डुब्यो तराई, त्राहीमाम जनता !

डुब्यो तराई, त्राहीमाम जनता !


भारी वर्षाका कारण पूर्वी तराईको अधिकांश भुभाग डुबानमा परेको छन् । कतै सडक कटान भएको छ भने कतै मुख्य राजमार्गका पुलहरू धसिएका छन् । विराटनगर महानगरको अधिकांश क्षेत्रका साथै विमानस्थल समेत डुबानमा परेको छ ।

विराटनगरमा २०४५ सालपछिको सवैभन्दा ठूलो डुबान यसलाई मानिएको छ ।  विराटनगरको कोसी राजमार्गले छुने बरगाछी, मुनालपथ, बिजुली बजारदेखि महेन्द्रचोकलगायत धेरै स्थान डुबानमा परेका छन् । स्थानीय जनताको घरभित्रसमेत भेल पसेको छ ।

बिराटनगर विमानस्थल यतिबेला जलाशय जस्तै बनेको छ । यसरी विमानस्थलनै डुबानमा परेको सम्भवतः नेपालकै यो पहिलो घटना हो । दुई दिनयता बिराटनगर विमानस्थलको सम्पूर्ण सेवा ठप्प भएको छ ।


बिराटनगरको विमानस्थल प्रवेश गर्ने प्रवेशद्वारदेखि नै पानी भरिएको छ । सवारी साधन लिएर वा पैदलै कोही पनि मानिस मुख्य सडक पार गरि विमानस्थलसम्म पुग्न सक्ने स्थिति छैन् ।

टर्मिनल भवन आसपास सुरक्षाकर्मीले पहरा दिने ब्यारेकसमेत डुबानमा परेको छ र विमानस्थलको सुरक्षासमेत अस्तव्यस्त बन्न पुगेको छ ।

अचानक यो अबस्था उत्पन्न भएपछि पूर्वी तराईको जनजीवन अस्तव्यस्त र त्राहिमाम बन्न पुगेको छ । राहत र उद्धारतर्फ राज्यले यथोचित ध्यान दिन सकेको छैन् ।