ममतामाथि भयानक आरोप

ममतामाथि भयानक आरोप


mamta2

अभिनय क्षमता अब्बल नभए पनि सुन्दरता र नखराका कारण कुनैबेला वलिउडमा ममता कुलकर्णीको वाहवाही हुन्थ्यो । उनको सुन्दर अनुहार, मिलेको जिउडाल र बोल्ड व्यक्तित्वको वशमा नामीदामी नायक पनि परेका थिए । वलिउड इन्ट्री गर्नुअघि नै ‘स्टारडस्ट’ नामक फिल्मी पत्रिकाको कभरमा कम्मरमाथिको शरीरको नाङ्गै तस्बिर छपाएर उनी रातारात चर्चामा आएकी थिइन् । तर, अभिनयमा जम्न नसकेपछि छिट्टै उनी पलयन हुन पुगिन् ।

यसरी एकाएक फल्मी दुनियाँबाट ओझेल परेकी ममता यतिबेला ड्रग्स स्मगलिङ रकेटमा संलग्न रहेको आरोपका साथ चर्चामा आएकी छिन् । मुम्बई पुलिसले प्रेस कन्फ्रेन्समार्फत ममता कुलकर्णी ड्रग्स रकेटमा संलग्न रहेको दाबी गरेको छ । ममताका मित्र विकी गोश्वामी पनि यस धन्दामा सामेल रहेको भन्दै प्रहरीले उनी यतिबेला केन्यामा रहेकी र पक्रिएर भारत ल्याउने कोसिस भइरहेको जनाएको छ । यसका लागि ममताविरुद्ध इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरिनेछ । भारतीय प्रहरीले हालै ३२ अर्ब मूल्यबराबरको साढे अठार टन एफेड्रिन बरामद गरेपछि केही व्यक्तिलाई पक्राउ गरेको थियो । यस मामलाको अनुसन्धान गर्दै जाँदा पूर्ववलिउड हिरोइन ममताको कालो धन्दाको खुलासा भएको हो ।

mamta_kulkarni