सेयरधितो कर्जामा राष्ट्र बैंकले गऱ्यो कडाई

सेयरधितो कर्जामा राष्ट्र बैंकले गऱ्यो कडाई


नेपाल राष्ट्र बैंकले सेयरधितो कर्जा (मार्जिन लेण्डिङ) मा कडाई गर्दै सेयर कर्जा सीमा घटाएको छ । नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजी (कोर क्यापिटल) को ४० प्रतिशत मात्र सेयरमा लगानी गर्न पाउने भएका छन् । यसअघि प्राथमिक पुँजी बराबर सेयरमा लगानी गर्न पाउने व्यवस्था रहेको थियो ।

सूचिकृत कम्पनीको सेयरको हकमा आफनो प्राथमिक पुँजीको १० प्रतिशत भन्दा ननाघने गरी कर्जा प्रवाह गर्न राष्ट्र बैंकले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । १ अर्ब रुपैयाँ बहुबैकिङ कर्जा उपयोग गरिरहेका ऋणीको कर्जालाई सहवित्तीयकरणमा परिणत गर्नुपर्ने व्यवस्था निर्देशनमा रहेको छ । विपन्न कर्जाअन्र्तगत लघुवित्तीय संस्थालाई प्रवाह गर्ने कर्जाको हकमा यो निर्देशन लागु नहुने समेत राष्ट्र बैकले जनाएको छ ।