सभासद्हरूको बेग्लै चिन्ता

सभासद्हरूको बेग्लै चिन्ता


संविधानसभाका अधिकांश सदस्यहरू समयमै संविधान निर्माण गर्न नसकेकोमा भन्दा पनि सभाको कार्यकाल सकिन लागेकोमा ज्यादा चिन्तित देखिएका छन् । सभासद्हरूमध्ये अधिकांशले आफ्ना नेताहरूस“ग संविधानसभाको कार्यकाल थप गर्ने विषयमा आफ्नो धारणा प्रकट गर्न थालेका छन् । सरकारविरुद्ध क्रियाशील एमालेका केही सभासद्हरूले प्रधानमन्त्रीस“ग भेट गरी संविधानसभाको कार्यकाल थप गर्ने ग्यारेन्टी दिने भए आफूहरू सरकारविरुद्ध नलाग्ने बताएका छन् । प्रधानमन्त्री नेपालले कार्यकाल बढाउने पक्षमा आफू पनि रहेको सङ्केत सभासद्हरूलाई दिनुभएको छ । काङ्ग्रेस, माओवादी र एमालेलगायत प्रमुख दलका सभासद्हरू सभाको कार्यकाल थप गर्ने पक्षमा भए पनि पार्टीहरूले भने यस सम्बन्धमा आधिकारिक निर्णय गरिसकेका छैनन् । भनिन्छ, माओवादी पार्टी पनि म्याद थप गर्ने पक्षमा छ, तर उसको यस्तो इच्छा ऊ अरू कुनै पार्टीको अग्रसरतामा पूर्ति गर्न चाहन्छ । काङ्ग्रेस, एमाले वा अन्य कुनै दलको अगुवाइमा म्याद थपको प्रस्ताव आएमा कुनै न कुनै ढङ्गले सहयोग पुर्‍याएर उक्त प्रस्ताव निर्णयमा पुर्‍याउने सोच माओवादीले राखेको छ । वास्तवमा संविधानसभाका अधिकांश सभासद्हरू आफ्नो सान, मान र दामका लागि कार्यकाल बढाउने पक्षमा उभिएका छन् । तर, माओवादी भने आफ्नो वैधानिक हैसियतलाई भङ्ग हुन नदिन म्याद थपको पक्षमा उभिने भएका हुन् । सभाको म्याद थप गर्ने या नगर्ने भन्ने विषयको सबैभन्दा ठूलो राजनीतिक महत्त्व पनि यही“नेर देखिन्छ । जेठ १४ गते संविधान घोषणा हुन सकेन भने संविधानसभाको कार्यकाल सोही दिनबाट अन्त्य हुनेछ । संविधानसभाको स्वतः विघटनस“गै माओवादीले सबैभन्दा ठूलो दलको राजनीतिक हैसियत गुमाउनेछ जुन माओवादी भित्रीरूपमा चाह“दैन । सत्ता र सडक दुवैलाई क्रान्तिको निम्ति उपयोग गर्दै क्रान्तिलाई नजिक ल्याउने तयारीमा रहेका माओवादीहरू आफ्नो विद्यमान वैधानिक हैसियत गुमोस् भन्ने चाह“दैनन् । त्यसैले संविधान निर्माण हुन नसके पनि संविधानसभालाई जीवित राख्न उनीहरू अन्त्यमा प्रयत्नशील रहने अनुमान विश्लेषकहरूले गर्न थालेका छन् । माओवादीको यही चाहनालाई बुझनेहरूले भने कुनै हालतमा म्याद थप गर्न नहुने धारणा बनाएका छन् । काङ्ग्रेस र एमालेको केन्द्रीय कार्यसमिति कार्यकाल थप गर्ने पक्षमा देखि“दैन । ती पार्टीहरूमा यस विषयलाई लिएर मतदान नै हुने भयो भने पनि यसरी सभाको कार्यकाल थप गर्न अनुचित हुनेछ भन्ने पक्षमा बहुमत हुने देखिन्छ । जब कि काङ्ग्रेस र एमालेसमेतले नचाहेको अवस्थामा सभाको कार्यकाल थप हुन सम्भव छैन । संविधानसभा नरहेको स्थितिमा राजनीतिक तथा भौतिक रूपले पनि माओवादीलाई क्षति पुग्ने अवस्था जुन देखिएको छ, माओवादीलाई सहयोग पुग्ने यसप्रकारको अभियानमा काङ्ग्रेस र एमालेका को-को सरिक हुने हुन् सम्बन्धित दलहरूभित्र नै खोजी र चासोको विषय बनेको छ । एमाले अध्यक्ष झलनाथ खनालसहित उहा“का केही र्समर्थकहरू तथा सभाध्यक्ष सुवास नेम्वाङ संविधानसभाको कार्यकाल थप गर्ने पक्षमा माओवादीजत्तिकै दृढ रहनुभएको छ । तर, माओवादीलाई ठूलो सहयोग पुग्ने यस कार्यमा एमालेका अध्यक्षबाट कस्तो भूमिका निर्वाह गरेर सहयोग पुर्‍याउन खोजिएला-चासोको विषय बनेको छ ।

