पुँजी विकास सहकारीको ठगी धन्धा

पुँजी विकास सहकारीको ठगी धन्धा


राजधानीमा सञ्चालन भएका अधिकाशं सहकारी संस्थाहरुले बचतको नाममा ठगीधन्धानै चलाएको खुलासा भएको छ । अत्याधिकमात्रामा रहेका सहकारीमध्ये न्यूरोडको पाकोमा कार्यालय राखी सञ्चालनमा रहेको ‘पुँजी विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ ले बचतकर्तासंग चर्को व्याज साथै ऋण दिने भन्दै तमसुक गराएर रकम नदिई असुल धन्धा चलाएको भेटिएको हो ।

सो सहकारीका पदाधिकारीहरुले संस्थाको हित भन्दा व्यक्तिगत स्वार्थ पूर्तिका निम्ति अहोरात्र तल्लिन रहँदै पुँजी विकासमा केन्द्रीत बनेर चर्को व्याज असुली गर्दै ठगी धन्दा चलाएको भन्दै अदालतमा उजुरी समेत परेको छ ।

बैंकको झन्झटिलो व्यवस्थाका कारण मंहगो व्याजको पनि कुनै चिन्ता नगरी सहकारी संस्थामा कारोवार गर्ने उपभोक्ता दिनानु दिन बढ्दै गएको मौका छोप्दै सञ्चालकले वित्तिय नियम विपरित व्याज असुली समेत गर्दै आएका छन् । यसरी सहकारीमा कारोवार गर्ने उपभोक्ता चरम रुपमा ठगीने क्रम पनि त्यतिकै बृद्धि हुदै गएको छ ।

बचतमा बढि व्याज पाउने आशामा ठगीने मात्र नभई सहकारी संस्थाबाट ऋण लिने पनि सोही रुपमा ठगीने गरेको पाइएको छ । संस्थाले ऋण दिने भनि तमसुक गराई रकम नदिई ऋण तिर्न ताकेदा समेत गरेको तथ्य फेला परेको छ । न्यूरोड काठमाडौंस्थित रहेको पुँजी विकास बचत तथा ऋण सहकारी संस्थाले ऋण दिने भन्दै तमसुक गराएर रकम नदिई असुल उपर गर्न खोजिएको एक पिडितले नाम नखुलाउने सर्तमा दुःखेसो गरेका छन् ।

प्राप्त विवरण अनुसार आर्थिक वर्षको अन्तिम दिन २०६९ असार ३१ गतेका दिन ९४ लाख रुपैयाँ कर्जा दिएको उल्लेख गरेको छ । सो संस्थाले जारी गरेको भनिएको ९४ लाखको व्याज ७३ लाख ७० हजार ६ सय ३० रुपैयाँ छ, भने हर्जना २९ लाख ५८ हजार ९ सय २८ रुपैयाँ र अन्य दस्तुरका नाममा २ लाख ४१ हजार ६ सय पच्चिस रुपैयाँ जम्मा गरी १ करोड ९९ लाख ७१ हजार १ सय ८३ रुपैयाँ दाबी गरिएको छ ।

सो रकमको दाबी नेपालको कानुनी प्रावधान अनुसार हर्जना लिन नपाउने रहेता पनि कानुनको ठाटो उलंघन गर्दै पिडितबाट असुल उपर गरि पाउँ भन्दै अदालतमा मुद्दा समेत हालेको बताइएको छ । यसै विषयमा संस्थाका अध्यक्ष श्यामकुमार श्रेष्ठसँग सम्र्पक गर्दा अदालतमा मुद्दा विचाराधिनमा रहेका ले सो बारे केही बोल्न नमिल्ने भन्दै पन्छिएका थिए ।