सहयोगीका भरमा छोटी भन्सार

सहयोगीका भरमा छोटी भन्सार


नायब सुब्बाको दरबन्दी रहेको कञ्चनपुरको बेलौरी नगरपालिकास्थित छोटी भन्सार कार्यालय सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ ।

नायब सुब्बा काज सरुवा मिलाएर अन्यत्र जाने गरेका कारण भन्सार कार्यालय सहयोगीले सञ्चालन गर्दै आएका हुन् । दरबन्दी अनुसार कर्मचारी नहुँदा भन्सार कार्यालयले न्यून राजश्व संकलन गर्दै आएको छ ।

कार्यालयमा एक्लै बस्ने भएकाले असुरक्षा हुँदा सन्तोषजनकरुपमा राजश्व उठाउन नसकेको कार्यालय सहयोगी करन्या बोहराले बताउनुभयो ।

मुस्किलले मासिक रु ३५ हजारको हाराहारीमा राजश्व उठ्ने गरेको उहाँले बताउनुभयो । दिउँसो सशस्त्र प्रहरीले भन्सार कार्यालयमा सुरक्षा दिने भए पनि राति एक्लै बस्नुपर्ने भएकाले समस्या भएको बोहरा बताउनुहुन्छ ।

संरचना मर्मत सम्भारको अभावमा कार्यालय जीर्ण बन्दै गएको छ । कार्यालयको स्वामित्वमा रहेको जग्गा प्रयोगविहीन अवस्थामा छ । रासस