भीम आचार्य झलनाथको ऋण तिर्दै
नेकपा एमाले संसदीय दलका मुख्य सचेतक भीम आचार्यले पार्टीअध्यक्ष झलनाथ खनालको पुरानो ‘ऋण’ तिर्न थाल्नुभएको चर्चा नेकपा एमालेभित्र चल्न थालेको छ । प्राप्त जानकारीअनुसार खनालले आचार्यलाई २०४४ सालमा धेरै ठूलो गुन लगाएका थिए । जुन गुनको बदलामा आचार्य अहिले माधव नेपाललाई हटाएर खनाललाई प्रधानमन्त्री बनाउने खेलमा सक्रिय भएका छन् । माधव नेपाललाई हटाउनेबित्तिकै झलनाथको पालो आउ“छ भन्ने विश्वासमा रहेका उनले सरकारविरुद्ध हस्ताक्षर अभियानमा विशेष भूमिका निर्वाह गरिरहेको बताइन्छ । एमाले सूत्रबाट प्राप्त जानकारीअनुसार वि.संं २०४४ सालमा पार्टीको महासचिव हु“दा झलनाथसमक्ष अनेरास्ववियुका महासचिव रहेका भीम आचार्यविरुद्ध गम्भीर प्रकृतिको उजुरी पुगेको थियो । उजुरी अरू कसैको नभई अनेरास्ववियुकै तत्कालिक अध्यक्ष रामप्रसाद ज्ञवालीको थियो र भीम आचार्यले आफू काराबासमा भएका बेला आफ्नै पत्नीमाथि कुदृष्टि लगाउ“दै दर्ुर्व्यवहार गरेको दारुण व्यथा उजुरीमा लेखिएको थियो । आचार्यलाई पार्टी र विद्यार्थी सङ्गठनको जिम्मेवारीबाट हटाउ“दै कडा कारबाही गर्न माग गरिएकोमा पार्टीका सर्वोच्च नेता झलनाथ खनालले त्यसबेला आचार्यको रक्षा गर्दै रामप्रसाद ज्ञवालीलाई नै तेजोबध गर्ने र सताउने कार्य गरेका थिए । फलस्वरूप ज्ञवालीले सङ्गठन र पार्टी मात्र छोडेनन्, राजनीति नै छोडेर बाहिरने निर्णय लिए, उनी अहिले एक प्रतिष्ठित गैरसरकारी संस्थामा आबद्ध भएर कार्यरत छन् ।
स्मरणीय छ, २०४४ सालको पुसमा क्रियाशील विद्यार्थी सङ्गठनका केही नेताहरू गिरफ्तारीमा परी काराबास पठाइएका थिए र तीमध्ये एक रामप्रसाद ज्ञवाली थिए । उनी जेल परेपछि भमि आचार्य बारम्बार ज्ञवालीको डेरामा जाने र ज्ञवालीपत्नीलाई मानसिक रूपले सताउने काम गर्न थाले । ‘त्रि्रो श्रीमान् जेल परिहाले, जैविक आवश्यकता पर्ूर्ति गर्नका लागि म तयार छु’ भन्नेजस्ता भद्दा कुराहरू गर्ने र हदैसम्म सताउने गरेपछि ज्ञवालीपत्नीले कैयन दिन आफन्त तथा साथीहरूको घर-डेरामा शरण लिनुपरेको थियो । ज्ञवालीपत्नी आफ्नो पति रामप्रसादलाई भेट गर्न निरन्तर भद्रगोल जेलमा जाने गर्थिन्, तर त्यहा“ सुरक्षाकर्मी तथा अन्य कैदी बन्दीका सामु आफ्नो बेदना सुनाउन सक्दिनथिन्, ठूलो-ठूलो आवाजमा भक्कानिएर रु“दै र्फकने गर्थिन् । रामप्रसाद ज्ञवाली तथा यो दृश्य देख्नेहरूले पति जेल परेका कारण रुवावासी गरेकी होलिन् भन्ने सोचेका थिए । तर, उनी रुनुको वास्तविक कारण भीम आचार्यको सैतानी व्यवहार भएको जानकारी ज्ञवालीले आफू जेलबाट छुटेपछि मात्र थाहा पाएका थिए । त्यस घटनाबाट ज्ञवाली अत्यन्त दुःखी भए र न्यायका लागि पार्टी हाइकमाण्डमा निवेदन दिए । तर, पार्टी हाइकमाण्ड उनीप्रति झन् निर्दयी भयो र आचार्यकै पक्षमा उभिन पुग्यो । यस घटनाले ज्ञवाली झनै दुःखित भए र अन्ततः उनले पार्टी नै छोड्ने निर्णय गरे । त्यसबेला झलनाथ खनालले आफ्नो राजनीतिक जीवनमा पुर्‍याएको ‘योगदान’ स्वरूप आचार्य सदा खनालको खास मानिसका रूपमा काम गर्दै रहे । अहिले उनी खनाललाई प्रधानमन्त्री बनाउने अभियानमा जुटेका छन् । आचार्यको यस अभियानलाई एमालेभित्र ‘पुरानो गुन तिरेको’ मानिएको छ ।

