दार्चुला सदरमुकाम जोडने सडक पहिरोका कारण अवरुद्ध

दार्चुला सदरमुकाम जोडने सडक पहिरोका कारण अवरुद्ध


पहिरो खसेर महाकाली लोकमार्ग अन्तरगत चल्ने दार्चुला सडक खण्ड अबरुद्ध हुँदा सदरमुकाम खलंगा पुग्न यात्रुहरु सास्ती भोग्न बाध्य भएका छन् । ०७३ साल साउनमा आएको बाढीले महाकाली नगरपालिका वार्ड न ८ मा रहेको पुल बगाएपछि अहिलेसम्म उक्त खोलामा पुल निमार्ण हुन सकेको छैन् । पुल निर्माणको लागि आवस्यक पहल हालसम्म पनि हुन सकेको छैन् ।

सदरमुका खलंगालाई जोडने महाकाली लोकमार्ग अन्तरगत गोकुलेश्वर दार्चुला सडक खण्ड हो । यो सडक खण्डको गोकुलेश्वर,ग्वानी, उल्लानी, मालिकार्जुन, पस्ती, धाप काँकडा लगायतका एक दर्जन भन्दा बढी ठाउँमा सडक अबरुद्ध भएको छ ।

त्यस्तै महाकाली लोकमार्ग अन्तरगतको ठुल सैनी र मालिकार्जुनमा गएको पहिरोका कारण पनि पाँच दिनदेखि अबरुद्ध राजमार्ग बिहिबारदेखि निरन्तर रुपमा सञ्चालनमा आएको महाकाली यातायाका कार्यालय प्रमुख सर्प राज बडुले जानकारी दिए ।