राजा ज्ञानेन्द्र, कांगेस, एमाले, माओवादी, धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता-दीर्घराज प्रसाई

राजा ज्ञानेन्द्र, कांगेस, एमाले, माओवादी, धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता-दीर्घराज प्रसाई


नेपाललाई चारवटा रोगले आक्रान्त बनाएको छ । १) क्यान्सर, २) करप्सन, ३) क्रिस्चियन र ४) कम्युनिष्ट (२०६२ सालमा दिल्लीमा १२ बुँदे सहमति पछिका) । यी रोगहरुबाट कसरी नेपाललाई बचाउने ? २०६३ सालको जनआन्दोलनमा राजासँग सहमति गरेर आन्दोलन रोकिएपछि यिनीहरुले राजा र जनतालाई धोका दिएर धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता लाध्न खोजेका दिनदेखि नेपाल ठूलो संकटमा परेको छ । ब्याप्त भ्रष्टाचार र अनेकौं रोगहरुबाट मुक्त हुन अभियान संचालन गर्नुपर्ने बेलामा कम्युनिष्टको नाममा नेपाललाई क्रिस्चियनकरणको रोगले ग्रसित गरेको छ । २०६३ सालपछिका देशद्रोही नेताहरुले देशलाई यस्तो संकटग्रस्त बनाइएको छ कि अब यसरी अत्याचारको पराकाष्ठा सहेर कोही पनि बसिरहदैनन् । भनिन्छ- बिरालालाई कोठामा थुनेर कुट्न लागियो भने उल्टो बिरालाले नै उसको घाँटी समात्न सक्छ । लोकतन्त्रको नाममा नेपालका कांग्रेस, एमाले, माओवादी नेताहरुले नेपाली जनतालाई दिएका अनेकौं धोकाहरुबाट यस्तै हुँदैछ नेपालमा । विदेशीहरुको इशारामा यहाँका केही राष्ट्रद्रोही नेताहरुले प्रशस्त पैसा खाएर यो पूण्यभूमिमाथि लात हानेका छन् । नेपाललाई धर्मनिरपेक्ष बनाएर क्रिस्चियनकरण गर्ने, गणतन्त्र र संघीयताबाट नेपाल टुक्र्याउन विदेशीको एजेण्डालाई सहयोग पुर्‍याइरहेका छन् । यिनीहरुलाई राष्ट्र डुबे पनि कुनै लाज छैन । यिनीहरुले नेपाली जनतालाई बिरालालाई कोठामा थुनेको जस्तो गरेर महंगी, अभाव, असुरक्षा, हत्या, अपहरण, लूट्, बलात्कार आदिबाट अराजकतालाई संस्थागत गरेका छन् ।

नेपालमा अहिले कोही सुरक्षित छैनन् । नेपालका संचार माध्यमहरु, गैरसरकारकारी संस्थाका अगुवाहरु, नागरिक समाज, मानव अधिकारवादीहरु सबै सत्ताका दलाल मात्र छन् । पूर्वाग्रही बनेकाले उनीहरु पनि सरक्षित छैनन् । उनीहरु सत्ताको अनुहार हेरेर बोल्ने गर्छन् । तर यी नेताहरुले विदेशीहरुबाट सुरक्षित रहेको ठानेका छन् । यिनीहरु सँधै राष्ट्रघाती एजेण्डाको रिहर्सल गरी गरी बोल्ने गर्छन् । यिनीहरुलाई थाहा छ- धर्मनिरपेक्ष भनेको आतंकवाद निम्त्याउने, गणतन्त्र भनेको विखण्डन र संघीयता भनेको सामन्तशाहीको जग बसाल्ने घातक अस्त्र हो । तर कांग्रेस, एमाले, माओवादीका केही नेताहरु अझै त्यसैको वकालत गर्दैछन् । नेपाल डुबाउन कथित ठूला पार्टीका नेताहरु उदत्त भएकालेे पार्टीभित्रका सबै कार्यकर्ताहरु र स्वतन्त्र नेपाली जनता आजित भइसकेका छन् । कांग्रेस, एमाले, माओवादीभित्र अधिकांक्ष राष्ट्रवादीहरु छन् । मधेसी पार्टीभित्र सारा देशभक्तहरुको जमात छ । तर मधेसी पार्टीहरुमा जति नेता छन् ती सबै भारतीय गुप्तचरका एजेन्ट भएको र उतैबाट रकम ल्याएर तराईबासीहरु बीचमा फुट ल्याएर सार्वभौम नेपाललाई डुबायन खोजेको सारा तराईवासीले बुझ्न लागेका छन् । अब देशभक्त नेपालीहरु जो जहाँ भए पनि देशद्रोहीहरुको बिरद्ध जाइलाग्न सचेत बन्दैछन् । यसरी कति दिन राष्ट्रघाती अपराधीहरुको अत्याचार सहेर बसिरहने ?