डेपुटी गभर्नरमा को ?
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर कृष्णबहादुर मानन्धर सेवानिवृत्त हुनुभएपछि रिक्त सो पदमा चयन गर्न योग्य व्यक्तिको खोजीकार्य सुरु भएको छ । डेपुटी गभर्नरमा विशिष्ट श्रेणीका अधिकृतहरूमध्येबाट चयन गरिने र व्यक्तिको चयनमा बरियताभन्दा कार्यक्षमता र योग्यतालाई उच्च प्राथमिकता दिने परम्परा भएको हुनाले उम्मेदवारहरूबीच विभिन्न ढङ्गले प्रतिस्पर्धा सुरु भएको छ । यस क्रममा सुशीलराम माथेमाले आफू एमाले र्समर्थक र वरिष्ठ पनि भएको हुनाले डेपुटी गभर्नर आफैंले हुन पाउनुपर्ने दाबी गरिरहेका छन् । व्यक्तिगत रूपमा सत्जन भए पनि माथेमाको कार्यक्षमता र योग्यता पक्ष कमजोर भएकाले उहा“को डेपुटी गभर्नर बन्न सक्ने सम्भावना कम रहेको बताइन्छ । त्यस्तै गोपालप्रसाद काफ्ले पनि विभिन्न राजनीतिक दलका नेताहरूकहा“ धाउन थाल्नुभएको त छ तर उहा“लाई पनि राष्ट्र बैंक र राष्ट्रका विद्यमान समस्याहरूस“ग जुझन सक्ने सामर्थ्य भएको व्यक्तिको रूपमा लिइ“दैन । काफ्ले काङ्ग्रेसका नेता रामचन्द्र पौडेलको साथ खोज्न र उहा“को साथ लिएर डेपुटी गभर्नर बन्ने प्रयास गर्दै हुनुहुन्छ । मौद्रिक नीतिमा विद्यावारिधि गरिरहनुभएका रवीन्द्र पाण्डे कार्यक्षमता र योग्यताका दृष्टिले तुलनात्मक रूपमा अगाडि मानिनुहुन्छ । तर, उहा“ले पार्टीविशेषको निकटता राख्न नसक्नुभएकोले व्यावसायिक दक्षताकै आधारमा उहा“ कसरी छनोटमा पर्नुहोला भन्ने आशङ्का पैदा भएको छ । एमालेको कोटाबाट गभर्नर बन्नुभएका डा. युवराज खतिवडाले एमाले र्समर्थकलाई नै डेपुटी गभर्नर बनाउ“दाभन्दा व्यावसायिक दक्षता भएकालाई सो पदमा चयन गरेको अवस्थामा राष्ट्र बैंकलाई राम्रो हुने र आफू पनि सफल हुने ठान्नुभएमा मात्र रवीन्द्र पाण्डे डेपुटी गभर्नर बन्न सक्नुहुने सम्भावना रहेको बताइन्छ । त्यसैगरी लीलाप्रकाश सिटौलाले पनि कृष्ण सिटौलामार्फत गिरिजाप्रसाद कोइरालालाई प्रयोग गर्दै आफू डेपुटी गभर्नर बन्ने सपना देख्नुभएको थियो । तर, कोइरालाको निधनपश्चात् उहा“को यो सपनामा पनि ठेस लाग्न पुगेको छ । क्षमताका दृष्टिले सिटौला पनि कमजोर मानिनुहुन्न, तर योग्यता र अन्य कतिपय दृष्टिले रवीन्द्र पाण्डेबराबरचाहि“ उहा“लाई पनि मानि“दैन । अर्का योग्य व्यक्ति अश्विनीकुमार ठाकुर मानिनुहुन्छ र उहा“ मधेसी भएकोले सहानुभूतिपूर्वक आफूलाई हेरियोस् भन्ने पनि चाहनुहुन्छ । ठाकुर आफूअनुकूलका कतिपय राजनीतिकर्मीहरूकहा“ धाउने पनि गर्नुभएको छ । तर, उहा“को सेवाअवधि अझै लामो समय बा“की रहेको र वीरविक्रम रायमाझीको अवकाशपछि पनि उहा“को पालो आउनसक्ने भएकोले परिस्थिति तत्काल उहा“को पक्षमा विकसित हुन सकेको छैन । त्यसैले विशिष्ट श्रेणीका पन्ध्र अधिकृतमध्ये पार्टीगत योग्यताका आधारमा व्यक्तिको चयन भयो भने सुशीलराम माथेमा या अरू जो-कसैको पनि हुनसक्ने र व्यावसायिक दक्षता एवम् योग्यताका आधारमा भएमा भने रवीन्द्र पाण्डेको चयन हुनसक्ने सम्भावना देखिएको छ ।
राष्ट्र बैंक नियमावली २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत विशिष्ट श्रेणीका अधिकृतहरूमध्येबाट गभर्नरले दर्ुइजनाको नाम सिफारिस गरी मन्त्रिपरिषद्मा पठाउने र त्यसरी सिफारिस गरी पठाइएकामध्ये एकलाई मन्त्रिपरिषद्ले डेपुटी गभर्नरमा नियुक्त गर्नेछ । यसरी डेपुटी गभर्नर नियुक्त गर्दा विगतमा वरिष्ठतालाई भन्दा कार्यक्षमता र योग्यतालाई विशेष प्राथमिकता दिने गरिएको छ । त्यसैले २०६१ सालमा उपेन्द्रकेशरी पौडेल र माधव भट्ट वरिष्ठ हु“दाहु“दै पनि वरियताक्रममा तेस्रो नम्बरमा रहेका कृष्णबहादुर मानन्धरलाई कार्यक्षमता एवम् योग्यतालाई आधार बनाएर डेपुटी गभर्नर बनाइएको थियो । त्यस्तै २०६२ सालमा वरियताक्रमको छैटौं नम्बरमा रहेका वीरविक्रम रायमाझीलाई सो पदमा नियुक्त गरिएको थियो । त्यस्तै २०५६ सालमा जयरामसिंह बोहोरा र शालिकराम शर्मा वरिष्ठतामा अगाडि भए तापनि रामबाबु पन्तलाई डेपुटी गभर्नर बनाइएको थियो । त्यस्तै २०५७ सालमा वरियताक्रममा रोजा उपाध्याय अगाडि भए तापनि विजयनाथ भट्टर्राईलाई डेपुटी गभर्नर बनाइएको थियो । त्यसैले यसपटक पनि कार्यक्षमता, योग्यता र आन्तरिक सन्तुलनलाई समेत विचार गरियो भने रवीन्द्र पाण्डे नै नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बनाइन सम्भव ठानिएको छ । पाण्डेलाई अहिले उक्त पदमा नियुक्त नगरिएमा आगामी असारमा उहा“ले सेवाबाट अवकाश प्राप्त गर्नुहुनेछ ।

