नेपाल तरुण दल बेलायतद्वारा नेपाल तरुण दलको ६३औ स्थापनाको दिवसको उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल तरुण दल बेलायतद्वारा नेपाल तरुण दलको ६३औ स्थापनाको दिवसको उपलक्ष्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


tarunलण्डन । नेपाल तरुण दलको ६३औ स्थापनाको दिवसको उपलक्ष्यमा नेपाल तरुण दल बेलायतले अक्टोबर ३० तारिखका दिन नर्थहोल्टस्थित ब्लू अर्किड रेस्टुरेन्टमा “संघीयता, लोकतन्त्र र राष्ट्रिय एकतामा नेपाली युवाहरुको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रम शाखाका अध्यक्ष विश्व घिमिरेको सभापतित्वमा सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस पूर्व केन्द्रीय बिभाग सदस्य तथा महाअधिवेसन प्रतिनिधि विज्ञान प्रसाईले नेपाली जनसम्पर्क समिति बेलायतमा केही कमी कमजोरी रहेको आफूले महसुस गरेको बताउँदै यसको निराकरणको लागि नेपाल तरुण दल बेलायतले यसमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विचार ब्यक्त गरेकाथिए । त्यस्तैगरी अर्का महाअधिवेसन प्रतिनिधि महेश कुमार दाहालले एनआरएनहरुको लागि सरकार र राजनैतिक दलका नेताहरुले पक्ष्यपात गरेको विचार व्यक्त गर्दै त्यसका समाधानका लागि तरुण दलले पनि आफ्नो स्थानबाट सक्दो पहल गर्नु पर्ने विचार ब्यक्त गरेकाथिए ।

अन्तरक्रिया कार्यक्रममा चिरन्जिवी ढकालले पदका लागि भन्दा सेवाका लागि राजनीति गर्न प्रेरित गर्दै तरुण दलले युवाहरुलाई समेटेर जाँदा नेपाली जनसम्पर्क समितिको एकताको लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने विचार व्यक्त गरेकाथिएभने नेपाली जनसम्पर्क समिति बेलायतकी नेत्री तथा एनआरएन बेलायतकी उपाध्यक्ष कुमारी गुरुङले जनसम्पर्क समिति बेलायतमा नयाँ नेतृत्व हुनु पर्ने कुरामा जोड दिँदै यसका लागि तरुण दल बेलायतले आफ्नो तर्फबाट सक्दो भूमिका खेल्नु पर्ने बताईन् । त्यसैगरी कार्यक्रममा वेदराज पराजुलीले राजनीति पदका लागि नभएर सेवाका लागि गर्न प्रेरित गर्दै छलफलद्वारा समस्याको समाधान गर्न सुझाव दिएकाथिए भने अर्का वक्ता प्रवेश केसीले आफू तेह्र वर्षदेखि सक्रिय रहेको विचार राख्दै जनसम्पर्क समितिमै रहेर यसको निकास खोज्ने विचार व्यक गरेकािथए । अन्तरक्रिया कार्यक्रममा पत्रकार एभरेष्ट गौतमले राष्ट्रिय सरोकारको बिषयलगायत बेलायतमा युवाहरुको समस्या र त्यसको समाधानमा तरुण दलले पहल गर्नु पर्ने विचार ब्यक्त गरेकाथिए ।

नेपाल तरुण दल बेलायतका अध्यक्ष विश्व घिमिरेले नेपाल तरुण दल बेलायत नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि नेपाली जनसम्पर्क समिति बेलायत, ने बि संघ बेलायतका साथ सम्पूर्ण भात्री संस्था संग सहकार्य गर्न तयार रहेको बताउँदै नेपाल तरुण दल बेलायतलाई हर-सम्भव सहयोग को लागि आह्नवान गरे । विभिन्न ब्यक्तिबिशेषले उठाएको संस्थाको वैधानिकता माथिको प्रस्नको जवाफमा नेपाल तरुण दल केन्द्र र केन्द्रिय समितिसंग भएको पत्रचार र निर्देशन पत्र देखाउंदै र साथै केन्द्रबाट आएको शुभकामना संदेश सुनाउंदै, आफूलाई केन्द्रले पूर्ण अधिकार प्रदान गरेको कुरा सप्रमाण पुस्टि गर्दै कुनै गुट र उपगुट नभनी सबैलाई समेटर कार्यसमिति बिस्तार गर्ने र चाडै नै नया युवा-मुखी कार्यक्रम लिएर आउने बताएका थिए । चाडपर्बको समयमा पनि कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण व्यक्तित्वहरु, कार्यसमितिका सदस्यहरु तथा कार्यक्रममा उपस्थित हुन नसकेका तापनि जनसम्पर्क समितिका पदाधिकारीहरु, सल्लाहाकारहरु, क्षेत्रीय सभापतिहरु तथा अन्य नेताहरुको शुभकामना सुनाउँदै र तिनलाई धन्यवाद दिएका थिए । कार्यक्रममा पंकज प्रधान, शंकर श्रेष्ठ, सुमन चालिसे, हर्क नन्द लिम्बुले तरुण दलको भूमिकाको बारेमा प्रकाश पार्दै भाबी कार्यक्रमको लागि सहयोग गर्न आफुहरु तयार रहेको कुरा व्यक्त गरेकाथिए ।
-मिलन शर्मा