आयल निगम प्रवेशमा संचारकर्मीलाई कडाई

आयल निगम प्रवेशमा संचारकर्मीलाई कडाई


नेपाल आयल निगमले बबरमहलस्थित प्रधान कार्यालय प्रवेशमा पत्रकारलाई कडाई गरेको छ । कार्यकारी निर्देशक गोपालबहादुर खड्काले व्यक्तिगत रुपमा सूचना निकालेर दिउँसो २ बजेपछि मात्रै पत्रकारलाई प्रवेश गर्न पाउने व्यवस्था गरेका हुन् ।

प्रधान कार्यालयको मूलद्धारमा कार्यकारी निर्देशकको कार्यालयबाट जारी सूचनामा भनिएको छ, ‘निगमको कामको बोझका कारणले पत्रकार मित्रहरुलाई दिनको २ बजेपश्चात मात्र सम्पर्क गर्न अनुरोध गरिन्छ ।’

निगम प्रवक्ता विरेन्द्र गोइतले यस बिषयमा आफूले बुझ्ने भनेर सामान्य प्रतिक्रिया मात्र दिए । ‘के कसो भएको हो भनेर म बुझ्छु’ उनले भने । यद्यपि २ बजेपछि आउने निर्णयमा उनको पनि सहमित छ । चार दिनअघि मात्रै उनी आपूर्ती, बितरण तथा एभिएसन विभाग प्रमुखमा सरुवा भई प्रवक्ताको जिम्मेवारीमा आएका हुन् ।