बाथरोगमा राष्ट्रिय शिविर
अल्का अस्पताल जाउलाखेलले बाथरोगबाट पीडित बनेकाहरूका लागि राष्ट्रियस्तरको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ । अस्पतालले यही २८ चैतदेखि ३१ चैतसम्म अस्पताल परिसरमै सो शिविरको आयोजना गर्न लागेको हो ।
शिविरमा वरिष्ठ बाथरोग विशेषज्ञ डा. विनित वैद्यलगायतका विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गर्नुका साथै परामर्श सेवा, रक्त परीक्षण सेवा र औषधि वितरणसमेत गरिने अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिए । थापाले पे्रस विज्ञप्तिमार्फत सो शिविरमा सहभागी भई मौकाको फाइदा उठाउन सम्बन्धित सबै पक्षलाई आग्रहसमेत गरेका छन् ।

राजधानीमा अझै अवरोध

विगत केही समयदेखि राजधानी दैनिकमा माओवादीसम्बद्ध केही व्यक्तिहरूले अवरोध पुर्‍याइरहेका छन् । हिजो मंगलबार पनि पाटन, बानेश्वर, भूगोलपार्क र कुपण्डोलबाट पत्रिका उठाएर लगिएको छ । आफूलाई माओवादी बताउने जन्मदेव जैसी र बलराम वाग्लेसहितका व्यक्तिहरूले बिक्री-वितरणमा अवरोध पुर्‍याउ“दै पत्रिका उठाएर लगेका हुन् ।
ावस्केही समय अगाडि मजदुर युनियनका नाममा अन्य केही दैनिक पत्रिकाहरूमा पनि यसप्रकारको अवरोध पुर्‍याइएको थियो । पत्रिकाको बिक्री-वितरणमा अवरोध पुर्‍याइएकोमा नेपाल पत्रकार महासङ्घलगायत अन्य विभिन्न संस्थाहरूले विरोध जनाएका छन् । प्रकाशगृहमा आगो लगाउने र सहकर्मीलाई सिध्याइदिने धम्की दिएका कारण त्यहा“ कार्यरत दर्ुइ व्यक्तिलाई निष्कासन गरेपछि उनीहरूको पुनर्वहालीको माग गर्दै पत्रिका वितरणमा बाधा पुर्‍याइएको हो । नेकपा माओवादीको मिडिया हाउसलाई हर्ेर्ने दृष्टिकोण यस्तै रहेमा नेपालको पत्रकारिता क्षेत्र धेरै पछि धकेलिने र जनताको सूचनाको हकमा तुषारापात हुने अवस्था सिर्जना हुन धेरै समय नलाग्ने कुरा स्पष्ट छ ।

