लण्डन । बेलायतिस्थत नेपाली दूतावास, नेपाल टुरिज्म बाेर्ड यूके र शेर्पा एस्साेसिएसन यूके संयुक्त अायाेजनामा गत २९ तारिख मेका दिन, लण्डनस्थित दूतावासमा सम्पन्न भयाे । तेन्जिंग नाेर्गे र सर एडमण्ड हिलारीद्वबाट शुरूवात गरिएकाे सगरमाथाकाे अाराेहणकाे ६३अाैं वर्ष पूरा भएकाे अवसरमा नेपालमा पर्यटन प्रवर्धन गर्नकाे लागि पनि उक्त कार्यक्रम धेरै महत्वपूर्ण मानिएकाे थियाे । साे कार्यक्रममा एभरेष्टमा हुँदै गरेकाे प्रदुषणकाे बारेमा विशेष चर्चा गरिएकाे थियाे ।
कार्यक्रममा बाेल्दै का.वा. राजदूत तेजबहादुर क्षेत्रीले अाराेहणमा सफल सबै अाराेहीहरूलार्इ वधाइ दिँदै अाराेहणकाे क्रममा अाफ्नाे ज्यान गुमाएकाहरूका लागि श्रद्धान्जलि अर्पण गर्दै दुःख व्यक्त गरेका थिए र साथसाथै सगरमाथामा भएकाे प्रदू्षणकाे बारेमा विस्तृतमा मन्तव्य राखेका थिए । मेन्टका काउन्सिलर माइकल लायाेन्सले साेही पर्यायका अाफ्ना भावनाहरू व्यक्त गरेका थिए । कार्यक्रमकाे शुरूमा नेपाल र बेलायतकाे राष्ट्रिय गीतहरू बजाइएकाे थियाे । कार्यक्रममा बेलायतबाट पहिलाेपटक एभरेष्ट अाराेहण गर्ने एलान हिन्क्स अाेबीर्इ पनि उपस्थित रहेका थिए, उनले अाराेहणमा अाफूले भाेगेका अनुभवहरू मन्तव्यमा सुनाएका थिए भने अर्का अाराेही कल्साङ शेर्पाले एउटा शेर्पाकाे रूपमा अाफूले गरेकाे माउण्ठ एभरेषूट अाराेहणकाे सन्दर्भकाे अनुभव सुनाएका थिए । लिटल शेर्पा फाउण्डेसनका निर्देशक जेम्स ल्याम्बले नेपालकाे शाेलुखुम्बुमा स्थानीयहरूसँग मिलेर गरेकाे च्यारिटिकाे बारेमा अाफ्नाे अनुभव सुनाएका थिए । शेर्पा एस्साेसिएसन यूकेबाट उपस्थित सबैलार्इ खादा अाेढाइदिएर सम्मान व्यक्त गरिएकाे थियाे । कार्यक्रमकाे सञ्चालन दूतावासकाे तर्फबाट तेजेन्द्र रेग्मी र एभरेष्ट र्इन ग्रूपबाट यादव भण्डारीले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा शेर्पा एस्साेसिएसनबाट साँस्कृतिक नृत्यकाे प्रदर्शन गरिएकाे थियाे ।
कार्यक्रममा एमपी, मेयर, काउन्सिलरहरू, एभरेष्ट अाराेहीहरू, विभिन्न ट्राभल्स एण्ड टुर्स कम्पनीहरूबाट प्रतिनिधिहरू, ट्राभल्स राइटरहरू, एअरलाइन्सहरूबाट प्रतिनिधिहरू, पत्रकारहरू तथा अन्य गण्यमान्यहरूकाे राम्राे उपस्थिति रहेकाे थियाे । अन्त्यमा एभरेष्ट र्इनबाट डिनरकाे व्यवस्था गरिएकाे थियाे ।
प्रतिक्रिया