समयले पाटो फेरिसकेको छ । हिजो भारतले नेपाललाई कब्जा गर्न अनेकौं हतकण्डा अपनायो । २०५८ पछि राजा ज्ञानेन्द्रबाट सत्ता नपाएर छटपटि्टएका कांग्रेसका नेता गिरिजा, एमालेमा नेता माधव नेपाल, कांग्रेस र माओवादीका नेता प्रचण्ड र बाबुराम भट्टराईहरुलाई सत्ता दिलाइदिने आश्वासन दिएर २०६२ सालमा १२ बुँदे सहमतिमा संयुक्त हस्ताक्षर गराएर त्यसैको आधारमा जनआन्दोलनमा सरिक गराएको थियो । नेपाललाई भष्टाचारमा चुर्लुम्म डुबाएर देश डुबाउनहरुमा विदेशी हस्तक्षेप निम्त्याउने पञ्चायतकालका सूर्यबहादुर थापा, नेपाली कांग्रेसका गिरिजा र शेरबहादुर देउवा नै हुन् । त्यसमा पनि २०४८ सालदेखि २०६५ सालसम्मको मूल्यांकन गर्दा गिरिजाप्रसाद जस्तो भ्रष्ट र एक नम्बरको देशद्रोही अरु कोही नहोला । तैपनि कतिपय कांग्रेसका कार्यकर्ताहरु उनलाई महान नेताकोरुपमा चर्चा गर्नेगर्छन् । जबकि पद र पैसाको लागि जोसँग पनि हात मिलाए । देश डुबाउने कामबाहेक नेपालको हितमा गिरिजाले एउटा पनि काम गरेनन् ।

कांग्रेस र एमालेको कुशासनको बिरुद्ध लडेका माओवादी नेताहरु पनि तिनै कांग्रेसी र एमालेसँग हात मिलाउन पुगे । राजनीतिमा यो भन्दा ठूलो लज्जास्पद घटिया कुरा के हुनसक्छ ? नेपालमा राजा रहेसम्म नेपाललाई आफ्नो कब्जामा राख्न सकिँदैन भन्ने भारतले बुझेको थियो । राजासँग सम्झौता गरेर २०६३ वैशाख ११ मा जनआन्दोलन रोकिएको अबस्थादेखि नै राजा र नेपाली जनतालाई धोका दिएर नेपाललाई कब्जा गर्न भारत षडयन्त्ररत थियो । भारतीय गुप्तचर संस्थाले जे जे भन्छ त्यही गर्नमा नेपालका आन्दोलनकारी नेताहरु तम्तयार भएकाले जनआन्दोलन रोकिएको एक महिना नपुग्दै जेष्ठ ४ गते राजसस्थाको निरन्तरता गर्ने भन्दै भारतकै इशारामा धर्मनिरपेक्ष राज्य धोषित गरियो । धर्मनिरपेक्ष घोषित भएपनि जनता टुक्रिन्छन् र राजालाई पाखा लगाउन सजिलो हुन्छ भन्ने षडयन्त्रको बिजारोषण भारतीय गुप्तचर संस्था ‘रअ’ को को नै निर्देशनमा भएको थियो । हिन्दू र बौद्धबिच फुट ल्याएपछि मुसलमान, केही क्रिस्चियन धर्ममा आवद्ध जनता धर्मनिरपेक्षको पक्षमा लड्छन् । त्यसमा पनि गाईको मासु खानेहरु मध्येका केही मुस्लिम, शेर्पा, तामाङ र जनजातिका अगुवाहरुलाई पैसा दिएर हिन्दू तथा बौद्धको बिरद्ध धर्मनिरपेक्षको समर्थनमा उनीहरुलाई देशी-विदेशी क्रिस्चियनहरुले उग्र बनाए । कस्तो षडयन्त्र ?