नेविसङ्घमा महासङ्कट

कुनै पनि सङ्घ-संस्थाको बैठक कति समयमा बस्ला – महिनामा पटक-पटक या कम्तीमा महिनाको एकपटक वा त्यस्तो धेरै क्रियाकलाप नभएको संस्था रहेछ भने वर्षमा केही पटक । तर कुनै ठूलो राजनीतिक पार्टीको भ्रातृ सङ्गठनको बैठक २९ महिनासम्म एकपटक पनि बसेको छैन भनेको सुन्दाचाहि“ अचम्म लाग्न सक्छ । यही आर्श्चर्यबाट नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ गुज्रिरहेको छ । २४ महिनाको कार्यकाल रहेको नेविसङ्घको २९ महिना बितिसक्दा पनि बैठक बस्न सकेको छैन । कार्यकालको सुरुवातदेखि नेविसङ्घ केन्द्रीय समितिको बैठक एकपल्ट पनि बस्न सकेको छैन । प्रत्येक दर्ुइ वर्षमा हुनुपर्ने महाधिवेशन दर्ुइ वर्षको कार्यकाल पूरा भई तीन वर्ष लाग्यो तर महाधिवेशनको के कुरा बैठक नै बस्न सकेको छैन । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष प्रदीप पौडेल हुन् । नेपाली काङ्ग्रेसको एकतापछि नेविसङ्घको पनि स्वतः एकता भएको र पद बा“डफा“डका लागि विधान बन्नुपर्नेमा बैठक नै नबसेपछि ती सबै प्रक्रियाहरू स्थागित छन् ।
प्राप्त जानकारीअनुसार, नेविसङ्घ मात्रै होइन काङ्ग्रेसका अन्य भ्रातृ सङ्गठनहरू पनि प्रक्रियागत त्रुटिहरूका कारण राम्ररी अगाडि बढ्न सकेका छैनन् । नेविसङ्घलगायत सबै भ्रातृ सङ्गठनहरूको समस्या समाधान गर्ने भनेर एकपटक नेता दिलबहादुर र्घर्तीको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको थियो तर त्यो समितिले कुनै काम भने गर्न सकेन । समितिमा एनपी साउद र कमला पन्त सदस्य रहेका थिए । यसरी लथालिङ्ग अवस्थामा रहेको नेविसङ्घ र अन्य भ्रातृ सङ्गठनहरूप्रति नेताहरूको विशेष ध्यान जानु जरुरी छ । कुशल सङ्गठक मानिनुहुने नेता सुशील कोइरालाले यस्ता कुराहरूमा अग्रसरता लिनुहुने अपेक्षा विद्यार्थी तथा अन्य कार्यकर्ताहरूको रहेको छ ।

