प्रचण्डकी बुहारीले रुदै दिइन रेणुलाई बधाइ

प्रचण्डकी बुहारीले रुदै दिइन रेणुलाई बधाइ


नेकपा माओवादी केन्द्रकी नेतृ रेणु दाहालले भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित भएपछि उनकी भाइबुहारी सिर्जनाले सामाजिक सञ्जालबाट बधाई तथा शुभकामना दिएकी छन् । रणुको भाई प्रकाशले अर्की श्रीमती ल्याएपछि परिवारबाटै बाहिरिएकी सृजनाले सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस पोस्ट गर्दै बधाई दिएकी छन् । सृजना पुष्पकमल दाहालका पुत्र प्रकाशकी श्रीमती हुन् । उनीहरुका एक छोरा छन् । औपचारिक रुपमा अझै सम्बन्ध बिच्छेद भएको छैन ।

सृजनाले रेणुको जितलाई धेरै समयपछिको खुसी भन्दै तर भेटेरै बधाई दिने अवस्था नपाएकोमा खिन्नता पोखेकी छन् । सिर्जनाले रेणुलाई ‘ढुंगाको कापबाट उम्रिएको पिपलको बोट’ को संज्ञा दिँदै स्वच्छ, इमानदार र पवित्र व्यक्तित्व रहेको भन्दै प्रशंसा गरेकी छन् । निर्वाचित भएको दिनमा जस्तै पदबाट हटेका दिनसम्म पनि आफ्नो पवित्रता र स्वच्छता जोगाउन उनले सुझाव दिएकी छिन् ।

उनले लेखेकी छिन्,‘धेरै समयपछि मन खुसी छ, कारण, भरतपुर महानगरपालिकाको प्रमुखजस्तो गरिमामाय पदमा रेणु दिदीले जित्नुभएको छ । दिदीसँग गला मिलाएर बधाई दिन मन थियो । तर, दुर्भाग्य । त्यो अवसर म बाट खोसियो । रेणु दिदी ढुंगाको कापमा उम्रिएको पिपलको बोट हो । सधैं अरुलाई शीतल दिनु । खास गरी भरतपुरका मतदाताप्रतिको धर्म नबिर्सनु । मेयर जितेको दिनमा जति पब्त्रि हुनुहुन्छ, पदबाट हटेको दिन पनि तपाईंको स्वच्छता, इमान र पवित्रतामा कसैले चोर औंला ठड्याउन नसकोस् । हार्दिक–हार्दिक बधाई, शुभकामना ।’