युवा संघ नेपालको नवौँ महाधिवेशन घोषणा

युवा संघ नेपालको नवौँ महाधिवेशन घोषणा


‘सुखी नेपाली र समृद्ध नेपाल निर्माणका लागि अबको युवा अभियान’ भन्ने मूल नाराका साथ युवासंघ नेपालको नवौँ महाधिवेशन आगामी असोज २२ देखि २४ गतेसम्म काठमाडौँमा हुने भएको छ । आगामी तीन वर्षका लागि संघको नयाँ नेतृत्व छनोट गर्ने महाधिवेशनको घोषणासँगै संघका अध्यक्ष राजीव पहारीले मुलुकको प्रादेशिक संरचनाअनुसार संगठनलाई सुदृढ गरिने र त्यसका लागि विधान संशोधन गरी परिमार्जनसहित अनुमोदन आगाम िमहाधिवेशनमै गरिने जानकारी दिए ।

राजधानीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय स्वाभिमान र संविधान पूर्ण कार्यान्वयन नै संगठनको मूल कार्यदिशा हुने जानकारी दिँदै उनले विभिन्न २५ मुलुकबाट अतिथि आमन्त्रण गरिने बताए ।

संगठनले आगामी भदौ २ गतेदेखि ९ गतेसम्म प्राकृतिक प्रकोप तथा बाढीपहिरो प्रभावित जिल्लामा स्थानीय प्रशासनसँग आवश्यक समन्वय र सहकार्य गरी पीडितलाई सहयोग तथा राहत वितरण गर्ने पनि बताएको छ ।