१२ आश्विन २०७९, बुधबार

पात्र भद्रकाली मिश्र

  प्रकाशित मिति
५ जेष्ठ २०७४, शुक्रबार ०५:१७


sn-karki-5

– स्वयम्भूनाथ कार्की

राणा–काङ्ग्रेस संयुक्त सरकार र त्यसपछि बनेका निकै सरकारमा लगातार बनेजसो सरकारमा स्थान लिन सफल भद्रकाली मिश्र बीपीका मनपरेका व्यक्ति भने थिएनन् । तैपनि भद्रकाली मिश्रलाई मन्त्रिमण्डलमा राख्न बीपी विवश भएका थिए । दिल्लीमा प्रारूप बनेको मन्त्रिमण्डलमा बीपीमाथि भद्रकाली मिश्रलाई राख्न तीव्र दबाब परेको थियो । तर, बीपी भद्रकाली मिश्रलाई राख्न चाहिरहेका थिएनन् । तराईबाट लिनैपर्ने भन्ने दबाब थाम्न उनले अर्को पात्र चयन गरेका थिए, रामेश्वरप्रसाद सिंह अर्थात् रामेश्वर बाबु । तर, रामेश्वर बाबु दिल्लीमा थिएनन्, उनलाई बोलाउन बीपीले लगातार टेलिग्राममाथि टेलिग्राम दिए तैपनि रामेश्वर बाबु आएनन् । जुन बेलामा ठूला–ठूला नाम आफूलाई त्यो मन्त्रिमण्डलमा सामेल गराउन अनेकौँ प्रयत्न गरिरहेका थिए, नेहरूलगायतका भारतीय नेताहरूबाट बीपीलाई दबाब दिइरहेका थिए, त्यसबेला मन्त्रिमण्डलमा सम्मिलित हुन लगातार बोलाइएका रामेश्वर बाबु भने बोलावटको उपेक्षा गरिरहेका थिए ।

किताबको परिच्छेद ३२ मा बीपी भन्छन्, ‘अब ममाथि के दबाब परिरहेको छ भने भद्रकाली मिश्रलाई लिऊँ । भद्रकाली मिश्रले विरोध गरेको थियो ।’ भद्रकाली मिश्रप्रति यति नकारात्मक हुनुपर्ने कारण बीपी खुलाउँछन्– मिश्रले काङ्ग्रेसको सङ्घर्षमा हिंसा भयो भनेर त्यसको विरोध गरेका थिए । त्यसैले उनी भद्रकाली मिश्रभन्दा त्यही सङ्घर्षको विरोघ गर्ने समूहको रामनारायणलाई लिन ठीक भन्ने सोचमा पुगेका थिए । तर, बीपीले भद्रकालीलाई रोक्न सकेनन् । त्यो मन्त्रिमण्डलमा मात्र होइन पछि टंकप्रसाद आचार्यले आफ्नो प्रधानमन्त्रीत्वमा अन्य व्यक्तिहरू नभेटुन्जेल हरेकजसो मन्त्रिमण्डलमा तराईवासीको एकलौटि प्रतिनिधित्व भद्रकाली मिश्रको नै रह्यो । बीपीले चाहेर अनि प्रयत्न गरेर पनि मिश्रलाई रोक्न सकेनन् । बीपीको मिश्रलाई रोक्ने दुवै राम अस्त्र अर्थात् रामेश्वर र रामनारायण असफल नै भए ।

किताबअनुसार मिश्र बिहारको शिक्षामन्त्री डा. महमदको बाहिरपट्टिको घरमा बस्थे । पटनामा एम.ए. पास गरेको वा पढ्दै गरेकोमा भने बीपी अलमलमा देखिएका छन् । बीपीलाई मिश्र मन नपर्नुका अन्य पनि अनेक कारण हुन सक्छन्, मन नपरे पनि सामेल गर्न परेको पनि अनेक कारण हुन सक्छन्, तर किताबमा उल्लेखित कुराले भद्रकाली मिश्र सूर्यप्रसाद उपाध्याय (सूर्यबाबु) जत्तिकै प्रभावशाली थिए । त्यसैले सोही परिच्छेदमा अगाडि भन्छन्, ‘गान्धीवादी आन्दोलन हुनुपर्छ भनेर हामीले गरिरहेको सङ्घर्षलाई गलत कुरो हो भनेर प्रचार गरिरहेका थिए । सूर्यबाबुका त्यसबेलामा पर्चाहरू निस्केका छन् । यी कुराहरू गणेशमानजीलाई ज्यादा याद रहन्छन् । मेरो त उदार प्रवृत्ति रहन्छ, म बिर्सिन्छु अर्काले गरेको ममाथिको अन्याय ।’

