महिला हिँसा रोक्न पुरुषहरूको पनि भूमिका आवश्यक – बन्दना राणा

महिला हिँसा रोक्न पुरुषहरूको पनि भूमिका आवश्यक – बन्दना राणा


IMG_7091csukget together16नेपालमा संचारकर्मीको रुपमा आफूलाई अघि बढाउँदै महिला विरुद्ध हुने विभेदको अन्त्य गर्ने अभियानमा लागेकी महिला अधिकारकर्मी बन्दना राणाले विश्वसामू नै आफू र आफ्नो देशको नाम उच्च राख्न सफल भएकिछिन् । हाल उनी महिलाविरुद्ध हुने विभेद अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति सदस्य Committee on the Elimination of Discrimination Against Women (CEDAW)मा निर्वाचित भई यही जनवरी सन् २०१७ देखि सन् २०२०सम्मको लागि उनले आफ्नो कार्यभार सम्हालेकी छन् । ११ सदस्य रहने सो समितिमा राणाले १ सय ६ मत ल्याएर छैठौं स्थान प्राप्त गर्न सफल भएकी थिइन् । ८९ देशले भोट गर्न पाउने उक्त पदका लागि १५९ जनाले भोट गरेका थिए भने २६ देशका महिलाहरूले प्रतिस्पर्धा गरेका थिए ।

महिलाविरुद्ध हुने हिँसा सम्बन्धमा सेल्टर र प्रोटेक्शन अर्डरसम्बन्धी आफ्नो रिपोर्ट तयार गरिरहेको लन्डन स्कुल अफ इकोनोमिक्सले केही विज्ञहरूको धारणा बुझ्नको लागि आयोजना गरेको मिटिंगमा सहभागी हुन राणा लन्डन आइपुगेकी थिर्इन् । यसअघि सन् २०१५मा र सन् २०१६ नोभेम्बरमा पनि बेलायत सरकारले आयोजना गरेको सेक्सुयल भायलेंस सम्बन्धी कन्फरेन्समा राणाले सहभागिता जनाइसकेकी छिन् ।

लन्डन बसाइको क्रममा भएको एक कुराकानीमा राणाले नेपालको लागि यो पदमा पुग्ने आफू पहिलो व्यक्ति भएको र यसका लागि आफूले पनि निकै ठूलो संघर्ष गर्नु परेको बताउँदै यसबाट नेपाललाई अवश्य फाइदा पुग्ने उल्लेख गरेकी थिर्इन् । नेपालको तर्फबाट आफूलाई उमेद्वारको रुपमा चयन गरे तापनि उक्त पदमा विजय प्राप्त गर्ने बारेमा भने कमै आशा गरिएको पनि उनले बतार्इन । तपाईं उक्त पदमा पुग्दा नेपालले के फाइदा लिन सक्छ त भन्ने प्रश्नमा उनले, वास्तवमा आफूले नेपालको लागि मात्र नभएर सम्पूर्ण मुलुकमा भएका र घटेका विभेदहरूको अन्त्य गर्ने विषयमा आवाज उठाउने र त्यसको समाधानको प्रयास गर्नुपर्ने भएकोले आफू निष्पक्ष र स्वतन्त्र रुपमा अघि बढ्ने भए तापनि आफ्नो देशको उमेद्वार त्यस पदमा रहेकोले विभिन्न कुराहरूमा आफूले घचघच्याउने लगायतका आवश्यक सल्लाह र सुझावको बारेमा अघि बढ्न सजिलो हुने उनले बतार्इन् । विगतको प्रसंगलाई कोट्याउँदै उनले भनिन् …सन् २०१५मा नेपालले बुझाउनुपर्ने (CEDAW) को रिपोर्ट महाभूकम्पका कारण १ वर्षका लागि पछि सारिएको थियो, जसलाई सन् २०१६ को जुन महिनासम्ममा पनि नबुझाइएको र पार्लियामेन्टको एक समितिमा रोकिएर रहेको अवस्थामा रहेकोले आफू निर्वाचित भैसकेपछि त्यसलार्इ कार्यान्वयन गर्न दवाब दिएका कारण भर्खरै मात्र त्यसलाई अनुमोदन गरिएकोछ । त्यस्तैगरी नेपाल सानो र गरीब मुलुक भएको र त्यहाँका मानिसहरू अशिक्षित छन् भन्ने जस्ता विश्वसामु रहेको अवधारणाहरूलाई आफूले स्पष्ट पार्दै नेपालमा पनि शिक्षित र योग्य व्यक्तिहरू छन् र नेपाल पनि अरु मुलुकभन्दा कम नरहेको भन्ने कुरालाई प्रमाणित गर्नको लागि आफूले महत्वपूर्ण भूमिका निभाउने छु ।

आफू नेपालको हो भनेर चिनाउँदा कतिपय मुलुकहरूले आश्चर्य व्यक्त गरेको प्रसँग पनि उनले कोट्यार्इन् । नेपालमा हुने गरेका महिला हिँसा र भेदभावको मुख्य कारण के हो त भन्ने प्रश्नमा उनको धारणा थियो…..मुख्यतया पितृसतात्मक सोच र आर्थिक स्वावलम्भी हुन नसक्नु नै प्रमुख कारण हो । बाल यौन हिँसा, साइवर क्राइमजस्ता विभिन्न अपराधहरूको बढ्दो प्रभावका कारण यसलाई महिलाले मात्र नभई प्रत्येक घर घरबाट अनि सबै पुरुषहरूबाट पनि तेत्तिकै सहोगको आवश्यकता पर्दछ, विगतको तुलनामा निकै परिवर्तन भइसके पनि यसको अन्त गर्न अँझै निकै समय लाग्ने हुन्छ ।

banner for print copyकरीब तीन दशक यस क्षेत्रमा बिताइसकेकी राणा “वुमन अफ द इयर”बाट पनि सम्मानित भइसकेकी छन् । त्यस्तै गरी “ग्लोवल नेटवर्क अफ वुमेन शेल्टर” तथा “ग्लोबल नेटवर्क अफ वुमेन पीसबिल्डर्स” को समेत राणा अध्यक्ष्य रहेकी छन् । सन् १९९५मा चीनको राजधानी बेइजिंगमा भएको विश्व महिला सम्मेलनको प्रभावका कारण नेपालमा सन् १९९६मा संचारिका समूह गठन गरी सन् १९९८ को पहिलो निर्वाचनबाट अध्यक्ष्य बनेकी राणाले दुई कार्यकालसम्म अध्यक्ष्यको भूमिकासमेत निर्वाह गरिसकेकिछिन् ।

-नरेन्द्र बस्नेत, गुर्खा रेडियाे यूके