तपाईंको यो साता (साताको राशिफल)

तपाईंको यो साता (साताको राशिफल)


२४–३० जेठ २०७४

Rashifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :
शुभकार्यको चर्चा चल्नेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । अचल सम्पत्तिको कारोबार हुनेछ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । साताको अन्त्यबाट समय प्रतिकूल भई कुलतमा मन जानेछ । मुद्दामामिलामा झुटा आरोप लाग्न सक्नेछ । आर्थिक कारोबारमा विवाद आउनेछ । कुनै शुभकर्म गर्नुपूर्व महाँकालको स्मरण गरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २ र शुभरङ हरियो हो ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :
रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । व्यावसायिक क्षेत्रमा खासै फेरबदल हुँदैन । मित्र वा आफन्तको सहयोगबाट नयाँ कार्यको थालनी हुनेछ । शनिबारबाट घरपरिवारबाट टाढा बस्नेहरूमा अचानक वैराग्यको भावना पलाउन सक्नेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महालक्ष्मीजीको दर्शनगरी आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ६ र शुभरङ सेतो हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :
यो सप्ताह त्यति अनुकूल छैन यात्रामा सावधानी अपनाउनुपर्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुनेछैन । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । सहयोगी हातहरू पछि हट्न सक्छन् । अनावश्यक र दिक्कलाग्दो यात्रा हुनसक्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ, सचेत रहनुहोला । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ७, ९ र शुभरङ कालो हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :
यो सप्ताहमा मिश्रित फल पाइनेछ । दाजुभाइ र बन्धुबान्धवले सकेको सहयोग गर्नेछन् । पेसा वा व्यवसायमा समेत सन्तुष्टि नै हुनेछ । साताको अन्त्यबाट मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो । शुभकर्म गर्नुपूर्व बगलामुखीको ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ३ र शुभरङ सुन्तला हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :
सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । पार्टनरसिपबाट राम्रो फाइदा मिल्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । शनिवारबाट दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि उन्मत्तभैरवको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ वैजनी वा पहेँलो हो ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । रोकिएको धन हात पर्ला । काम गर्ने जोस, जाँगर र हिम्मत बढ्नेछ । साताको अन्त्यबाट व्यवसायमा नोक्सानी व्यहोर्नुपर्नेछ । खर्चको मात्रा बढ्नेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महासरस्वतीको दर्शन गरी गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ कलेजी हो ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :
कला र गलाको प्रभाव बढ्नेछ । वाक्चतु¥र्याइँले सङ्कल्प सिद्घ हुनेछ । धार्मिक यात्राको योग छ । सन्तानसुख मिल्नेछ । घर, जग्गाको करोबारमा सफलता मिल्नेछ । साताको अन्त्यबाट वैदेशिक कार्यमा समस्या देखा पर्ला । मनोरञ्जन र भ्रमणमा खर्च बढ्नेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि पितृदेवको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ५, ६ र शुभरङ आकासे नीलो हो ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :
कार्य सिद्धिको योग छ । पार्टनरबाट सफलता मिल्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढङ्गले सम्पन्न हुनेछ । वैदेशिक व्यापार, कृषि व्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहनेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ पहेँलो वा केसरी हो ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे) :
बोलीको भरमा कार्य सम्पादन हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । चेलीेबेटी र कुटुम्बका काममा सहयोग गर्नुपर्नेछ । नसोचेको ठाउँबाट धनार्जनको सङ्केत छ । बौद्धिक क्षमता बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । वाहान लाभ हुने समय देखिन्छ । शुभकर्म गर्नुपूर्व विष्णु भगवान्को दर्शनगरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ कालो हो ।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि) :
राजनीतिक विवाद बढ्नेछ । यात्रामा सावधानी अपनाउनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । ठूलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । साताको अन्त्यबाट चुनौतीको सामना गर्नुपर्ला । व्यस्तता बढ्नेछ । चिरप्रतिद्वन्द्वीहरूले कार्यमा अवरोध ल्याउनेछन् । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ नीलो हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :
मुद्दा–मामिलामा विजयी प्राप्त हुनेछ । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक कार्यमा सहभागी हुनुपर्नेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । तरल पदार्थमा गरेको लगानीबाट सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि कालभैरवको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ ध्वाँसे वा आकासे हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :
पतिपत्नीबीचको सम्बन्धमा तीतोपन देखिनेछ । बन्दव्यापारमा मन्दी छाउने छ । मुद्दामामिला आइपर्ला । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । शनिबारबाट वैदेशिक कार्य अघि बढ्नेछ । कूतनीतिक नियोगको सहयोग मिल्नेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि वरुण भगवान्का ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ घिउरङ वा गुलाबी हो ।