विप्लवको पार्टी पनि विभक्त !

विप्लवको पार्टी पनि विभक्त !


मुलुकको अव्यवस्थालाई परिवर्तन गर्ने राजनीतिक आन्दोलन गर्न नसकेको आरोप लगाउँदै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छोडेका केही नेताहरू मिलेर लमजुङबाट नयाँ पार्टीको घोषणा गरेका छन् । बेसीशहरमा बुधबार पत्रकार सम्मेलन गरी भोजराज त्रिपाठीलगायतका युवाले फ्रिडम कम्युनिष्ट लिग नेपाल नामक पार्टी गठन गरेका हुन् ।

भोजराज त्रिपाठी महासचिव रहेको फ्रिडम कम्युनिष्ट लिगको १९ सदस्यीय केन्द्रीय कमिटीसमेत बनेको छ । केन्द्रीय कमिटीमा लमजुङलगायत १२ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको बताइएको छ । भोजराजले विप्लव पार्टीमा अराजनितिक कार्यशैली मौलाएको, व्यक्तिवादी संकीर्णता बढेको आक्षेपसमेत लगाएका छन् भने नवगठित पार्टीका प्रवक्ता सुजन अधिकारीले छिट्टै राष्ट्रिय भेलाको आयोजना गरी पार्टीका नीति तथा कार्यक्रम जनातासामू ल्याउने र जनताकै वलमा कार्य दिशाअघि बढाउने लक्ष्य लिएको जानकारी दिएका छन् ।