नक्कली हस्ताक्षर गरेर पार्टी फुटाएको थापाको आरोप

नक्कली हस्ताक्षर गरेर पार्टी फुटाएको थापाको आरोप


राप्रपा अध्यक्ष कमल थापाले नयाँ पार्टी गठन गर्न पशुपति शमशेर राणा पक्षले संसद र निर्वाचन आयोगमा लगेका केन्द्रिय सदस्यका अधिकांश हस्ताक्षर नक्कली भएको बताएका छन् । उनले पार्टी विभाजन गर्नुलाई दुर्भाग्यपूर्ण पनि भनेका छन् ।

शमशेरपक्षले २२ संसद सहित ४० प्रतिशत केन्द्रिय सदस्यको हस्ताक्षर लिएर आयोग र संसद सचिवालयमा नयाँ दल दर्ता गर्न गएपछि आइतबार साँझ उनले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो प्रतिकृया दिएका हुन् ।

‘एकता महाधिवेशन सम्पन्न भएको छ महिना नपुग्दै पार्टी फुटाउने काम दुर्भाग्यपूर्ण।’ उनले टविटरमा भनेका छन ‘अधिकांश हस्ताक्षर नक्कली बिचलित नहुन कार्यकर्तालाई आह्वान’

संसद सचिवालय स्रोतका अनुसार शमशेरको नेतृत्वमा राप्रपा प्रजातान्त्रिकको नाममा नयाँ पार्टी दर्ता गर्न २२ सांसदको हस्ताक्षर सचिवालयमा बुझाएका छन् । तर सचिवालयले राप्रपा प्रजातान्त्रिकको नाममा संसदीय दल गठन गर्न पहिले आयोगमा नयाँ पार्टी दर्ता भएको प्रमाण लिएर आउन भनेको छ।