राजदूतबाट कसैलार्इ काखा र कसैलार्इ पाखा नगर्ने वचनवद्धता

राजदूतबाट कसैलार्इ काखा र कसैलार्इ पाखा नगर्ने वचनवद्धता


राजदूतका नेपाली राजनैतिक पार्टीनेताकाे जस्तै मन्तव्य शैली
15419533_10154798285474282_8999414419309289071_oलण्डन । हिजाे लण्डनस्थित नेपाली दूतावासमा राजदूत दुर्गाबहादुर सुवेदीले एक बेलायतस्थित नेपाली समुदायमा ‘कसैलार्इ काखा वा कसैलार्इ पाखा’ नगर्ने किसिमकाे वचनवद्धता एकपटक फेरि गरेका छन् । दूतावासमा राजदूत सुवेदीले अाफ्नाे अाेहाेदाकाे प्रमाणपत्र बेलायती महारानी एलिजावेथ द्वितीयासमक्ष पेश गरेर अाैपचारिक रूपमा अाफू नेपाल सरकारकाे दूत बनेकाे अवस्थालार्इ ‘खुशियाली’काे रूपमा मनाउनका लागि एक रात्रिभाेजकाे अायाेजना गरिएकाे थियाे । बेलायतस्थित नेपाली समाजलार्इ अाफ्नाे खुशीमा सामेल गर्नकाे लागि दिएकाे भाेज भनिएकाे भए तापनि अाफ्नाे अाेहाेदाकाे प्रमाणपत्र पेश गरेलगत्तै दूतावासमा गरिएकाे अघिल्लाे एक सानाे भेलामा सामेल गराइएका नेपालीहरूमा ‘भेदभाव’ गरिएकाे भन्ने प्रकारमा ‘अाराेप’हरू राजदूतलार्इ लागेकाे थियाे । हिजाे भएकाे उक्त भेलामा चर्चा चलेअनुसार साेही अाराेपलार्इ ‘साम्य’ पार्नकाे लागि राजदूत सुवेदीबाट अर्काे उही सन्दर्भकाे रात्रिभाेज एक ठूलाे सहभागिताका लागि गराइएकाे हाे ।

अायाेजित उक्त रात्रिभाेजकाे अवसरमा राजदूत सुवेदीले उपस्थित भेलालार्इ स्वागत गर्दै अगाडि भने –

“संयुक्त अधिराज्यका महारानीसँगकाे कुराकानीकाे अवसरमा मैले माैसुफ महारानीमा नेपाल र नेेपालीप्रति स्नेह, सामीप्य र अादरकाे भावना रहेकाे पाएकाे छु । माैसुफ महारानीमा संयुक्त अधिराज्यमा रहे बसेका हजुरहरू नेपालीहरूप्रति उच्च प्रेम र कृतज्ञताकाे भावना रहेकाे हजुरहरूलार्इ सुनाउन पाउँदा मैले हर्षकाे अनुभव गरेकाे छु । साथै माैसुफबाट हाम्रा गाेर्खा दाजुहरूकाे वफादारी, बहादुरी, इमान्दारिता र कर्तव्य निष्ठतासहितकाे याेगदानकाे उच्च कदर र प्रशंसा भएकाे हजुरहरूलार्इ सुनाउन पाउँदा मैले गर्वकाे महशुस गरेकाे छु ।”