Bhadrakali Mishra भद्रकाली मिश्र

यस्ता पात्र धेरै कम छन् जसले त्यसबेलामा लगातार बीपीसँग मतभिन्नता राखेको होस् अनि प्रभावशाली स्थान पनि कायम राखेको होस् । अन्य पात्रहरू कुनैबेला बीपीनजिक र कुनैवेला बीपी टाढा भएका देखिन्छन् भने किताबभरि कतै पनि भद्रकाली मिश्र बीपीनजिक भएको देखिँदैन । जब सरकारप्रमुख र पार्टीप्रमुख एकै व्यक्ति हुन नहुने अर्थात् एक व्यक्ति एक पदको सिद्धान्त प्रतिपादन गरियो यसलाई अङ्गीकार गर्न जनकपुर महधिवेशन भयो । मातृका पार्टी अध्यक्ष पद छोडेर त्यसमा बीपीलाई स्थापित गराउन वचनबद्ध र कटिबद्ध थिए । उनैले बीपीको नाम प्रस्तावित गरे, त्यसको तीव्र विरोध भद्रकाली मिश्रलगायत १०–१५ जनाले गरे । यहाँसम्म कि उनीहरू सम्मेलन नै छोडेर हिँडे अनि अर्को काङ्ग्रेस बनाए । सम्भवत यो नै नेपाल तराई काङ्ग्रेसको विजारोपण थियो ।

एकपटक काङ्ग्रेस छोडेर गइसकेपछि भद्रकाली मिश्रको बीपीसँग सहकार्य नभएको भने होइन । परिच्छेद ४० मा संयुक्त मोर्चा बनाएर चुनावको माग गर्ने आन्दोलन गरेको प्रसङ्ग छ । त्यो प्रसङ्गमा संयुक्त मोर्चामा अर्कोतर्पmका प्रतिनिधिको रूपमा टुरमा भद्रकाली मिश्र गएका थिए । मोर्चाका सहयात्रीहरूको बारेमा बीपी भन्छन्, ‘यिनीहरूसँग न मान्छे छन्, न केही हुन्, केही थिएन । हामीहरूले नै यिनीहरूको झन्डा पनि बनाइदिनुपर्ने, हामीहरूकै भोलेन्टियरहरूबाट बोल्न पनि लगाउनुपर्ने ।’ संयुक्त मोर्चामा भौतिक तथा बन्दोबस्तीय सहयोग ठूलो हिस्सेदारले गर्नु त्यति अस्वाभाविक लाग्दैन, तर कुनै अर्को पार्टीको तर्पmबाट कुनै पार्टीले आफ्ना कार्यकर्तामार्पmत बोल्न लगाउनु भनेको कल्पना गर्न नसकिने कुरा हो । यस्तो हुन कि त ज्यादा सङ्ख्या देखाउन नाम मात्र सामेल गरेको हुनुप¥यो कि कसैको ठूल्दाजु हैकम हुनुप¥यो वा त्यस्ता राजनीतिक पार्टी कागजी मात्र हुनुप¥यो ।

भद्रकाली मिश्रसँग बीपीको चिढको परकाष्टा त्यसवेला देखिन्छ जब उनी मिश्रलाई सानो मान्छे उठाएर त्यसैद्वारा हराउन चाहन्छन् । परिच्छेद ४३ मा बीपी भन्छन्, ‘एउटा राजपूत थियो, जो पछि क्यान्सर भएर म¥यो, बडो नामी र योग्य हाम्रो मान्छे थियो, ऊ हाम्रो जिल्ला अध्यक्ष थियो । मैले भनेँ– कुनै कम उच्चवर्गको मानिसलाई टिकट दिनुपर्छ । भद्रकालीको खिलाफ त्यो सिंह तयार भइरहेको थिएन, कोही तयार भइरहेको थिएन । यस्तोमा जलेश्वरको मिटिङमा आएको ‘नचिनेको, कालो, पत्यारनलाग्दो’ मान्छेलाई बीपीले टिकट दिए । नभन्दै त्यो बीपीले पत्यारनलाग्दो भनेको वेणीमाधव सिंहले भद्रकाली मिश्रलाई चुनावमा पछारे । भद्रकाली मिश्रको बीपीको आत्मवृत्तान्तमा एक उल्लेख्य भूमिका देखिएको छ जसले बीपीलाई हमेसा चुनौती दिएर तराईवासीको प्रतिनिधित्व लामो समयसम्म एकलौटि गर्न सके ।


0
Shares

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

– रामहरि जोशी दिल्ली सम्झौतापछि नेपालमा प्रजातन्त्र बहाली भयो र मोहनशमसेरकै नेतृत्वमा काङ्ग्रेसहितको सरकार बन्यो । पार्टी सरकारमा गएको केही

■ स्वयम्भूनाथ कार्की बीपीको जीवन र राजनीतिक आरोह–अवरोहमा कृष्णप्रसाद भट्टराई अर्थात् किसुनजीको भूमिका के–कस्तो छ वा नेपाली काङ्ग्रेसमा किसुनजीको महत्व

– स्वयम्भूनाथ कार्की परिच्छेद ३१ मा सीपीएन सिन्हाले बीपी, मातृका र सुवर्णलाई बोलाएर भेटेको प्रसङ्ग छ । यो प्रसङ्गमा राजा,

– स्वयम्भूनाथ कार्की कुनै पात्रको उल्लेख गरिँदा यसरी भाग लगाएर गरिने कुरा अलि अनौठो लाग्नु स्वाभाविक नै हो । तर,