आयोगको आनाकानीबीच एकैपटक निर्वाचन गराउने सहमति

आयोगको आनाकानीबीच एकैपटक निर्वाचन गराउने सहमति


प्रमुख तीन दलका शीर्ष नेता प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैदिन गर्ने निश्कर्षमा पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बोलाएको प्रमुख तीन दलको बैठकमा आगामी मंसिरभित्रै दुवै निर्वाचन एकै पटक गर्ने निश्कर्षमा पुगेका हुन् ।

निर्वाचन आयोगले एकैपटक निर्वाचन गर्न कानुनी र प्राविधिक जटिलता देखाइरहेका बेला प्रधानमन्त्री देउवाले बालुवाटारमा बोलाएको बैठकमा कांग्रेस, एमाले र माओवादी केन्द्र एकैपटक प्रदेश र केन्द्रीय संसदको निर्वाचन गर्न तयार भएका हुन् ।

तीन दलको बैठकअघि प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेका थिए । निर्वाचन आयोगका पदाधिकारीहरुले भने एकै मितिमा निर्वाचन गराउन प्राविधिक र कानुनी जटिलता देखाएका थिए ।

उनीहरुले मंसिरभित्रै दुवै चरणको निर्वाचनका लागि भदौ १ गतेभित्रै मिति तोक्न प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।   तस्बिर: प्रधानमन्त्री शेरबहादुर  देउवाको ट्विटरबाट ।