छात्रवृत्ति प्राप्त गर्नेहरूलाई राजदूतबाट प्रमाणपत्र
भारत सकारद्वारा नेपाली विद्यार्थीलाई प्रदान गरिने स्वर्णजयन्ती छात्रवृत्ति कार्यक्रमअर्न्तर्गत छात्रवृत्ति प्राप्त गर्ने आठौं समूहलाई गत साता होटल र्‍याडिसनमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत राकेश सुदले योग्यताको प्रमाणपत्र प्रदान गर्नुभयो । स्वर्णजयन्ती छात्रवृत्ति कार्यक्रम नेपाल-भारतबीच आर्थिक सहयोगको ५०औं वर्ष पूरा भएको उपलक्ष्यमा सन् २००२ मा भारत सरकारद्वारा सञ्चालन गरिएको थियो । कार्यक्रमको सुरुको वर्षमा नेपालमा विभिन्न विषयहरूमा अन्डरग्राजुएट कोर्स गरिरहेका ५० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो भने सन् २००७ देखि छात्रवृत्तिको सङ्ख्या दोब्बर गरी १०० पुर्‍याइएको छ । यस छात्रवृत्ति कार्यक्रमअर्न्तर्गत एमबीबीएस तथा बर्ीइ कोर्स अध्ययन गर्ने पचास विद्यार्थीलाई मासिक तीन हजार छात्रवृत्ति र बीएससी, बीए, बीबीएस र बीपीएचलगायतका कोर्स अध्ययन गर्ने ५० विद्यार्थीलाई मासिक २ हजार छात्रवृत्ति प्रदान गरिन्छ । विद्यार्थी योग्यता तथा आवश्यकताको आधारमा छनोट गरिनुको साथै ५० प्रतिशत सिटहरू शैक्षिक रूपमा पिछडिएका जिल्लाबाट आउने विद्यार्थीका लागि आरक्षण गरिएको छ ।
भारत सरकारद्वारा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने अर्को छात्रवृत्ति कार्यक्रम ‘महात्मा गान्धी छात्रवृत्ति कार्यक्रम’को सङ्ख्यामा पनि सन् २००७ देखि दोब्बर गरी पा“च सयबाट हजार पुर्‍याइएको छ । यस अतिरिक्त, भारतीय राजदूतावास काठमाडौं तथा महावाणिज्यदूतावास वीरगञ्जमार्फत प्रदान गरिने विविध छात्रवृत्ति कार्यक्रमअर्न्तर्गत नेपालका हजारौं विद्यार्थी स्वास्थ्य विज्ञान, इन्जिनियरिङ, व्यापार अध्ययन, पशु विज्ञान, कृषि, कम्प्युटर तथा सूचना प्रविधि, सङ्गीत, ललितकला, फिल्म तथा टेलिभिजन, होटल व्यवस्थापन आदि विषयमा भारतमा अध्ययन गरेका छन् । यस अतिरिक्त, भारत सरकारले सन् २००७ देखि दुग्ध प्रविधि विषयमा नेपाली विद्यार्थीलाई भारतमा अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम सुरु गरेको छ । आमसञ्चार, विज्ञान तथा प्रविधि, मानव संसाधन, योजना तथा सहरी विकास, सूचना प्रविधिजस्ता विषयहरूमा पनि नेपाली नागरिकहरूलाई तालिम प्रदान गरिएको बुझिएको छ ।
यसैगरी गत साता स्याङ्जा जिल्लाको भ्रमणमा रहनुभएका राजदूत राकेश सुदले एक करोड ७७ लाखको सहयोगमा निर्माण गरिने गल्याङ बहुमुखी क्याम्पस भवन, ३५ लाखको सहयोगमा निर्माण हुने ग्राहो घ्यालिङ प्राथमिक स्वास्थ्य केन्द्र र तीन करोड २५ लाखको सहयोगमा निर्माण हुने बिर्घर्ााथत श्री जनता माध्यमिक विद्यालय भवनको शिलान्यास गर्नुभयो ।

सिमानामा खाडल खनेपछि क“डेलले बुझाए ज्ञापनपत्र

परासी । भारतीय अर्धसैनिक बल एसएसबीले नवलपरासीको दक्षिणी सिमानामा ठूलो खाडल खनी आवतजावतमा रोक लगाउन थालेका छन् । उनीहरूले नेपाल-भारत अन्तर्राष्ट्रिय सीमाअर्न्तर्गत दसगजा क्षेत्रमा एक मिटर गहिरो र डेढ मिटर चौडा खाडल खनी नेपालबाट भारत र भारतबाट नेपाल आउने ट्याक्टर, जिप, मोटरसाइकललगायत सवारीसाधन आवतजावत गर्न प्रतिबन्ध लगाएका छन् । सीमाक्षेत्रमा एसएसबीको कडा सुरक्षा चेकजा“च र खाडल खनिएबाट विवाह, एम्बुलेन्स र शवका गाडी आवतजावत कार्य प्रभावित भएको छ । यसरी दसगजा क्षेत्रमा एसएसबीले अनाधिकृत रूपमा खाडल खनी नेपालीलाई दुःख दिने नियत केन्द्रीय वा प्रान्तीय सरकारको नभई स्थानीय सुरक्षा निकायको भएको स्रोतले जनाएको छ । नेपालको दक्षिणी सिमाना मेचीदेखि महाकालीसम्मको दसगजा क्षेत्रमध्ये नवलपरासीको पकलिहवादेखि भुजहवा गाविसमा मात्र एसएसबीद्वारा खाडल खनिनुलाई रहस्यात्मक रूपमा लिइएको छ । दसगजा क्षेत्रमा भारतीय अर्धसैनिक बल एसएसबीद्वारा खाडल खनी नेपाल भारतबीचको मित्रवत सम्बन्धलाई चिसो बनाउन थालेको विरोधमा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज क“डेलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रजिअ बालकृष्ण पन्थीसमक्ष ज्ञापनपत्र बुझाएको छ । प्रस्तुत ज्ञापनपत्रमा रोटी र बेटीको सम्बन्ध भएको दर्ुइ देशबीचको सम्बन्धलाई भारतीय पक्षले सिमानामा खाडल खनेर थप समस्या उत्पन्न गराएको उल्लेख गरिएको छ । सो सम्बन्धमा प्रजिअ पन्थीले भारत महाराजगन्ज र नवलपरासी रूपन्देही कपिलवस्तु जिल्ला प्रमुख र सुरक्षा अधिकारबीच हुने संयुक्त बैठकमा एजेण्डाको रूपमा प्रस्तुत गरिने बताउनुभयो । नवलपरासीको दक्षिण सीमा क्षेत्रमा भारतीय पक्षको अघोषित कडाइको विरुद्धमा गृह मन्त्रालय र प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनु पीडित गाविसका बीस हजार जनताको हस्ताक्षर सङ्कलन कार्य प्रारम्भ भएको छ । हस्ताक्षर कार्य यही चैत महिनाभित्रै जिल्ला प्रशासन कार्यालय नवलपरासीमा दर्ता गराइने योजना रहेको बताइएको छ ।      – आरपी उपाध्याय

