भुवनको अर्को ‘फण्डा’ सार्वजनिक

भुवनको अर्को ‘फण्डा’ सार्वजनिक


bhuwan-kc 3

प्रशंसकहरूबाट ‘सदाबहार नायक’को उपाधि पाएका अभिनेता भुवन केसीलाई चर्चा र विवादको अर्को नामको रूपमा पनि चिनिन्छ । ढकँल्दो उमेरका कारण यतिबेला अभिनयभन्दा चलचित्र निर्माण तथा निर्देशनमा लागिपरेका उनी कुनै न कुनै वहाना बनाएर चर्चाको पात्र बनिरहन्छन् । आफ्नो यही रवैयालाई निरन्तरता दिँदै भुवन पुन: चलचित्र बजारमा चर्चामा रहेका छन् । पछिल्लो चर्चाको विषय बनेको छ– पाइरेसी । आफ्नो लगानी र निर्देशनमा रहेको चलचित्र ‘ड्रिम्स’ पाइरेसीको सिकार बनेको भन्दै उनले एक करोड क्षतिपूर्ति माग गरेर प्रहरी साइबर सेलमा उजुरी गरेका छन् । चलचित्र विकास बोर्डलाई पनि उनले उजुरीको बोधार्थ दिएका छन् । नेपालमा प्रदर्शन भइसकेको ड्रिम्स मुलुकबाहिर प्रदर्शन हुन बाँकी छ । तर, रिलिज नहुँदै फिल्म पाइरेसी भएकाले आफू मारमा परेको उनको दाबी छ । भुवन साँच्चै पीडित बनेर उजुरी हालेका हुन् या उनले सिनेमाको प्रचार गर्ने सस्तो शैली अपनाएका हुन्, समयले प्रस्ट्याउने नै छ । भुवनको चलचित्रले मनग्गे नगद आर्जन गरोस् र चाँडै अर्को सिनेमा निर्माण गर्न उनी प्रेरित होऊन्, अहिलेचाहिँ यत्ति मात्र कामना गर्नु उचित होला ।