प्रचण्डको जोड प्रत्येक्ष निर्वाचित कार्यकारीमै

प्रचण्डको जोड प्रत्येक्ष निर्वाचित कार्यकारीमै


माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमूख अहिलेको आवश्यकता भएको बताए ।

सोमबार माओवादी केन्द्र ४ नम्वर प्रदेशका राष्ट्रिय महाधिवेशन आयोजक समितिका सदस्यहरुको बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधानको प्रभावकारिता, संघीयताको सन्तुलन, राजनीतिक स्थीरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ ।

हिजो कांग्रेस–एमालेले मानेकै कुरा हो । आज पनि यो मुद्दामा सबै एक हुनुपर्छ । कार्यकारी राष्ट्रपतिका लागि हामी पहिला वैचारिक अभियान सञ्चालन गर्छौ, त्यसमा कांग्रेस एमालेले मानेनन् भने हामी जनताको बीचमा जान्छौ र व्यापक जनदवाव सृष्टि गर्छौं ।’

अध्यक्ष प्रचण्डले अहिलेको निर्वाचनमा धेरै नै आर्थिक बिकृति निम्तिएकाले यसको बिकल्प खोज्नुपर्ने बताए । उनदे भने, ‘निर्वाचनमा यति धेरै बिकृति आइसक्यो कि मध्यम वर्गका मान्छेहरु पनि चुनाव लड्न नसक्ने भए ।’