घटना र विचारको अनलाईन पोर्टल शुभारम्भ

घटना र विचारको अनलाईन पोर्टल शुभारम्भ


२३ वर्षदेखि प्रकाशित हुँदै आएको साप्ताहिक घटना र विचारको अनलाईन पोर्टल शुभारम्भ भएको छ । आज राजधानीमा आयोजित एक विशेष कार्यक्रबीच सम्माननीय कामु प्रधानन्यायाधीश गोपाल पराजुलीले ghatanarabichar.com को शुभारम्भ गर्नुभएको हो ।

कामु प्रधानन्यायाधीश पराजुलीले समाचार प्रकाशन गर्दा सत्यतथ्यमा आधारित हुनुपर्ने उल्लेख गर्दै सत्य समाचार प्रकाशनमा कहिल्यै डग्मगाउन नहुने सुझाव दिनुभयो । घटनार विचारले अनलाईन पोर्टल सुरु गरेकोमा उहाँले शुभकामना दिनुभयो ।

घटना र विचारका संस्थापक प्रधानसम्पादक देवप्रकाश त्रिपाठीले पत्रिका प्रकाशनको आरम्भदेखिका आफ्ना अनुभवहरु सुनाउनुभयो भने शुभसञ्चार प्रा.लि.का अध्यक्ष राजु रिमाल र प्रबन्ध निर्देशक रामेश्वर चौलागाइँले पनि सञ्चार व्यवसायमा आफूहरुले नयाँ पाइला बढाएको भन्दै निश्पक्ष रुपमा व्यवसायिक पत्रकारिताको बढावामा आफूहरु लागिपर्ने प्रतिबद्धता जनाउनुभयो ।

घटना र विचारको अनलाईन पोर्टल शुभारम्भमा नेपाली कांग्रेसका नेता डा. रामशरण महत, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, नेकपा एमालेका नेता शंकर पोखरेल, नेकपा माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठ, वर्षमान पुन, राप्रपाका राजेन्द्र लिङ्देन र राजपाका चन्दा चौधरीले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।

पत्रिकाका सम्पादक बबिता बस्नेतले समारोहमा आमन्त्रिता अिितथि महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

शुभारम्भ कार्यक्रममा नागरिक समाजका अगुवा, राजनीतिकर्मी, समाजेवी, सञ्चारकर्मी एवम् विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको व्यापक उपस्थिति थियो ।