एकजुट हुन शंशाकको आग्रह

एकजुट हुन शंशाकको आग्रह


नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विकासमा सबै एकजुट भई अघि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी निर्वाचित जनप्रतिनिधिलाई नवलपरासीको देवचुली नगरपालिकामा आइतबार आयोजित सम्मान तथा समीक्षा कार्यक्रममा महामन्त्री कोइरालाले सो कुरा बताउनुभएको हो ।

सोही अवसरमा उहाँले स्थानीय तहको बाँकी २ नं प्रदेशको निर्वाचनबाट नेपाली काँग्रेस पहिलो पार्टी बनेर मुलुकको विकासलाई अगाडि बढाउने उल्लेख गर्नुभयो । महामन्त्री कोइरालाले अब स्वदेशमै रोजगारीको सिर्जना गरी लाखौँ युवालाई रोजगारी प्रदान गर्ने योजना बनाउन लागेको बताउनुभयो । कार्यक्रममा डा कोइरालाले जनप्रतिनिधिले योजना बनाउँदा किसानको परिवारलाई मध्यनजर गरेर योजना बनाउनुपर्नेमा पनि जोड दिनुभयो । रासस