विपतका बेला संयमित भई काम गर्न स्वास्थकर्मीलाई निर्देशन

विपतका बेला संयमित भई काम गर्न स्वास्थकर्मीलाई निर्देशन


स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले विपतका बेला संयमित भएर काम गर्न स्वास्थकर्मीलाई निर्देशन दिएका छन्।  बाढी प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाउन तयारी अवस्थामा राखिएको बताएका छन् । शनिबार जनकपुर विमानस्थलमा पत्रकार तथा स्वास्थकर्मी सँग कुरा गर्दै मन्त्री पोखरेलले अविरल वर्षाका कारण प्रभावित क्षेत्रमा पठाउन मन्त्रालयले स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखेको बताएका हुन ।

मन्त्री पोखरेलले भने, ‘बाढी प्रभावित क्षेत्रमा पठाउने स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा छ। मेचीदेखि महाकालीसम्म कतै पनि औषधि, जनशक्ति अभाव छैन।’

मन्त्री पोखरेलले सबै क्षेत्र, विभाग र मन्त्रालय उच्च सतर्कता साथ बसेको प्रष्ट पारे। उनले अहिलेसम्म तराईको कुनैपनी जिल्लामा औषधि, चिकित्सक र जनशक्तिको अभाव नभएको जानकारी गराएका छन्।

यसैबीच, स्वास्थ्यमन्त्री पोखरेलले १९ दिनदेखि अनसनमा रहेका प्रा.डा. गोविन्द केसीको स्वास्थ्य सम्बन्धी माग पूरा भएको उल्लेख गर्दै त्रिवीसँग सम्बन्धित माग मात्र बाँकी रहेको उल्लेख गरे।