पराजुली पहिलो

पराजुली पहिलो


सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गोपाल पराजुलीको संसदीय सुनुवाई आइतबार (साउन १ गते) हुने भएको छ । पराजुलीका बारेमा कुनै गुनासो भए उजुरीका लागि असार २८ गतेसम्मको समय–सीमा निर्धारण गरिएको थियो । उजुरीको लागि दश दिनको समय दिँदा पनि पराजुलीविरुद्ध एउटै उजुरी परेनन् ।

उच्च तहको जिम्मेवारीमा नियुक्तिका लागि सिफारिस भई सुनुवाईको पिरम्परा सुरु भएयता कसैका विरुद्ध एउटै उजुरी नपरेको यो पहिलो घटना मानिएको छ । यसअघि संवैधानिक निकाय र राजदूतका लागि प्रस्तावित हरेक व्यक्तिका विरुद्ध कुनै न कुनै स्तरको उजुरी पर्दै आएको थियो कुनै प्रकारको उजुरी नपर्नेमा पराजुली पहिलो हुनुभएको छ ।

स्मरणीय छ, पराजुलीलाई प्रधानन्यायाधीश बन्न नदिन र बनेकै अवस्थामा पनि दुई महिना भन्दा बढी समय सो पदमा हन नदिनका लागि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीलगायतले कसरत गरेका थिए । कानूनी आधार नभएको र पूर्वाग्रह पुष्टि भएकोले पराजुलीविरुद्धका सबै प्रयास असफल भएको थियो ।