पा“च सयका नक्कली नोट बजारमा

सप्तरीका प्रमुख व्यापारिक केन्द्र तथा बजारमा नेपाली नक्कली नोट देखापर्न थालेका छन् । खासगरी नेपाली पा“च सयको नोट नक्कली पाउन थालिएको व्यापारीहरूको कथन छ । नक्कली नोट साट्नेहरू व्यापारीदेखि बैंकसम्म पुग्न थालेका छन् । यसैक्रममा स्थानीय राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयमा समेत पा“च सयको दर्ुइ थान नक्कली नेपाली नोट फेला पारिएको छ । एक सेवाग्राहीले साट्न खोजेको नेपाली नोटको गड्डीमा क. ९०५४५९७३ र क. ९०५४५८९० नम्बरको दर्ुइ थान पा“च सयको नोट जा“चपछि नक्कली पाइएको बैंकका क्यासियर अजय चौरसियाले बताए । फेला परेका ती नोट थप जा“चका लागि राष्ट्र बैंक केन्द्रीय कार्यालय पठाइएको उनले बताए ।
यसअघि पनि बैंकमा नक्कली नोट लिएर केही सेवाग्राहीहरू आउने गरेकाले विशेषगरी पा“च सयको नोटप्रति विशेष ध्यान दिने गरिएको उनको भनाइ छ । नक्कली नोट साट्ने गिरोहले पसलमा भीड भएको मौका छोपी सामग्री खरिद गरी झुक्याएर साट्ने गरेको पाइएको भुक्तभोगीहरू बताउ“छन् ।

धमला पुनः निर्वाचित
रिपोर्र्टर्स क्लब नेपालको बाह्रौं वारि्षक साधारणसभाले तीनवर्षो कार्यकालका लागि पुनः ऋषि धमलालाई अध्यक्षमा निर्वाचित गरेको छ । केही दिनअघि रिपोर्र्टर्स क्लब नेपालका देशभरिका प्रतिनिधिले धमलाले १२ वर्षसम्म क्लबलाई कुशलतापूर्वक हा“केको र क्लबलाई साझा, व्यावसायिक र सञ्चार क्षेत्रको केन्द्रबिन्दु बनाएको भन्दै निरि्वरोध निर्वाचित गरेका हुन् । सम्मेलनमा २५ जिल्लाका प्रतिनिधिले भाग लिएका थिए ।
साधारणसभाले वरिष्ठ उपाध्यक्षमा डिल्ली बसेल, उपाध्यक्ष वैकुण्ठ ढुंगाना, महासचिव महाप्रसाद लामिछाने, सचिव टंक खनाल, सहसचिव दीपेन्द्रराज पौडेल, कोषाध्यक्ष विख्यात पंगेनीलाई चुनेको छ । चिरञ्जीवी ढुंगाना, डीएल भण्डारी, जयप्रकाश त्रिपाठी, तिलक कोइराला, मातृका पौडेल, सन्तोष न्यौपाने, सुशील अर्याल, शशी कोइराला, विमल ठाकुर, नरेन्द्र साउद, दिनेश कार्की, कृष्ण अधिकारी, परशुराम काफ्ले, लीलाराज खनाल, कमल परियार, सुरेश यादव, रमेश क्षेत्री, पुरुषोत्तम मरिया, राजु थापा, राज गुरुङ, राजकुमार बानिया“, दीपक काफ्ले, भुवन शर्मा र इन्जिना कार्की केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

