन्ने प्रश्नले पनि यतिबेला उत्तिकै स्थान लिएको छ ।
राजेश अहिराजले आफ्नो पत्रिकामा भूमिगत समूहको विज्ञापन छापेपछि नै त्यो आधार हुनसक्छ भन्ने हो भने जनकपुर र राजविराजबाट प्रकाशित हुने पत्रिकाहरूले कैयौंपटक यस्तै विज्ञापन प्रकाशित गरिसकेका छन् । तर किन त्यहाँका पत्रकार पक्राउ परेनन् ? के अहिराजलाई पक्राउ गर्न प्रहरीलाई अहिराजविरुद्ध कुनै उजुरी आएको छ ? कि अदालतले कुनै त्यस्तो आदेश दिएको छ ? पत्रपत्रिकामा के-कस्ता सामग्री छापिए छानबिन गर्ने र त्यसको निगरानी राख्ने कार्यसमेत प्रेस काउन्सिलले गर्ने होइन । यदि यसो हो भने प्रेस काउन्सिल अहिराज प्रकरणमा किन मौन –
तर्सथ, यी र यस्ता प्रश्नहरू निम्त्याइँदा भन्न सकिन्छ कि मधेसीको कालो वर्णको अनुहार देख्नेबित्तिकै ‘सशस्त्र समूहका व्यक्ति’ भनी आरोपित गर्ने मानसिकता यहाँ पलाएको छ । यर्सथ पनि भन्न सकिन्छ कि मधेसी अनुहारको पत्रकार हुनु नै दुर्भाग्य हो यहाँ । यस अवस्थामा सम्पूर्ण प्रेसजगत् संवेदनशील हुनैपर्छ । ऊ आफ्नो कर्तव्यमा पनि चुक्नुहुँदैन र अधिकारभन्दा बाहिर पनि कोही जान मिल्दैन ।
-लेखक न्युज अप्रेसन साप्ताहिकका प्रधान सम्पादक एवम् प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष हुन् ।)