लण्डनस्थित नेपाली दूतावासमा नेपालकाे राष्ट्रिय गीतलगायत ‘बेलायतकाे राष्ट्रिय गीत’ पनि बजाइएकाे थियाे, जुन उपस्थित कैयाैं व्यक्तिहरूले ‘अनावश्यक’ रहेकाे बताएका थिए । राजदूतबाट बाराम्बार बेलायती नेपाली जनसमुदायहरूसमक्ष अाफ्ना ‘वचनवद्धताहरू’ व्यक्त गरिरहनु अन्यन्तै अनावश्यक रहेकाे मानिएकाे छ । अाफू ‘मुख’ले हाेइन, अाफ्ना ‘काम’हरूले बाेल्ने भन्ने डा. सुवेदीले बेलायतस्थित नेपाली समुदायलार्इ ‘जसरी भए पनि खुशी राख्ने’ अाफ्नाे अासय रहेकाे देखाएका छन् । विगत केही वर्षहरूमा लगातार रूपमा भूपू गुर्खाहरूकाे विभिन्न संगठनहरूले अाफ्नाे हक र अधिकारकाे लागि भनेर बेलायतलगायत, नेपाल र युराेपीयन काेर्टमा सहित अान्दाेलनरत छन् । राजदूतले बेलायती महारानीबाट ती गुर्खाहरूका याेगदानकाे ‘उच्च कदर गरिएकाे सन्देश’ सुनाउनु ‘हास्यास्पद’ रहेकाे हाे । ९० प्रतिशतभन्दा ज्यादा बेलायतबासी नेपालीहरू कानूनी रूपमा बेलायती नागरिक बनिसकेका एक तथ्यांकले बताएकाे छ । बितेका केही महिनामा नेपाली राजनीतिक गतिविधिमा बेलायतीबासी नेपालीहरूमा केही संलग्नता देखिएकाेले पनि हुनसक्छ, केहीअघि बेलायत सरकारबाट अाफ्ना नागरिकलार्इ नेपाली राजनैतिक मामिलामा ‘संलग्नता नराख्न’ विज्ञप्तिमार्फत भनेकाे थियाे । बेलायत र नेपालबीच सुचारू हुन नसकेकालगायत अन्य दर्जनाैं व्यापारिक गतिविधि र दुर्इ देशबीचका अन्य कतिपय महत्वपूर्ण सम्वन्धहरूलार्इ मजव्रुत बनाउनेतर्फ ज्यादा कार्यरत नरही बेलायतस्थित नेपाली समाजका अान्तरिक कार्यक्रमहरूमा नेपाली दूतावासकाे सहभागिता हुने क्रम बढ्दै जानूले दूतावासकाे ‘पुरानाे शैली’काे ‘पुनः’ अागमन भएकाे चर्चा समाजमा चल्न थालेका छन् ।

15319261_1294769210543429_8203381198581672221_nलगभग २०० जना नेपालीहरूकाे उपस्थितिमा सम्पन्न भएकाे उक्त भेलामा अाउँदाे वर्षकाे मार्चकाे १७ तारिख, नेपाल र बेलायतबीचकाे दुर्इ सयवर्षकाे अवधि पुगेकाे सन्दर्भमा गरिने विविध कार्यक्रमकाे समापन गर्ने अवसरमा गरिने प्रस्थापित कार्यक्रमहरूकाे चर्चा गरिएका थिए । खासगरी, बेलायती सेनामा बहादुरी उच्च पराक्रम देखाउने १३ जना भीसी नेपालीहरूकाे तस्वीरहरू दूतावासमा राखिने र त्यसकाे अनावरण साे अर्थात् अाउँदाे मार्चकाे १७ तारिख गरिने प्रस्थापनाले एक तरंग ल्याएकाे छ । नेपाली नागरिकले, बेलायती सेनाअन्तर्गत अन्य देशकाे विरूद्ध वीरतापूर्ण लड्दा हाँसिल गरेकाे युद्धकाे क्रममा दिइने उच्च पदक भिक्टाेरिया क्रसकाे नेपाल सरकारले अाधिकारिक रूपमा सम्मान गर्न लागेकाे सन्दर्भलार्इ एक ‘अन्याैल’काे रूपमा पनि लिइएकाे छ । सस्ताे लाेकप्रियता बटुल्नकाे लागि राजदूत सुवेदीबाट हतारमा अमान्य प्रयासहरू हुन थालेकाेमा ‘चिन्ता’ व्यक्त उही भेलामा गरिएकाे थियाे ।

15392912_10154798285099282_8561111656449758800_oकार्यक्रममा नेपालका मुख्य न्याधीस अाेम प्रकाश मिश्रसहितकाे उपस्थिति रहेकाे थियाे । अत्यधिक भीडमा न्यायधीस मिश्रका मन्तव्य सुन्न सकिएकाे थिएन । कार्यक्रमकाे संचालन शरद कुमार अारनले गरेका थिए । कार्यक्रममा कविता पाठ र नृत्यकाे प्रस्तुति पनि गरिएकाे थियाे । अघिल्लाे कार्यक्रममा दूतावासमा अाफूलार्इ नबाेलाएकाे भन्दै फेशबुकमार्फत व्यापक विराेध गर्ने नेपाली समाजका केही हस्तीहरूकाे ‘उज्यालाे अनुहार’ देखिएकाे थियाे भने तिनका त्यही उज्यालाे अनुहार हेर्दै ‘हाँस्ने’ अन्य अनुहारहरू पनि प्रशस्त देखिएका थिए ।

-प्रकाश, तस्वीरः नरेन्द्र बस्नेत र एभरेष्ट गाैतम, भीडीयाेः देव गुरूङ