‘हत्यारा अपराधीको नाम लिँदा मात्र पनि, पक्राउ पर्छ निर्दोषी दोष यस्को छ कि भनी’ महाकवि भवभूतिले लेखेको कविता झैं नेपालका राष्ट्रघाती विदेशी दलालहरुको खुलेर चर्चा गर्दा आफै फटाहा हुनसक्ने अबस्था छ । किनकि यहाँ देश बचाउने र नेपालको पहिचान कायम राख्ने कुरा गर्नु नै अपराध ठान्न थालिएको छ । अहिले नेपालमा दिउँसै रात परेको छ । सत्य सबै झूट र झूट सबै सत्यमा परिणत गराउन खोजिँदैछ । २०६३ सालपछिका पार्टीका १५/२० जना दलाल नेताहरु र नागरिक समाजका ५।७ जना भ्रष्ट फटाहाहरुले जे भने पनि संचार माध्यमहरुले प्रसारण गर्ने गर्छन् । उनीहरुले जति कुरा फेरेर फटाइं बोलून् त्यसको परवाह पत्रकारहरुलाई छैन । यसरी दिउँसै रात बनाउनमा संचार माध्यमको ठूलो हात छ । विदेशी गाँठ खाएकाहरुले यसो गरेरनन् भने पत्रकारहरुको जागिरै गुम्ने डर हुँदो हो । धिक्कार छ- यसता देशबेचुवाहरुलाई ! स्थिति यस्तो बनाइएको छ कि हामी राष्ट्रवादीले जतिसुकै राम्रो भनेता पनि त्यो कतैबाट सुनाइ हुन्न । योभन्दा राष्ट्रलाई धोका के होला ?

अमेरिकाको हस्तक्षेपको फेरिहस्त यसरी प्रारम्भ भयो । नेपालका राजा स्वभावैले हिन्दु अधिराज्यको समर्थक हुनेहुँदा धर्मनिरपेक्ष घोषणा गरिएपछि अमेरिका खुलेर भारतीय डिजाइनलाई समर्थन गर्दै नेपालमा ओर्लियो । धर्मनिरपेक्ष घोषाण भएपछि जबर्जस्ती राजालाई लखेट्ने काम गरिएपछि राजाको पक्षमा जनता बोल्दैनन् भन्ने एजेण्डालाई दाउ हेरर बसेको अमेरिका पनि नेपाललाई आधार इलाका बनाएर फ्री तिब्बतको नाममा चीन हान्न सकिन्छ र नेपाललाई क्रिस्चियनकरण गराउन सजिलो देखेर आर्थिक श्रोतकासाथ बेलायतलगायत यूरोपियन युनियन्का राष्ट्रहरुले पनि धर्मनिरपेक्ष र गणतन्त्रको समर्थन गर्दै नेपालमा सरिक हुन आए । विदेशीहरुको आडमा कांग्रेस, एमाले माओवादीलाई कति सजिलो भयो धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता घोषणा गर्नलाई ? यसरी सारा विश्वशक्ति लागेपछि राजा ज्ञानेन्द्रले पनि नारायणहिटी छोड्नुबाहेक अरु विकल्प थिएन । विदेशीको आड र पैसाको अगाडि राजनीतिक चरित्रको के लाग्छ ? कसरी राष्ट्रघात गनृ सकिन्छ भन्ने पाठ सिकाए हाम्रा नेताहरुले विश्वलाई । यिनीहरुको षडयन्त्र यस्तो थियो- उसबेला । संविधान बन्नु कहाँ छ कहाँ- यिनीहरुलाई पहिले नै धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता घोषणा गर्नु पर्ने ? सम्झौतालाई धोका दिएर प्राकृतिक न्यायको सिद्धान्त बिपरीत राजा ज्ञानेन्द्रलाई बन्चित गर्ने ? यो कस्तो न्याय हो ?

