हेल्लो नेपालले तिरेन कर

हेल्लो नेपालले तिरेन कर


हेल्लो नेपाल नामक मोबाइल कम्पनीले शेयर बिक्री गर्दा लाग्ने पुँजीकर लाभ नतिरेको तथ्य सार्वजनिक भएको छ । सो कम्पनीले ५० प्रतिशत शेयर स्वामित्व २०६५ असोज १९ गते खरिद बिक्री गर्दा पुँजीगत लाभ नतिरेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । साइप्रसको कम्पनीले र बेलायती कम्पनीसँग ५ करोड रुपैयाँमा खरिद गरेको थियो । त्यसपछि हेल्लो मोबाइलले उक्त ५० प्रतिशत शेयरमा ५ प्रतिशत प्रकृति व्यक्तिको नाममा रहेको देखाएको छ । ३ प्रतिशत पाकिस्तानी कम्पनी र २ प्रतिशत बंगलादेशको कम्पनीको नाममा रहेको देखिएको छ ।

त्यस्तै साइप्रसको सर्भिसेज लिमिटेडको ५१ प्रतिशत शेयर २०६८ सालमा स्विडेनस्थित विदेशी कम्पनीले २ अर्ब ३ करोड रुपैयाँ ९१ सय ९१ मिलियन (स्विडिस क्रोनर) मा खरिद गरी नेपालको हेल्लो नेपाललाई २५ प्रतिशत पुँजीकर लाभ भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

हेल्लो नेपालले नेपालमा सञ्चालन गरेको कम्पनीको पुँजीगत लाभमा तिर्नपर्ने कर नतिर्ने उद्देश्यले न्यून लगानीमा साइप्रसमा कम्पनी स्थापना गरी सोही मार्फत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उक्त विदेशी कम्पनीलाई शेयर बिक्री गरी लाभ उठाएको समेत उल्लेख छ । सन् २०११ देखि २०१२ एक वर्षको बीचमा हेल्लो मोबाइलको ७५ प्रतिशत शेयर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा समानुपातिक रुपमा साइप्रसको सर्भिसेज लिमिटेटडले खरिद गर्दैगर्दा १ हजार कित्ता बराबरको कारोबारमा ३ अर्ब ८७ करोडमा खरिद बिक्री भएको देखिएको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

सो बापत कारोबारमा लाग्ने २५ प्रतिशत कर अर्थात ९५ करोड ५० लाख रुपैयाँ हुने र उक्त रकमको ब्याजसमेत हिसाब गरी कर असुल गर्न महालेखापरीक्षाको कार्यालयले सरकारलाई निर्देशन समेत दिएको छ । तर सम्बन्धित निकायबाट भने सो कर असुली गर्नेतर्फ कुनै कारबाही अगाडी बढाएको छैन ।