प्रहरी भन्छन्- ‘खत्री आफैंले गोली हानेका हुन्’

प्रहरी भन्छन्- ‘खत्री आफैंले गोली हानेका हुन्’


ललितपुरमा प्रहरीको ‘इन्काउन्टर’बाट लागूऔषध कारोबारमा संलग्न रहेको आरोप लागेका प्रवीण खत्रीको मृत्यु भएको भनिए तापनि प्रहरीले भने उनमाथि ‘इन्काउन्टर’ नभएको बताएका छन् । सोमबार दिउँसो ललितपुरमा गोली लागेर मृत्यु भएका प्रवीण खत्रीलाई आफुहरुले गोली नहानेको प्रहरीले दाबी गरिएको छ ।

उनी आफैंले कन्चटमा गोली हानेका र उपचारका लागि लौजने क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी ईश्वर कार्कीले बताए ।प्रहरीले पक्राउ गर्न गएपछि खत्री आफ्नो घरको छतबाट चौरमा हाम फालेका थिए ।

प्रहरीले पिछा गरेपछि दुवै हातमा पेस्तोल देखाउँदै प्रहरीलाई धम्काएका थिए । चौरकै कुनामा लडेपछि उनले दायाँ हातले आफ्नो कन्चनमा गोली हानेको डिएसपी कार्कीले बताए । ‘गोली दायाँबाट बायाँ कन्चटमा निस्किएको छ,’ उनले भने, ‘प्रहरीले एक राउन्ड पनि गोली चलाएको छैन ।’

खत्री लागूऔषधका ठुला कारोबारी भएको सूचनाका आधारमा प्रहरी छापा हान्न गएको थियो । प्रहरी आएको थाहा पाएपछि उनी छतबाट भागेका थिए । उनी लागूऔषध दुव्र्यसनीका साथै कारोबारी समेत भएको प्रहरीले जनाएको छ । उनको साथबाट समेत प्रहरीले लागूऔषध बरामद गरेको छ ।