सामान छुटाउन तीन नक्कली बिलविजक

सामान छुटाउन तीन नक्कली बिलविजक


मुलुकको विभिन्न भन्सार नाकाबाट व्यवसायीहरुले सामान आयात गर्दा अवैध रुपमा तीनवटा नक्कली विलविजक तयार गरि पेश गर्ने गरेको खुलासा भएको छ । भन्सार विभागले पछिल्लो चरणमा भन्सार सुधारीकरणको नाममा आयात-निर्यात कार्यमा कडाई गरेपछि व्यवसायीद्वारा नयाँ-नयाँ योजनाबाट भन्सार राजस्व छली गर्ने तरिका अपनाएको विभिन्न भन्सार नाकाबाट प्रयोग गरेका विलविजकबाट खुलेका हो । यसरी तीनओटा बिलविजक स्थलमार्ग हुँदै गरिने आयातकर्ताहरुले प्रयोग गरेको अनुमान भन्सार विभागको रहेको छ ।

भारतको रक्सौल भन्सारबाट यस प्रकारको विलविजक प्रयोग गर्ने गरेको पाईएको छ । यसरी व्यवसायीहरुले सम्बन्धित भारत र चीनमा सामान खरिदगर्दा वास्तविक विलबाट खरिद गरेपनि नेपाली भन्सार नाकामा आएपछि भन्सार ऐजेन्टहरुको सहयोगमा नक्कली विलविजक तयार गरि न्यूनभन्सार विजिकरण गरेर सामान नेपाल भन्सार नाकाबाट छुटाउने कार्यमा तीव्रता आएको हो । भारत तथा तेस्रो मुलुकबाट सामान पैठारी गर्दा आयातकर्ताले भन्सार सिमामा निकासी प्रज्ञापन पत्रको घोषणा गर्ने भन्सार ऐनमा उल्लेख छ ।

तर भन्सार नाकाबाट व्यापारिले सामान आयात गर्दा अझैसम्म हस्तलिखित प्रज्ञापन पत्रको प्रयोग गरिदै आएका छन् । यसरी भन्सार विभागले पछिल्लो चरणमा लागु गरेको कम्प्युटराईज भन्सार प्रज्ञापनपत्र नेपाली भन्सार नाकामा पेश गर्न मात्र पुनः तयार गर्ने गरेको भन्सार सम्बद्ध स्रोतले टेलिफोन मार्फत जनाएका छन् । भन्सार स्रोतका अनुसार यसरी ३ ओटा भन्सार विलविजक तयारगरि दैनिक ५ करोड रुपैयाँँ सम्म भन्सार राजस्व चुहावट हुने गरेको अनुमान गरेको छ । स्थानीय बासिन्दाहरुलाई प्रयोगगरि व्यापारिहरुले ‘लोकल पैठारी’को नाममा सो भन्सार राजस्व चुहावट हुने गरेको पाइएको छ ।

भन्सार नाकामा तीन ओटा विलविजक तयार पारि भारतीय सिमानामा रहेको भन्सार नाका बढी मात्रा प्रयोग भएको समेत सम्बन्धित भन्सार नाकाका कर्मचारीहरुले स्वीकारेका छन् । व्यवसायीहरुले तेस्रो मुलुक र अन्तशुल्क फिर्तामा आयातकर्ताले भन्सार प्रज्ञापन पत्र पेश गरेपनि लोकल पैठारी भनी हाल सम्म कुनै पनि भन्सार कार्यालयमा सो प्रज्ञापन पत्र पेश गरेको रेकर्ड पाइँदैन । भन्सार ऐनमा भारतबाट आयातीत बस्तु निकासी प्रज्ञापन पत्रको आधारमा जाँचपाँस गर्ने अनिवार्य व्यवस्था नभएको उल्लेख छ । सोही बुदाँलाई टेकेर आयतकर्ताहरुले लोकल पैठारीको नाममा सामान आयात गर्ने गरेको छ ।

व्यावसायीहरुले कम मुल्याङ्कन गरि सामान आयात गरेको शंका लागेमा तत्काल भारतीय भन्सारसंग सो सामानको विवरण र मुल्याकन कर झिकी विवरण भिडाउदा नक्कली विलविजक बनाएको खुल्न आएको विरगञ्ज भन्सार कार्यालयले जानएको छ । यस प्रकारको तीनओटा विलविजक प्रयोग गर्ने केही फर्महरुलाई भन्सार कार्यलयले नियन्त्रणमा लिई अनुसन्धान गरेपनि सो अनुसन्धानको विवरण भने विभागले सार्वजनिक गरेको छैन । तीनवटा विलविजक बनाई अबैधरुपमा सामान आयात गर्नेको पक्तिमा चौधरी समुह, गोल्छा समुह, विसाल समुह, खेतान समुहलगायतका अन्य व्यवसायी फर्महरु रहेका छन । तर सोका बारेमा भने विभागले केही खुलाउन चहेको छैन ।

भन्सारमा विद्युतिय डाटा सञ्चालनमा ल्याएपनि अधिकाशं व्यापारिले हस्तलिखीत विलको प्रयोगका साथै भन्सार प्रज्ञानिपत्र समेत हस्तलिखित नै प्रयोग गरि भन्सार राजस्व छली गर्दै आएका छन् । व्यापारिले भारतीय भन्सारसंग गोप्य सम्झौता गरि सो भन्सारमा बुझाएको विलविजक क्षणभरमै परिपर्वतन गरि लोकल पैठारीको नाममा सामान नेपाल भित्राउने गरेको समेत भन्सार स्रोतले जनाएको छ ।

नाम नेलेख्ने सर्तमा भने,‘व्यापारिले सामान पैठारी गर्दा भारतीय भन्सार ऐजेन्टको मिलेमतोमा सवै सामानको न्यूनमूल्याङकन गरि सामान आयात गरेकाले सो सामानमा कडाईका साथ नेपाल भन्सारले नियन्त्रण गर्न कठिनाई भएको छ ।’ यसरी भारतीय भन्सार ऐजेन्टको मिलेमतो र नेपाली भन्सार कर्मचारीको समेत सहमतिमा हाल मोटरका पाटपूर्जा, नारीको श्रृंगारका सामाग्री, साडी, तयारी कपडा, विद्युतिय सामाग्री, काजु र खाद्यान्यहरु रहेको छ ।