कस्तो संविधान बन्छ ? कसरी अगाडि जाने ?- नेपालको पहिचान र प्रतिष्ठा कसरी बचाउने भन्ने कुरा प्रशस्त छलफल गरेर जनताको अभिमत लिएर नेपालको हितमा जे जस्तो घोषण गर्ने हो त्यो घोषणा गर्न सकिने कुरा हो । तर पहिले नै जनताको अभिमतबिना धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता घोषणा गरिने थियो भने किन संविधानसभाबाट संविधान बनाउने भन्ने ? त्यसोभए जे गर्दा पनि भइगयो नी ! देश लेट्ने, ब्रम्हलुट मच्चाउने, जनता मार्ने, देशको प्रतिष्ठामाथि लात हान्ने, सार्वभौम नेपालको अस्तित्व समाप्त पार्नबाहेक अहिलेका पार्टीका नेताहरुले के काम गरे ? यस अवस्थामा त्यस्ता अपराधीहरुलाई कुन देशमा सजाय भएको छैन ? यस्तो अबस्था नेपालमा कहिले आएको थिएन । विदेशीहरुले एकलौटी यहाँका पार्टीका नेताहरुलाई समिटेर अगाडि बढाएकाले सबै कुरा उनीहरुले चाहेबमोजिम भइरहेको छ । यी सबै षडयन्त्रहरु बुझेर चीन पनि स्रोत साधनकासाथ नेपालमा पस्न लागेको छ । हामीलाई डर छ अब भारत, अमेरिका र चीनको तानातान्मा नेपाल एक रणभूमिमा परिणत हुँदैछ । अतः स्वदेशी दलालहरु र विदेशीहरुको स्वार्थमा नेपालीहरुले अत्याचारको पाराकाष्ठाको च्यापोमा पर्ने स्थिति आउदै भएको अबस्था बुझेर देशभक्त राजा ज्ञानेन्द्रबाट आजित भएर २०६८ साल असार २३ गते आफ्नो जन्मदिनको उपलक्षमा हृदयस्पर्शी वक्तव्य दिएको छ । राजाको अभिव्यक्तिबाट पार्टीभित्रका र बाहिरका विदेशी एजेन्ट अत्ताल्लिएका छन् । उनीहरुले धम्कीको भाषामा भन्न लागेका छन्- यस्तो कुरा राजाले बोल्न पाइँदैन ।

