अमरेशले मागे प्रतिपरिवार पाँच लाख

अमरेशले मागे प्रतिपरिवार पाँच लाख


गत मंगलबारको संसद बैठकमा एमालेद्वारा प्रस्तुत संकल्प प्रस्तावमा हुन लागेको छलफल प्रक्रिया चलाखीपूर्ण तरिकाले रोकेर बहुचर्चामा आएका सांसद डा. अमरेशकुमार सिंहले आज (बुधबार) को बैठकमा पनि शुरुमा बोल्दै आफ्ना धारणाहरू आक्रामक रूपमा प्रस्तुत भए । बाढी र पहिरोबाट जनता वर्षेनी पीडित हुनुपर्ने अवस्था रहे पनि सरकार दीगो समाधान खोज्नेतर्फ उदासिन रहेको बताउँदै सांसद सिंहले मृतकका परिवारलाई राहतस्वरुप तत्काल रू. पाँच लाख र घर भत्केकाहरूलाई रू. दुई लाख उपलब्ध गराउन माग गरे ।

यसपटक धेरै क्षेत्र डुवान हुनुमा मूख्य कारण तटबनध टुट्नु रहेको उनको भनाई थियो । यस्तो विपत्तिको समयमा एउटा पार्टीविशेषले मात्र संकल्प प्रस्ताव प्रस्तुत गर्नु उचित नहुने भन्दै उनले संसदका सबै दलहरूले संयुक्त रूपमा संकल्प प्रस्ताव प्रस्तुत गर्नुपर्ने र कुनै एउटा मात्र पक्षले क्रेडिट लिने प्रयास गर्नु उचित नहुने धारणा राखे ।

सांसद सिंहले भत्केका बाटोहरू निर्माण हुनुपर्ने माग गर्दै भने स्वास्थ्य मन्त्रालयबाट बाढीग्रस्त क्षेत्रमा तत्काल औषधिसहित चिकित्सक टोली खटाउन विलम्ब गर्नु भएन । उनले सरकारले मास्टर प्लान बनाएर दीगो समाधानका उपाय निकाल्न ढिलाई गर्न नहुनेमा मूख्य जोड दिएका थिए ।

सांसद सिंहले संसदमा के बोले, भिडियो हेर्नुहोस् :