साना हतियारको बिगबिगी

इलाम/ पछिल्लो समयमा सङ्क्रमणकालको फाइदा उठाउ“दै पूर्वमा हतियारको बिगबिगी बढेको छ । भरुवा बन्द-क, पेस्तोल साथमै लिएर धम्क्याउ“दे हि“ड्नु त सामान्य जस्तो नै भइसकेको छ ।
पर्ूर्वी पहाडी जिल्ला पा“चथरको ओयाम गाविस-५ चरीभञ्ज्याङबाट भरुवा बन्दुक लिएर खुलेआम रूपमा हि“ड्दै गरेको अवस्थामा प्रहरीले सोमबार तीनजनालाई नियन्त्रणमा लिएको छ । एकथान भरुवा बन्दुकसहित पक्राउ पर्नेहरूमा ओयाम-४ का रणबहादुर लिम्बू, एकतिन-५ का दिलीप र्राई र वीरबल लिम्बू रहेका छन् । उनीहरूलाई हातहतियार तथा खरखजाना ऐनअर्न्तर्गत मुद्दा चलाउने तयारी भइरहेको पा“चथरका प्रहरी नायव उपरीक्षक यज्ञविनोद पोखरेलले बताएका छन् । यसरी साना हतियारको बिगबिगी बढेपछि स्थानीय सर्वसाधारणमा त्रास छाएको छ ।
पा“चथरकै सिदिनमा छुरा प्रहारबाट हालै एकजनाले ज्यान गुमाउनुपरेको छ । सिदिन-८ निवासी ५५ वषर्ीय मानबहादुर साम्पाङलाई स्थानीय टाउके भनिने २२ वषर्ीय अविनाश दिल्पाली र्राईले छुरा प्रहार गर्दा उनको ज्यान गएको हो । र्राईको छुरा प्रहारबाट मृतककी श्रीमती ५० वषर्ीया हर्कमाया साम्पाङ भने घाइते भएकी छिन् । घटनाको दिन दिउ“सो अविनाशले आफ्नी छोरीलाई जबर्जस्ती गर्न लागेको बाबु साम्पाङले  देखेपछि हप्काएका थिए । त्यसपछि सोही सा“झ उनको घरमा गई साम्पाङ परिवारमाथि उनले आक्रमण गरेको प्रहरीको भनाइ छ । छुरा हान्ने अविनाश प्रहरी नियन्त्रणमा रहेका छन् । पा“चथरमा पछिल्लो समय भरुवा बन्दुक, छुराजस्ता घरेलु हातहतियारको प्रयोग बढेको प्रहरीले बताएको छ ।                    – फणीन्द्र संगम

नेपाल-चीन सम्बन्ध प्रगाढ ः राजदूत होङ

तिब्बतबाट दासत्व उन्मूलन भएको दिवस सर्न्दर्भमा हालै एक छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल-चीन मिडिया फोरमको आयोजनामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सञ्चारमन्त्री पोखरेलले स्वशासित तिब्बतस“गको सम्बन्धको कारणले नै चीनस“गको सम्बन्ध विकास भएको र आर्थिक, राजनीतिक र सामाजिक सम्बन्ध नेपाल र चीनबीच घनीभूत हु“दै बहुपक्ष र बहुआयामिक क्षेत्रमा विकास भइरहेको जानकारी गराउनुभयो । विशिष्ट अतिथि महामहिम राजदूत क्यु गो होङले १९५१ मा तिब्बत मुक्त भई १९५९ मा दासत्व मुक्तिपश्चात् तिब्बतको आर्थिक तथा सामाजिक क्षेत्रको दु्रततर विकास सम्भव भएको स्पष्ट पार्नुभयो । मन्तव्यको क्रममा नेपाल चीन सम्बन्धमा प्रो. माणिकलाल श्रेष्ठ, नेपाल सरकारका सचिव लीलामणि पौडेलले विविध विषयमा चर्चा गर्नुभएको थियो ।
संस्थाका सभापति गोपाल बुढाथोकीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अतिथिका रूपमा निम्त्याइनुभएका तिब्बतका लागि पूर्वमहावाणिज्य दूत एवम् हाल नेपाल सरकारका सचिव लीलामणि पौडेल, प्रो. माणिकलाल श्रेष्ठ, पराराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, पे्रस काउन्सिलका अध्यक्ष नारायण शर्मा, सीमाविद् बुद्धिनारायण श्रेष्ठ, नेपाली छापामाध्यम राष्ट्रिय सञ्जालका उपाध्यक्ष एवम् गोरखापत्र संस्थानका महाप्रबन्धक शम्भु श्रेष्ठ, वरिष्ठ पत्रकार गोपाल थपलिया, देवेन्द्र गौतम, दामोदरप्रसाद दवाडी, एमाले नेता सुरेश कार्की, नेपाल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठलगायत विभिन्न महानुभावहरूको सहभागिता रहेको थियो भने नेपाल-चीन मिडिया फोरमका महासचिव गोविन्द आचार्यले अतिथिहरूको स्वागत गर्दै कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
– गोपाल पौडेल