असार २३ गते राजा ज्ञानेन्द्रबाट पत्रकारहरुसमक्ष निर्धक्क भएर व्यक्त भएका विचारहर यस्ता थिए- ‘२०६३ बैशाख ११ गतेको घोषणाको पाँच वर्षभन्दा बढी समय सम्म पनि मेरो त्यो त्याग र सदासय फलिभूत भएको अनूभूति नेपाली जनतामा मैले पाइरहेको छैन । नेपाल र नेपालीको भविष्य र भाग्यको मार्ग रेखा नेपालीले कोरुन् भन्ने नै मेरो भित्री अभिलाषा हो । तर आफ्नो, आफ्ना पुर्खाको र स्वाभिमानी नेपालीको चाहनाले विगत पाँच वर्षभित्र कूनै मूर्तरुप लिन सकेको छैन । यस्तो अबस्था आउला भनेर गद्दी छाडेको थिईंन । मैले जुन अबस्थामा गद्दी छाडेको थिएँ यस्तो होला जस्तो लागेको थिएन । मलाई स्वतन्त्र राष्ट्र नेपालको माया छ । । म जुनसुकै हैसियतमा पनि नेपालको स्वतन्त्रता र अखण्डताको विमित्त समर्पित हुनेछु ।’ यद्यपि राजाले विदेशीहरुको इशारामा दलका पाखण्डी नेताहरुबाट धोका खाएर देशमा रक्तपात हुने अबस्था आउनसक्छ भनेर वाध्यताकासाथ मुकुट छोडेको सत्य कुरा भनिनु पर्थ्यो । यो सत्य थियो कि गणतन्त्रको घोषणा वैधानिकता थिएन । तर राजाले त्यसो भन्न चाहेनन् । राजा ज्ञानेन्द्रलाई मान्छेहरु निरंकुश भन्छन् । तर उहाँमा निरंकुशता र जनतालाई दुःख दिने आवास देखिँदैन । ‘अशोस्थामा हतोहतः’ भनेर महाभारतमा प्रयोग भएको एजेण्डा जस्तो राजा ज्ञानेन्द्रलाई स्वदेशी विदेशी षडयन्त्रकारीहरुले राजा ज्ञानेन्द्रलाई त्यस्तै उल्लिबिल्ली पारेर निरंकुश राजाकोरुपमा परिणत गराउन खोजेका थिए जुन अहिले सबै झूठो साबित हुन पुगेको छ ।

अब लथालिङ्ग भएको यो राष्ट्रलाई ठीक बाटोमा ल्याउन अरु कोही होइन, राजा ज्ञानेन्द्रबाट मात्र सम्भव छ । किनकि राजा ज्ञानेन्द्रलाई के र देशको सबै अबस्थाको जानकारी छ र कसरी देशलाई सम्हाल्न सकिन्छ भन्ने उहाँसँग अनुभव छ । एउटा सुखत पक्ष के छ भने राजा ज्ञानेन्द्रमा कसैप्रति कुनै पूर्वाग्रह पनि छैन । सबै पक्षलाई मिलाएर लाने क्षमता छ । यस अबस्थामा सबै पार्टीहरुबाट राजा ज्ञानेन्द्रको राष्ट्रवादी वचनवद्धतालाई शिरोपर गर्न सक्नुपर्दछ । अतः राजा ज्ञानेन्द्रको मध्यस्थतामा सबै पार्टी र पार्टी बाहिरका देशभक्तहरुले २०४७ सालको संविधानमा टेकेर नयाँ मन्त्री परिषदको गठन गरेर त्यसैबाट मुलुकको निकाश खोज्नुपर्दछ । नेपाली कांग्रेसका नेता प्रकाश कोइराला (बीपी कोइरालाका जेठा सुपुत्र) ले एक अंग्रेजी पत्रिका पिपुल्स् रिभ्यूमा यही असार २३ गते भनेका छन् -‘नेपालीहरुले बुझेका छन् कि राजसंस्था नेपालको सार्वभौम सत्ता, एकता, शान्ति, सुरक्षा,को लागि अद्वितीय स्रोत मानेकाले नेपाली जनताले राजसंस्था ल्याइछाड्ने छन् । यहाँ कुनै संविधान बन्दैन । २०४७ सालको संविधान ब्यूँताएर देश बचाउनेबाहेक कुनै विकल्प छैन ।’ अतः हामी सबैको चहाना हो- राजा सहितको सहमतिमा सारा व्यवस्था मिलाएर संसदीय निर्वाचन गराएर निर्वाचित संसद र त्यसपछिको मन्त्रीपरिषदबाट देशभित्रका ब्याप्त भ्रष्टाचार र विदेशी हस्तक्षेपबाट मुक्त भएर यो पूण्यभूमिलाई बचाउन सकिन्छ । त्यसैले अबको विकल्प वा वाध्यता हों- २०४७ सालको संविधानमा फर्किएर राष्ट्रलाई मार्ग दर्शन गर्नु । अरु कुनै विकल्प छैनन् ।
Click on the link below to view the Ex King’s 65 Birthday’s video :
http://www.youtube.com/watch?v=MY1sFktscJw
The author can be reached at- [email protected]