हाइड्रोमा लगानी गर्ने सम्भाब्यता बारेमा ब्रसेल्समा छलफल

हाइड्रोमा लगानी गर्ने सम्भाब्यता बारेमा ब्रसेल्समा छलफल


P1270809२८ जुन २०१६, ब्रुसेल । नेपाली राजदूतावासको तत्वावधानमा र्इयु र नेपालबीच युरोपियन हेड्क्वाटर ब्रुसेलमा भएको नेपालको जलविध्युत लगानीको लागि सम्भावना र चुनौति बिषयको कार्यशाला गोष्टिमा नेपाली दूतावासका प्रतिनिधि घनस्याम भण्डारीद्वारा कार्य पत्र प्रस्तुत भयो ।

नेपाली राजदूतावास ब्रसेलको आयोजनामा भएको युरोपियन युनियन र नेपालबीच इनर्जी मुख्यतया हाइड्रोमा लगानी गर्ने सम्भाब्यता बारेमा युरोपियन युनियनको कार्यालयमा गहन अध्ययन मुलक छलफल भयो । EIAS का सिनियर प्रतिनिधि डा. अलेक्जेन्डर स्पाचिसले बिषयबस्तु र युरोपियन बैँकमार्फत लगानि गरिरहेको अवस्था र प्राथमिकता निर्धारण आदिबारे जानकारी गराउँदै कार्यक्रम अगाडि बढाएका थिए ।

युरोपियन इन्भेस्त्मेन्ट बैँक एसिया क्षेत्र लोन अफिसर रामोन यानाराज, क्याथोलिक युनिभर्सिटी लुभेनका प्रोफेसर एम.हन् वेर्स्चुरे,प्रोजेक्ट म्यानेजर र एसिया बिज्ञ प्रोफेसर डक्टर थिएरी लेफेभ्रे, युरोपियन युनियनका प्राबिधिज्ञले नेपालको हाइड्रो लगानिको युरोपियन युनियन नीति र चालु परियजनाबारे आफ्ना तर्कसहित डकुमेन्ट्री समेत देखाएका थिए । नेपालमा माझौला तथा साना जलबिध्युत परियोजनामा लगानी गर्दा फलदाइ र लगानी डुब्ने खतरा काम हुने तथा भूकम्प तथा अन्य प्राकृतिक प्रकोपले निर्माणाधिन र निर्माणपछि पनि सम्रचनालाई काम खतरा हुने तर्कहरु पेश भएका थिए । नेपाली दूतावास ब्रसेलका प्रतिनिधि भण्डारीले लगानीको लागि आवश्यक सुरक्षा, नीति निर्माण र आवश्यक सहयोगको लागि राज्यले उच्च प्रार्थमिकता दिने बिषयमा सम्बन्धित विज्ञहरुलाई आश्वास्त परेका थिए ।

P1270812छलफलमा जापान दूतावसलगायत ओसिआनाका प्रतिनिधि,भारतीय लगायत साउथ एसिया प्रतिनिधिहरुले समेत छलफलमा भाग लिएका थिए । एन आर एन ए महिला संयोजक रजनी प्रधान, सचिब अर्जुन श्रेष्ठ,पत्रकार महासंघ युरोपका अध्यक्ष केजिन रार्इ, ब्याबसायी संघ बेल्जियमका अध्यक्ष सीपी भट्ट, ब्यबसायी कमल भारती, कमल पन्थी, रबिन्द्र मान श्रेष्ठ लगायतको समेत उक्त छलफलमा सहभागिता थियो।
-डिल्ली राम अंमाई