गलेछन् सलमान !

गलेछन् सलमान !


Salman lulia

सलमान खानको विवाहसम्बन्धी चर्चाले यतिबेला वलिउड बजार तातेको छ । पछिल्लो पटक लुलिया नामक युवतीसँग उनको विशेष सम्बन्ध रहेको छ । लुलियासँग जोडेर कसैले भद्दा टिप्पणी गरेको सलमान रत्तिभर सहन सक्दैनन् । किनकि, विभिन्न युवतीहरूसँगको सम्बन्ध दीगो हुन नसकी पचासको उमेरसम्म पनि विवाह हुन नसक्दा खान खिन्न छन् । उनी विवाहप्रति गम्भीर हुन थालेको भारतीय मिडियाहरूको आँकलन छ । हालै एक समारोहबीच पत्रकारहरूको जिज्ञासामा सलमानले अब आफूबाट ऋतिक रोशन र टाइगर खानहरूले नाचेजस्तो नाचको अपेक्षा नगर्न आग्रह गरे । यसलाई सलमानको उमेरजन्य जवाफको रूपमा हेरिएको छ । किनकि, उनी अब पहिलेजस्तो ‘फिट’ छैनन्, बुढ्यौलीका लक्षण चढ्दै गएको सलमान स्वयम् महसुस गर्न थालेका छन् । ढल्दो उमेरसँग तर्सिएर नै उनी अभिनयभन्दा विवाहप्रति गम्भीर हुन थालेको लख काटिएको छ ।

यसरी सलमान आफ्नी पछिल्लो गर्लफ्रेन्डलाई नगुमाउन सचेत बन्दैछन् भने उता पूर्वप्रेमिका ऐश्वर्या सलमानको नाम सुन्दै भड्कन थालेकी छिन् । हालै मुम्बईमा आयोजित एक समारोहमा एक सिनेपत्रकारले सलमानसँग काम गर्ने अफर आए मान्नुहुन्छ भनी प्रश्न गर्दा भड्किएकी ऐश्वर्यले ती पत्रकारलाई ‘गेट आउट’ भन्दै लघारेकी थिइन् । सलमानको नाम सुन्दैमा त्यसरी रिसाएबाट ऐश्वर्या अझै सलमानप्रति आशक्त रहेकी भन्ने टिप्पणीसमेत गरिएको छ ।