तपाईंको यो साता (साप्ताहिक राशिफल)

तपाईंको यो साता (साप्ताहिक राशिफल)


Rashifal

२०७४ जेष्ठ १७ देखि २३ गतेसम्म

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :
कुटनीतिक नियोगको सहयोग मिल्ला । वाक्चतु¥र्याइँले सङ्कल्प सिद्घ हुने छ । धार्मिक कार्यमा रुचि बढ्ने छ । कार्यमा सफलता पाइनेछ । अरुको मन जित्न सकिने छ । शुभकार्यको चर्चा चल्ने छ । शनिबारबाट अरुको भर पर्दा धोका पाइने, हानि हुने र विश्वास गुम्ने सम्भावना छ । कुनै शुभ कर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा लाभ मिल्ने छ । यो साताका लागि शुभअङ्क ७ र शुभरङ्ग रातो हो ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :
स्वास्थ्यमा पेटसम्बधी समस्या आउला । घरायसी झमेलामा परिएला । मनमा चञ्चलता बढ्ने छ । बैदेशिक क्षेत्र कमजोर रहला । आफ्नो विचारविपरीत निर्णय हुनेछ । लगानी डुब्ने भय छ । शुक्रबारबाट जोश जाँगर र हिम्मत बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । मृत्युञ्जयय भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ५, ७ र शुभरङ्ग सेतो वा पहेँलो हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :

नजिकको मित्रसँग भेटघाट हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । लाभदायक यात्रा होला । वाहनलाभको योग छ । पार्टनरमा सफलता मिल्ने छ । सेयर कारोबारमा रुचि बढ्ने छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्ने छ । पठनपाठनमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ्ग सेतो हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :
राज्यबाट मान–सम्मान पाइने छ । शुभकार्यको चर्चा चल्ने छ । व्यापारमा रुची बढ्ने छ । अचल सम्पत्तिको कारोबार हुनेछ । बाहन सुख मिल्ने छ । दाम्पत्य जीवन सुखमय हुने छ । शुभकार्यको चर्चा चल्ने छ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुने छ । शुक्रबारबाट प्रेममा मनमुटाव आउने छ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउने छ । लाभदायक यात्रा हुने छ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ्ग सुन्तला हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :
व्यापार व्यवसायमा मन्दी आउला । गलत निर्णय लिनपुगिएला । आँटेको काम बिग्रिएला । पारिवारिक समस्या आउला । कार्यमा व्यवधान आउला । आर्थिक क्षेत्रमा सङ्कट आउला । वैदेशिक कार्य अघिबढ्ने छ । विचार पु¥याएर निर्णय लिनु राम्रो होला । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुने छ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ्ग रातो वा घिउरङ्ग हो ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :
नयाँ काम वा रोजगार पाइने छ । अधुरो काम बन्ने छ । शुभ समचार सुन्नमा आउला । जोश जाँगर र उमङ्ग बढ्ने छ । मान प्रतिष्ठामा वृद्धि होला । पदोन्नतिको सम्भावना छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । वाहनलाभ हुने समय छ । भूमिलाभ रहला । फलफूलको कारोबारबाट प्रशस्त लाभ मिल्ने छ । दुर्गाजीको आरधना गरी यात्रा गर्नाले सफलता मिल्ने छ । यो साताका लागि शुभअङ् ३, ६ र शुभरङ्ग कालो हो ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :
सामाजिक कार्यमा मन जाला । महिला वर्गबाट सहयोग मिल्ने छ । प्रेममा मधुरता छाउने छ । श्रमको उचित मुल्याङ्न हुने छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । शिक्षामा सफलता । कार्यसिद्धिको योग छ । रोकिएको धन हात पर्ला । स्वास्थ्यमा सुधार आउला । इष्टदेवताको स्मरण गरी कार्य आरम्भ गर्नाले सफलता हात पर्ने छ । यो साताका लागि शुभअङ्क २, ६ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :
स्वस्थ्यसम्बन्धी चिन्ता बढ्ने छ । पैतृक सम्पत्तिमा विवाद बढ्ने छ । बैदेशिक क्षेत्र कमजोर रहला । अरुको मन जित्न सफल भए पनि व्यापार व्यवसायमा लगानी नगर्दा वेश होला । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला । महत्वपूर्ण अवसर गुम्न सक्ने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । मनोरञ्जन र भ्रमणमा खर्च बढ्ने छ । कुनै शुभकर्म गर्नुपूर्व यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ्ग हरियो हो ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे) :
शुभकार्यको चर्चा चल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रमाइलो यात्राको योग रहेको छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानुअघि भैरवको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ्ग सिन्दुरे वा पहेँलो हो ।

मकर (भो, जा, जि, जु, जे, जो, खा ,खि, खु, खे, खो, गा, गि) :
आफ्नै मेहनतले काम बन्ने छ । बैदेशिक यात्राको योग छ । आकस्मिक धनलाभ हुनेछ । तिर्थाटनको योग छ । धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्ने छन् । सवारीसाधनको खरिद बिक्री हुने छ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुने छ । बोलीको भरमा कार्य सम्पादन हुने छ । कुनै शुभकर्म गर्नुपूर्व सिद्धिविनायकको ध्यान गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ३ र शुभरङ्क नीलो हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :
चुनौतीको सामना गर्नुपर्ला । साथै सामान हराउन सक्ने छ । मनोरञ्जन र भ्रमणमा खर्च बढ्ने छ । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रने छ । शनिबारबाट घरजग्गाको करोबारमा सफलता मिल्ने छ । कामगर्ने जोशजाँगर र हिम्मत बढ्ने छ । शुभकार्यको चर्चा चल्ने छ । कला र गलाको प्रभाव बढ्ने छ । शुभकर्म गर्नुपूर्व कूलदेवताको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ्ग हरियो हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :
अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । शुभ समाचार सुन्न पाइएला । आँटेकोे र ताकेको कार्य पूरा होला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । शनिबारपछि व्यवसायमा मन्दी आउला । सरकारी निकायको भय रहला । सानातिना समस्यामा अल्झिनुपर्ने छ । शुभकर्म गर्नुपूर्व सूर्यको दर्शन गरी यात्रा आरम्भ गर्दा सफलता प्राप्त हुने छ । यो साताका लागि शुभअङ्क ३, ६ र शुभरङ्ग सुन्तला वा सेतो हो ।

Narayan Dulal

– पं नारायण प्रसाद दुलाल (जेतिषाचार्य, वास्तुविद्)
फोन : ९८५११०१३७३