ग्रीलको कार्यस्थल तालिम

ग्रीलको कार्यस्थल तालिम


ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले ग्रील तथा स्टील व्यवसाय क्षेत्रमा देखिएको मेटल फेब्रिकेटिङ गर्ने दक्ष जनशक्ति अभाव कम गर्न आईएलओ र श्रम तथा रोजगार मन्त्रालय श्रम कार्यालय रोजगार सुचना केन्द्रसंग सहकार्य सुरु गरेको मेटल फेब्रिकेटर्स तालिम सम्पन्न भएको छ । पहिलो पटक मासिक दश हजार रुपैयाँ भत्ता दिई अदक्ष ६० जना बेरोजगार युवाहरुलाई तालिम दिएर दक्ष बनाई रोजगारी समेत दिने गरि ९० दिनको ‘कार्यस्थल’ तालिम शुरु गरिएको थियो ।

नेपालभर रहेका सबै १० हजार भन्दा बढीको संख्यामा रहेको ग्रील तथा स्टील ब्यवसाय उद्योगमा दक्ष जनशक्तिको अभाव रहेको अवस्थामा थोरै भए पनि यो तालिमबाट उत्पादित जनशक्तिले राहत पुग्ने सो तालिम समापन कार्यक्रममा महासंघका अध्यक्ष मोहन कटुवालले बताए । ग्रील तथा स्टील व्यवसायमा देखिएको दक्ष जनशक्ति अभाव कम गर्न महासंघले बिभिन्न निकायसंग सहकार्य गरि बेरोजगार युवाहरुलाई तालिम दिएर दक्ष बनाई आर्कषक रोजगारी दिदै आईरहेकामा यसलाई अझ प्रभावकारी रुपमा आगाडी बढाउने लक्ष्यका साथ महासंघ लागिरहेको उनले दाबी गरेका छन् ।

यस्ता तलिमले दक्ष जनशक्ति अभाव कम गर्ने मात्र नभई तालिम लिएका जनशक्तिले उत्पादन गर्ने बस्तुहरु गुणस्तरिय हुने र सामान्य जनचेतनाको कमीको कारण अकालमा ज्यान गुमाउने अंगभंग हुने जस्ता अप्रिय घटनाहरुमा समेत कमी आउने गरेको हुंदा तालिमको महत्व बढेको छ । बार्षिक ४० अर्व भन्दा बढीको ग्रील तथा स्टील जन्य सामाग्रीहरुको फेब्रिकेटीङ गरि सेवा दिर्दै आएका ग्रील व्यवसायीहरुले मात्र बार्षिक ५ हजार भन्दा बढी जनशक्ति आफ्नो निजी लगानीमा उत्पादन गर्ने गरेको तर तालिम लिने साथ बिदेहिन गरेको हुंदा यो ब्यवसायमा दक्ष जनशक्ति अभाव देखिएको छ ।

तालिममा काठमाडौं उपत्यकामा सम्लग्न ४१ महिला तथा पुरुष र मोरङ जिललामा २० जना सहभागी देशका बिभिन्न बिकट जिल्लाबाट प्रतिनिधित्व गरेका थिए । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको पहलमा तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई उपत्यकाका विभिन्न उद्योगहरुमा उनीहरुको क्षमता अनुसारको पारिश्रमीक दिने गरि रोजगारी समेत उपलब्ध भएको छ । मोरङ जिललामा २० जना सहभागीहरुलाई सोही जिल्लामा रोजगारीको व्यवस्था गरिएको छ ।