विराटनगरमा ‘सांस्कृतिक नगरी’ आयोजना

विराटनगरमा ‘सांस्कृतिक नगरी’ आयोजना


19 pr pic

विराटनगर सहर तथा आसपास क्षेत्रको मूल संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यले गत साता शुक्रबार विराटनगरको ह्यारिसन प्यालेस होटेलमा ‘सांस्कृतिक नगरी’ नामक एक विशेष कार्यक्रम आयोजना गरियो । बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र भारतीय दूतावासको आयोजनामा सम्पन्न सो कार्यक्रममा स्थानीय सांस्कृतिक सङ्घ–संस्था तथा समूहद्वारा स्थानीय संस्कृति झल्किने प्रस्तुति दिइएको थियो । कार्यक्रममा नृत्य, गायन, नाटक प्रदर्शन, नेपाली, मैथिली, सन्थाली, राजवंशी भाषामा विभिन्न सर्जकहरूबाट कवितासमेत पाठ गरिएका थिए । विराटनगरको भानु कला केन्द्रले नेपाली, मैथिली, राजवंशी र सन्थाली भाषामा स्थानीय नाच प्रदर्शन गरेको थियो भने विराट मैथिल नाट्य परिषद् नामक नाट्य समूहले जातीय विभेद र दाइजो प्रथाविरुद्ध सन्देशमूलक नाटक प्रस्तुत गरेको थियो । स्थानीय कलाप्रेमी, सञ्चारकर्मीलगायतको बाक्लो उपस्थितिबीच आयोजित कार्यक्रममा सुपरिचित गायक रामा मण्डल र वीरेन्द्र झाले गीत–सङ्गीत प्रस्तुत गरेर उपस्थित सबैलाई मन्त्रमुग्ध तुल्याएका थिए ।
19 pr pic 1