बोहोरासहित राप्रपाका १६ केन्द्रीय सदस्य निष्कासित

बोहोरासहित राप्रपाका १६ केन्द्रीय सदस्य निष्कासित


दिपक बोहोरासहित १६ केन्द्रीय सदस्यलाई राप्रपाबाट निष्काशन गरिएको छ । पशुपतिशमशेर राणाको नेतृत्वमा पार्टी फुटाइएपछि आज बसेको राष्ट्रिय प्रजातन्त्र पार्टीको आकस्मिक बैठकले बोहोरा १६ जना केन्द्रीय सदस्यलाई कारबाही गरेको हो ।

पार्टीबाट निष्काशित हुनेमा सुनील थापा,रेशम लामा,विराज विष्ट,राज्यलक्ष्मी श्रेष्ठ र बबिना लावती समेत छन् । उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको बताइन्छ ।

गएको मंसिर १ गते पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापा नेतृत्वको राप्रपा नेपाल एक भएर राप्रपा बनेको थियो । त्यसको आठ महिना १६ दिनमा पार्टी पुनः फुटेर दुई टुक्रा भएको थियो । यसले राप्रपामा भुईचाँलोनै गएको छ ।

संसदमा २५ सांसद्सहित चौथो शक्तिमा रहेको राप्रपा नेपालका अध्यक्ष तथा संसदीय दलका नेता कमल थापाले राप्रपासँगको एकीकरणपछि १२ सांसद् थपेर ३७ सिटको चौथो शक्तिको अध्यक्ष र संसदीय दलको नेता बन्ने मौका जम्मा आठ महिना १६ दिनका लागि मात्र पाए ।